बुधबार खराब मौसमका कारण हालसम्म दुई विमानस्थल बन्द भएका छन्।
मौसम खराब हुँदा भिजिबिलिटी कम भएपछि भरतपुर र तुम्लिङटार विमानस्थल बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका निमित्त महाप्रबन्धक टेकनाथ सिटौलाले जानकारी दिए।
'दुइटा विमानस्थल पूर्ण रूपमा बन्द छ। पोखरा विमानस्थलमा उडान खुल्ने बन्द हुने भइरहेको छ,' उनले भने।
उनका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भने आइएफआर प्रणाली मार्फत उडान भइरहेको छ।
आइएफआर दृश्यता कम हुँदा पनि उपकरणको सहायताले विमान उडान तथा अवतरण गर्ने प्रणाली हो।
कुहिरो, बादल वा खराब मौसमका कारण पाइलटले रनवे देख्न नसक्ने अवस्थामा विमान ककपिटमा जडित उपकरण र एयर ट्राफिक कन्ट्रोलको निर्देशनअनुसार सञ्चालन गरिन्छ।