काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्नेक्रममा एउटा इन्जिन फेल भएको टर्किस एयरलाइन्सको जहाज कोलकाता सकुशल अवतरण भएको छ।
बुधबार दिउँसो ३:०३ बजे कोलकाता सुवासचन्द्र बोस अन्तर्राष्ट्रिय विमानस्थलमा सकुशल अवतरण गरेको विमानस्थलले जानकारी दिएको छ।
टर्किस एयरलाइन्सको र टिके-७२७/ए३३ फ्लाइट नम्बरको जहाज काठमाडौंबाट दिउँसो १:२९ मा टर्कीको इस्तानबुलका लागि उडेको थियो।
उक्त विमान उडेको दुई मिनेटमै जहाजमा दाहिने इन्जिनमा आगो लागेको भनेर विमानस्थलमा खबर भएको थियो।
त्यसपछि कोलकाताका लागि डाइभर्ट भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलले जानकारी दिए।
उक्त जहाजमा २२५ जना यात्रु र ११ जना चालक दल गरी जम्मा २३६ जना थिए।