बेथानचोक गजराम पर्वत देखि जाडोयाममा सूर्योदयको मनमोहक दृश्य
काभ्रेको बेथानचोक गाउँपालिका–३ र ५ को सिमानामा अवस्थित गजराम पर्वत पछिल्लो समय पर्यटकहरूको रोजाइको गन्तव्य बन्दै गएको छ।
समुद्री सतहबाट ३,०१२ मिटर उचाइमा रहेको यस स्थानबाट विशेष गरी जाडोयाममा बिहान सूर्योदयको मनमोहक दृश्य अवलोकन गर्न सकिन्छ।
बिहानको पहिलो किरणसँगै कुहिरो चिर्दै उदाउने सूर्य, खुला आकाशमा प्रस्ट देखिने हिमशृंखला र चारैतिर फैलिएको हरियालीले यहाँ आउने पर्यटकलाई मन्त्रमुग्ध बनाउँछ।
बेथानचोक नारायणस्थान काभ्रेपलाञ्चोक जिल्लाकै उच्च स्थानमध्ये एक हो, जहाँको शान्त वातावरण र प्राकृतिक सौन्दर्यले आन्तरिक पर्यटक मात्र नभई बाह्य पर्यटकलाई पनि आकर्षित गरिरहेको छ।
प्रकृति प्रेमी, तथा साहसिक यात्रामा रुचि राख्नेहरूका लागि गजराम पर्वत एक उत्कृष्ट गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ।
तस्बिरहरूः








तस्बिरहरु- नेपाल फोटो लाइब्ररी