वायुसेवा कम्पनी सौर्य एयरलाइन्सले तत्काल एउटा विमानबाट सेवा दिने भएको छ।
नेपाल उड्डयन प्राधिकरणबाट उडान अनुमति (एओसी) पाएसॅंगै कम्पनीले तत्काल एउटा विमानबाट सेवा दिने तयारी गरेको कम्पनीका प्रवक्ता मुकेश खनालले जानकारी दिए।
'लामो समय उडान नहुँदा घाम पानीले अगाडिको सिसा चर्केको थियो। सामान मगाएका छौं। एकसातामै आइपुग्छ। १५ दिन जतिमा उडान गर्छौ,' उनले भने।
हाल कम्पनीसँग ९एन-एलइ र ९एन-एएनएम कलसाइनको दुइटा विमान छ।
त्यसमध्ये ९-एनएलइ कलसाइनको विमान एक वर्ष अघिदेखि प्राविधिक समस्याका कारण ग्राउन्डेड छ।
कम्पनीले ९एन-एएनएम विमानबाट विराटनगर र भद्रपुर उडान गर्ने योजना बनाएको छ।
सौर्य एयरलाइन्स वैदेशिक लगानी भएको संस्था हो। विगत १८ महिनादेखि उडान अवरुद्ध हुँदा कम्पनीले आफ्ना १०५ देखि १६५ जना कर्मचारीहरूको तलब, भत्ता र आवश्यक प्राविधिक ट्रेनिङ गरेको थियो।
त्यस्तै, नेपाल सरकार र नियामक निकायलाई बुझाउनुपर्ने कुनै पनि प्रकारको शुल्क वा बक्यौता बाँकी नरहेको कम्पनीले जनाएको छ।