गोदावरी फरेस्ट होटल लिमिटेडले गोदावरीमा निर्माण गरेको बेस्ट वेस्टर्न प्लस गोदावरी रिसोर्टको औपचारिक उद्घाटन भएको छ।
रिसोर्टको उद्घाटन बिहीबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अनिल कुमार सिन्हाले गरे।
अमेरिकास्थित बेस्ट वेस्टर्न इन्टरनेसनलसँगको व्यवस्थापन सम्झौताअन्तर्गत सञ्चालन हुने यो रिसोर्टमा ८३ वटा लक्जरी कोठा र स्विट, रेष्टुरेन्ट, रुफटप डाइनिङ, स्पा, फिटनेस सेन्टर, इन्फिनिटी पुल तथा सम्मेलन हलहरू छन्।
फुलचोकी डाँडाको फेदीमा अवस्थित यो रिसोर्ट प्राकृतिक सौन्दर्य, शान्त वातावरण र सांस्कृतिक सम्पदाले भरिएको गोदावरी क्षेत्रमा अन्तर्राष्ट्रियस्तरको आतिथ्य सेवा प्रदान गर्ने उद्देश्यले सञ्चालनमा ल्याइएको हो।
उद्घाटन अवसरमा विशिष्ट अतिथि, सेयरधनी, सरकारी प्रतिनिधि र व्यवसायिक व्यक्तिहरूको उपस्थिति रहेको थियो।
रिसोर्ट व्यवस्थापनका अनुसार यसले पर्यटन प्रवर्द्धन, रोजगारी सिर्जना र क्षेत्रीय विकासमा योगदान गर्ने विश्वास लिइएको छ।