प्रतिकूल मौसमका कारण १० दिनदेखि बन्द रहेको तुम्लिङटार विमानस्थल आजदेखि खुलेको छ।
मौसम अनुकूल भएपछि काठमाडौं उडान भएको छ।
आजदेखि काठमाडौँ–तुम्लिङटार उडान पुनः सञ्चालन भएको नागरिक उड्ययन कार्यालयका प्रमुख नवराज दाहालले बताए।
तुवाँलोका कारण ‘भिजिबिलिटी’ नहुँदा हवाई सेवा अवरुद्ध भएको हो।
यो विमानस्थलमा निजी क्षेत्रका विमान कम्पनीले सेवा सञ्चालन गर्दै आएका छन्।