बुद्ध एयरले आजदेखि नयाँ वेबसाइट सञ्चालनमा ल्याएको छ।
यो वेबसाइट आकर्षक र छरितो बनावटको छ, जसबाट यात्रुले सजिलै हवाई टिकट बुक गर्न सक्नेछन्।
आगामी आम निर्वाचनलाई लक्षित गर्दै बुद्ध एयरले घर जाने यात्रुका लागि विशेष छुट योजना सार्वजनिक गरेको छ।
फागुन १५ गतेदेखि फागुन २० गतेसम्म उक्त वेबसाइटबाट उडान बुक गर्दा 'फ्लाइ टु भोट' प्रचार संकेत प्रयोग गरेमा ३०० रूपैयाँ छुट पाइने कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार यो छुट योजना प्रत्येक दिन पहिलो ३०० जना यात्रुका लागि मात्र लागु हुनेछ।
केही क्लिकमै उडानको अवस्था, कार्गोको जानकारी तथा अन्य आवश्यक विवरण पनि सहजै प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ।