वायु सेवा कम्पनी फ्लाई दुबईले तत्कालका लागि दुबईसम्म र दुबई हुँदै अन्य स्थानमा हुने सबै उडान स्थगित भएको जनाएको छ।
यो कम्पनीले आफ्ना ग्राहकलाई एयरपोर्ट नआउन एक सूचना जारी गरेको हो।
सोमबार यात्रा गर्ने तयारीमा रहेका ग्राहकलाई कम्पनीले आफ्नो वेबसाइट फ्लाई दुबई डटकमबाट बुकिङ सार्न, यात्राबारे जानकारी लिन सूचना जारी गरेको हो।
दुबई अन्तर्राष्ट्रिय विमानस्थल नजिक इरानले ड्रोन आक्रमण गर्दा विमानस्थल अबरुद्ध भएको दुबई मिडिया अफिसले सामाजिक सञ्जाल एक्समा जानकारी दिएको छ।
ड्रोन आक्रमणका कारण विमानस्थल नजिकको एक इन्धन ट्याङ्की प्रभावित भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले पनि उल्लेख गरेका छन्।
उनीहरूका अनुसार सो आक्रमणपछि विमानस्थल वरपर आगलागी भएको थियो।
दुबई प्रहरीले विमानस्थल जाने एयरपोर्ट रोड, एयरपोर्ट टनेल तथा कार्गो भिलेज र मराकेश स्ट्रिटबाट विमानस्थलतर्फ जाने चोकहरू बन्द गरिएको जनाएको छ।