मुस्ताङ एयरको हेलिकप्टर सम्पर्कविहीन भएको छ।
मुस्ताङ एयरको नाइन एन एएनओ कलसाइन भएको हेलिकप्टर आज सम्पर्कविहीन भएको हो।
दोलखा क्षेत्रबाट यो हेलिकप्टर सम्पर्कविहीन भएको हो। यो हेलिकप्टर आज बिहान काठमाडौंबाट दोलखातर्फ उडेको थियो।
क्याप्टेन सुरज थापासहित ५ जना सम्पर्कविहीन रहेको नागरिक उड्ययन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए।
दोलखाका डिएसपी मनोज लामाका अनुसार मुस्ताङ एयरको हेलिकप्टर बिगु गाउँपालिका-१ लुम्नाङबाट उडेको थियो।
उक्त हेलिकप्टर लाप्त्चेतर्फ गएको उनले बताए।
‘लाप्त्चेमा ल्याण्ड भयो कि भएन भनेर बुझ्दैछौं। हाम्रो प्रहरी कार्यालय भएको ठाउँबाट पनि ६/७ घण्टा लाग्छ। अहिले पानी पनि परिरहेको छ,’ उनले भने।
आज मध्याह्न १२:४५ बजेदेखि हेलिकप्टर सम्पर्कबिहीन भएको उनले बताए।