दाङको दंगीशरण गाउँपालिका – ३ चखौरामा रैथाने खानाको महोत्सव जारी छ।
तुलसीपुर बजारदेखि करिब ११ किलोमिटर पश्चिमको चखौरा थारु संग्रहालय परिसरमा मौलिक कला संस्कृति र रैथाने परिकारको पर्बद्धन गर्ने उदेश्यले शुक्रबारदेखि महोत्सव सुरुवात भएको हो ।
तीन दिनसम्म संचालन हुने महोत्सवमा थारु समुदायका साथै नेवार समुदायका विभिन्न रैथाने खानाका परिकार खान पाइन्छ। थारु, मगर र नेवार समुदायका मौलिक कला संस्कृतिका साथै बिभिन्न हस्तकलाका सामाग्रीहरु पर्दशनीमा राखिएको छ ।
कार्यक्रमलाई उद्घाटन पछि सम्बोधन गर्दै तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विनिल केसीले चखौरामा सुरु गरिएको रैथाने खानाको महात्सवले स्थानीय तथा रैथाने आदिबासी जनजातिको सीप, कला र परिकार संरक्षण तथा प्रचार प्रशारमा टेवा पुग्ने आशा व्यक्त गरे।
तीन दिनसम्म चल्ने महोत्सवमा थारु समुदाय लगाएत विभिन्न कला संस्कृतिको समेत प्रस्तुति रहनेछ।
तस्बिरहरूः
-ink-1776496828.jpeg)
-ink-1776496828.jpeg)
-ink-1776496828.jpeg)
-ink-1776496828.jpeg)
-ink-1776496828.jpeg)
-ink-1776496828.jpeg)
-ink-1776496826.jpeg)
-ink-1776496827.jpeg)
-ink-1776496827.jpeg)
-ink-1776496827.jpeg)
-ink-1776496827.jpeg)
-ink-1776496826.jpeg)
-ink-1776496826.jpeg)
-ink-1776496826.jpeg)