त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द हुने समय बढाइएको छ।
आज (सोमबार) देखि आउँदो जेठ ४ गतेसम्म विमानस्थल थप एक घण्टा ४५ मिनेट बन्द गरिने भएको हो।
नयाँ तालिका अनुसार अब जेठ ४ गतेसम्म राति ११:४५ देखि भोलिपल्ट बिहान ६:३० बजेसम्म विमानस्थल बन्द हुने भएको छ।
विमानस्थल हाल राति १ देखि बिहान ६ बजेसम्म बन्द हुँदै आएको छ।
विमानस्थलको ट्याक्सी वे र रनवे जोडिने खण्डमा निर्माण काम बाँकी रहेकोले विमानस्थल बन्द हुने अवधि बढाइएको विमानस्थलका प्रवक्ता सन्तुष्टकुमार बस्नेतले जानकारी दिए।