संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल वायुसेवा निगमको सञ्चालक समितिमा नियुक्तिका लागि पाँच जनाको नाम छनोट गरेको छ।
मन्त्रालयले आवेदन दिएकाहरूमध्येबाट शैक्षिक योग्यता र अनुभव, व्यावसायिक कार्ययोजना परीक्षण, प्रस्तुतीकरण र अन्तर्वार्ता पश्चात ५ जनालाई छनोट गरेको हो।
मन्त्रालयले वायुसेवा निगमको सञ्चालक सदस्यका लागि खुला प्रतिस्पर्धाको विधि अपनाएको थियो।
वैशाख १२ गते मन्त्रालयले गोरखापत्रमा ७ दिने सार्वजननिक सूचना प्रकाशित गरेको थियो। जसमा २७ जनाले आवदेन दिएका थिए।
छनोटमा परेकाहरूमा डाक्टर दिपकप्रसाद बाँस्तोला (कास्की), प्रविन भट्टराई (चितवन), महेश्वरभक्त श्रेष्ठ (ललितपुर), रूपा लामिछाने (काठमाडौं) र लिलाराज ढकाल (स्याङ्जा) रहेका छन्।
मन्त्रालयले सबैलाई नियुक्ति लिन ७ दिनभित्र मन्त्रालयमा आउन भनेको छ।
नियुक्ति सिफारिसमा परेका बाँस्तोला नेपाली सेनाका पूर्वउपरथी हुन्। उनी नेपाली सेनाका हवाई शाखाका प्रमख एरोनटिकल इन्जिनियर थिए।