सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)को महानिर्देशकमा मुकेश डंगोललाई नियुक्ति गरेको छ।
उनी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव हुन्।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले डंगोललाई महानिर्देशकमा नियुक्त गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।
मन्त्रालयले प्राधिकरणको महानिर्देशक पद खुल्ला प्रतिस्पर्धामार्फत नियुक्ति गर्ने गरी वैशाख २८ र २९ गते परीक्षा लिएको थियो।
महानिर्देशकका लागि परेको २१ जना मध्येबाट प्रतिस्पर्धा गरेकोमा डंगोल छनोटमा परका हुन्।
तत्कालीन महानिर्देशक प्रदिप अधिकारीलाई २०८२ मंसिर १७ गते भ्रष्टाचारको मुद्दा लागेपछि निलम्बनमा परेका थिए।
पुस ४ गतेबाट देवचन्द्रलाल कर्णलाई निमित्त महानिर्देशकको जिम्मेवारी दिइएको थियो।