व्यस्तताका बीच एकैछिन घुमौं, अझै रिङरोड भित्रकै कुनै ठाउँमा जाऔं भन्ने लाग्यो भने कमलपोखरी राम्रो गन्तव्य हुन सक्छ।
काठमाडौंको मध्यभागमै पर्ने भएकाले यहाँ पुग्न त्यति धेरै गाह्रो पनि छैन।
वरिपरि हरियाली पार्क र बोटबिरूवा, बीचमा पोखरीको मनोरम दृश्यले थाकेको शरीरलाई पनि स्फुर्ति दिन्छ।
विशेषगरी बिदाका दिन यो पार्कमा मानिसहरूको भिड नै लाग्छ।
गफिँदै पार्क घुमिरहेकादेखि पोखरीमा माछा हेरेर रमाइरहेका मानिसहरू पार्कमा देखिन्छन्।
घुमघामसँगै बिहानको समयमा व्यायाम र हिँडडुल गर्नेहरूको पनि भिड हुन्छ।
कमल पोखरी एउटा ऐतिहासिक धार्मिक सम्पदा पनि हो।
पोखरी पुनर्निर्माणपछि अझै आकर्षकको केन्द्र बनेको छ।
यहाँ उपत्यकाका सांस्कृतिक पर्वदेखि तराईका मानिसहरूको महत्त्वपूर्ण पर्व छठसम्म मनाइन्छ।
पर्यटनसँगै स्थानीय बासिन्दाका लागि कङ्क्रिटको सहरबीच साँझ-बिहान सुस्ताउने उपयुक्त स्थानसमेत बनेको छ।
यही धार्मिक तथा ऐतिहासिक स्थलका केही प्यानोरामिक एरियल तस्बिरहरू हेरौं—
-copy-1786165674.jpg)
-copy-1786165674.jpg)
-copy-1786165674.jpg)
-copy-1786165673.jpg)
-copy-1786165673.jpg)