चितवनको इच्छाकामना गाउँपालिका–२ मा पर्ने घुर्केश गाउँ पुग्दा पहाडी ग्रामीण जीवनको पुरानो झल्को भेटिन्छ।
परम्परागत शैलीमा बनेका घर, साँघुरा गाउँले बाटा, वरिपरिका हरिया डाँडा र स्थानीयको सरल जीवनशैलीले घुर्केशलाई अन्य बस्तीभन्दा फरक पहिचान दिएको छ।
गुरुङ समुदायको बसोबास रहेको यो गाउँमा खानपान, संस्कार र परम्पराले अझै पनि गाउँको सामाजिक जीवनसँग सम्बन्ध कायम राखेका छन्।
पुराना पुस्ताले जोगाउँदै आएको संस्कृति नयाँ पुस्तासम्म पुर्याउने प्रयास पनि यहाँ देखिन्छ।
पछिल्लो समय घुर्केशमा ग्रामीण पर्यटनको सम्भावना बढ्दै गएको छ। स्थानीय घरमै पाहुना राख्ने होमस्टे सञ्चालनमा आएपछि गाउँको जीवनशैली नजिकबाट अनुभव गर्न चाहने पर्यटकका लागि नयाँ गन्तव्य बन्न थालेको छ।
शहरको कोलाहलभन्दा टाढा रहेको घुर्केशमा गाउँको मौलिकता, प्राकृतिक दृश्य र गुरुङ संस्कृतिलाई एउटै यात्रामा अनुभव गर्न सकिन्छ।
पर्यटनको विकाससँगै यहाँका पुराना घर, संस्कृति र परम्परा संरक्षणमा पनि ध्यान दिन सके घुर्केशले चितवनको ग्रामीण पर्यटनमा छुट्टै पहिचान बनाउन सक्छ।
-1790393964.jpg)
-1790393962.jpg)
-1790393962.jpg)
-1790393961.jpg)
-1790393960.jpg)
-1790393960.jpg)
-1790393959.jpg)
-1790393958.jpg)
-1790393957.jpg)
-1790393957.jpg)
-1790393964.jpg)