Ncell
Uniliver1
Samsung banner
Samsung banner
Setopati साहित्यपाटी
Subscribe Setopati
शुक्रबार, फागुन २९, २०८२ युनिकोड ENEnglish
Uniliver
  • Setopati गृहपृष्ठ
  • कभर स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • नेपाली ब्रान्ड
  • विचार
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • प्रिमियम स्टोरी

लकडाउन सन्ध्या

Nmb
Nmb
डा. राजेन्द्र कोजु

डा. राजेन्द्र कोजु

gibl
gibl
gibl
gibl
Tata box 1
Tata box 1

‘अनि, के गर्दैछस् ?’

‘…’

‘प्रसाद हेरिस रे? तँ त नेपाली मूभि हेर्दैनथिस् त।कस्तो लाग्यो त ?’

‘…’

‘त्यसो भए पशुपतिप्रसाद पनि एक पल्ट हेर।’

बेलुकीको घाम न तातो, न चिसो। शिवपुरी र नगरकोट डाँडाको बीचमा खुलेको हिमाल। आकाशमा कतै कतै मात्र टुक्राटुक्री बादल, बिस्तारै यात्रा गर्दैछ। पंक्षीहरूमा त्यति राम्रो नमानिएको काग पनि कतै समूहमा, कतै दुई तीनटा नीलो आकाशमा उड्दै गर्दा छुट्टै चलायमान कलाकृति जस्तै देखिएको छ।

मोबाइल कानैमा टाँसेर, शीतल छतमा यताउति गर्दै थिइन्। हल्का गुलाफी कुर्ता सलवारमा पातलो कालो स्वीटर। गोलो अनुहार, कपाल चिपिक्कै पारेर पछाडि मुठ्ठा पारेको। सृंगार बिनाको सुन्दर हँसिलो अनुहार। कहिले छतको वल्लो छेउ, कतै पल्लो छेउ गर्दै गरेकी सोनीलाई पत्तै छैन कि कोही उसलाई पनि हेरिरहेको छ।

Premier
Premier

पाँच घर परको माथिल्लो बरण्डामा रोशन चिया खाँदै थियो। दिनभरी कोठाभित्रै बसिराख्दा दिक्क भएर बरण्डामा आएको थियो ऊ। ठ्याक्कै अगाडि लहरै घर। कुनै कुनै घरका बरण्डामा पनि महिला पुरूष तल हेर्दै गफिरहेका थिए। तल सडक अरू समयभन्दा सुनसान छ। दिउँसोको तुलनामा केही चहलपहल बढेको छ। लकडाउनले गर्दा कोही कतै काममा जानै पर्दैन।

रोशन बिबिए दोस्रो वर्ष पढ्दैछ। यताउति हेर्दै गर्दा पारिपट्टिको पाँच घर परको छतमा आँखा पुग्यो। अनुहारमा कहिलेकाहिँ खस्न आउने साइडको कपाललाई बायाँ हातले बेला बेलामा कान पछाडि पुर्याउँदै, दाहिने हात कानमा राखेर हिँड्दै गरेकी शीतलमा आँखा अड्यो।

Ncell
Ncell

अलि टाढा भए पनि हाँसी हाँसी कुरा गरेको देखियो। शीतल कहिले प्रष्टै देखिने कहिले छतको सानो पर्खालले छेकिने। ओझेल हुँदा रोशनको दृष्टि अन्तै डुल्यो। तर लामोबेर टिकेन। फर्केर त्यही पुग्यो। देखिन थाल्यो कि भनेर। कहिले अनुहार देखिने, कहिले साइडबाट, कहिले पछाडि कपाल मात्र देखिने। कहिले केही समय पर्खिनु पर्ने। खास किन देख्न मन लाग्यो रोशनलाई ठ्याक्कै थाहा छैन, तर देख्दा खुसी लाग्न थाल्यो। एकछिनसम्म देखिने, नदेखिने प्रक्रियामै चियामा मस्त रोशन, बिस्तारै हेरि राख्न मन लाग्ने रोशनमा परिवर्तन भयो।

एक्कासि अगाडिको घरको झ्याल भित्रबाट कसैले आफैंलाई हेरिराखेको जस्तो लाग्यो। आँखा अन्तै डुलायो। फेरि यताउता हेर्यो कसैले आफैंलाई हेरेको छ कि भनेर। ढुक्क भयो कसैले याद गरेको छैन भनेर। फेरी नियाल्यो – देखिन्छ कि भनेर। यो पटक अलि धेरै समय लाग्यो। सोच्यो – भित्र गई कि भनेर।

केही समय अघिसम्म कहिले देखिने, कहिले नदेखिने भएको हुनाले, केही छिन पर्ख्यो यताउता आँखा डुलाउँदै। तै पनि नदेखे पछि – आफू पनि छतमा जाने सोचेर भित्र गयो।

आमा खाना पकाउँदै गरेकी। छोरा भान्सा भएरै भर्यांग उक्लेको देखेर छक्क परिन् – आज किन छततिर जाँदैछ भनेर।

अरूबेला कलेज, साथी, मोबाइल, ल्यापटप भएपछि – कि बाहिर कि कोठामा बस्थ्यो। आमा मनमा कुरा खेलाउँदै पकाउनै व्यस्त भइन्।

जब छतमा पुग्यो रोशनको खुसीको सीमानै रहेन। शीतल अर्को छेउतिर पुगेर मोबाइलले सूर्यास्तको फोटो खिच्दै रहिछ। वरिपरि छतमा अरू मान्छे पनि थिए। अलि अप्ठेरो भयो रोशनलाई कसैले देख्लान् भनेर। एकनास हेरेर बस्न नसकिने भयो। फेरि यताउता आँखा डुलाउँदै कुनाबाट भए नि पुलुक्क पुलुक्क हेर्न थाले।

शीतल फोटो खिचिसकेपछि फेरि छतको यतैतिरको डिलमा आइपुगी। यताउति हेर्दै गर्दा पाँच घर पारिको छतबाट कोही केटा आफूलाई हेर्दै गरेको भेउ पाउन उनलाई केही समय लाग्यो। आँखाले आँखा ठ्याम्मै नदेखे पनि, हाउभाउ र टाउकोको हल्लाईबाट चाल पाई हाली, केटो मलाइ नै हेर्दैछ भनेर।

अप्ठ्यारो भयो-हेरिराखेकोमा, रिस उठ्यो-किन हेरेको भनेर, लाज लाग्यो- युवकले हेरेकोमा। ध्यान अन्तैतिर मोड्न खोजी। अलिपरै गएर अन्यत्र हेर्न थाली। केटाको हाउभाउको झलझलले छोडेन। हेरिराखेको छ कि भन्ने मनमा लाग्यो।

कता-कता काउकुती लागेको अनुभव भयो उनलाई।फर्केर हेरूँ हेरूँ लाग्यो। तुरून्तै आँट आएन| उसले हेरिराखेको छ भने के गर्ने, भन्ने अप्ठ्यारो पनि लाग्यो।

एक मनले भन्यो, ‘ह्या केही न केही, छोड्दे।’ ध्यान मोड्न साथीलाई फोन गर्न थाली। मनले झट्टै मानेन। फोन हातमै खेलाई राखी।

सूर्यास्त भैसकेको हुनाले उज्यालो केही कम हुँदै थियो। तर पाँच घर परसम्म अझै प्रष्ट देखिन्थ्यो।

नहेर्ने मूडमै भए पनि फेरि तर्किंदै यतैतिर आइपुगी। त्यसबेला रोशन अन्तै मोडिएको थियो। दुबैको टाउको एकैपटक उठ्यो। हाउभाउबाटै चार आँखा एक भए। रोशनको मुस्कान नदेखिए पनि उनलाई महशुस भयो। शीतलको लजालु आँखा प्रष्ट नदेखिए पनि रोशनले अनौठो अनुभव गरे। फेरि यताउता हेरे दुबैले।

तर धेरै समयसम्म यताउता डुलेन - दुबैको आँखा फेरि चार भए। दुवैको ज्यानको भावभंगीले सुखद र एक प्रकारको अनौठो महशुस गरिरहेको देखियो।

अँध्यारो बढ्दै गए। झिसमिसले गर्दा एक अर्कालाई ठम्याउनै गाह्रो गयो। अघिसम्म शीतलको स्वीटरको रंग र रोशनको ज्याकेटको रंग, ध्यानै नदिए पनि प्रष्ट थियो। अहिले धुमिल छायामात्र – हाउभाउमा। तर दुवैको छतबाट ओर्लिने मेलोमेसो छैन।

एकैपल्ट दुवै छतमा दुई छाया देखापरे शीतलको बुबा र रोशनकी आमा।

सायद यतिबेला सम्म छोरा-छोरी छतमा टहल्दै गराउने आजको लकडाउन कस्तो हो भन्ने मनमा खेलाउँदै।

नजिकको छिमेकमा को बस्छ, थाहा नहुने सहरको भीडभाडमा लकडाउनले फुर्सदको उपयोग गर्दै एकअर्कालाई झ्याल, बरण्डाबाट पनि चिन्ने मौका पनि दिएको छ।

न शीतलले रोशनलाई, न रोशनले शीतललाई कहिल्यै याद गरेका थिए। यो देखादेखबाट पनि चिनेको त छैन। तर चिन्ने जान्ने हुटहुटी भएको छ दुवैलाई।

अबको दिनमा के हुन्छ उनीहरू नै जानून। यत्ति त पक्कै होला लकडाउन नखुलेसम्म छतमा जाने कर्म चाहिँ नित्य हुनेवाला छ।

 

 

 

 

 

 

 

प्रकाशित मिति: सोमबार, वैशाख १, २०७७  १३:५५
सिफारिस
'रवि लामिछानेले सहिदको रगत खेर जान दिन्नँ भन्नुभएको छ'
'रवि लामिछानेले सहिदको रगत खेर जान दिन्नँ भन्नुभएको छ'
नर्वेमा अर्थशास्त्र पढेका ३१ वर्षीय सांसद, लुम्बिनी प्रदेशमा थिए आर्थिक सल्लाहकार
नर्वेमा अर्थशास्त्र पढेका ३१ वर्षीय सांसद, लुम्बिनी प्रदेशमा थिए आर्थिक सल्लाहकार
कांग्रेसका १८ उम्मेदवारको धरौटी जफत, ८४ स्थानमा दोस्रो
कांग्रेसका १८ उम्मेदवारको धरौटी जफत, ८४ स्थानमा दोस्रो
४९ स्थानमा एमालेको जमानत जफत, ४२ स्थानमा चौथो
४९ स्थानमा एमालेको जमानत जफत, ४२ स्थानमा चौथो
बेलायत र जापान जान नमिलेपछि हानिए अमेरिका, चलाउँछन् १४० वटा ग्यास स्टेसन
बेलायत र जापान जान नमिलेपछि हानिए अमेरिका, चलाउँछन् १४० वटा ग्यास स्टेसन
'चुनाव जितियो, तर यो सुरूआत मात्र हो'
'चुनाव जितियो, तर यो सुरूआत मात्र हो'
Arghakhachi
Arghakhachi
Ntc
Ntc
vianet Below Content Banner 2
vianet Below Content Banner 2
classic teach banner 4
classic teach banner 4
थप

साहित्यपाटी

निर्वाचन सफलताको बधाई!
आश्चर्य!
अब रङ बदल्नेछन्!
सुब्बा साहेबकी प्रेमिका!
तिमी हारेका होइनौ!
लोकप्रियता!
ime money transfer
ime money transfer

विचार

नर्बदा घिमिरे
ताज होटल र डस्टबिनको जुत्ता नर्बदा घिमिरे
केशव दाहाल
२१ वटा जिल्ला पुगेर हामीले मतदातालाई सोध्यौं– घोषणापत्र पढ्नुभयो? केशव दाहाल
विजयमणि पौडेल र नरोत्तम अर्याल
चार राजनीतिक दलले शिक्षामा के के गर्न खोजे? विजयमणि पौडेल र नरोत्तम अर्याल
शंकर दाहाल
छिरिङको गाउँमा लागेको चुनावी हावाहुरी! शंकर दाहाल

ब्लग

दिनेश अधिकारी 'नयाँघरे'
भोटको मौसम, भरोसाको खडेरी! दिनेश अधिकारी 'नयाँघरे'
National life inner
National life inner
अमर अधिकारी
ऋतुअनुसार टाढाबाट गाउँको सम्झना! अमर अधिकारी
अर्जुन मोहन भट्टराई
मेरो एक भोटको दम! अर्जुन मोहन भट्टराई
श्रद्धा अर्याल जोशी
सायद म काठमाडौंको होइन! श्रद्धा अर्याल जोशी
Kumari bank
Kumari bank
mukti
mukti

साहित्यपाटी

मुकुन्द कृष्ण थापा
पञ्च वर्षीय नतिजा! मुकुन्द कृष्ण थापा
Hardik
Hardik
मोहन थापा
बा! मोहन थापा
side bar 17- shivam inner
side bar 17- shivam inner
रमा दुलाल
अद्भुत तिमीले यो अनुभूति दियौ! रमा दुलाल
विदुर दाहाल
जसलाई बिर्सेको थिएँ, अब उसकै घरमा कसरी बस्न जाऊँ! विदुर दाहाल

केटाकेटीका कुरा

अभिनव साउद
मेरो पहिलो बेलायती संसद् भवन भ्रमण! अभिनव साउद
आरभ कर्माचार्य
निर्वाचनमय नेपाल! आरभ कर्माचार्य
संस्कृत आचार्य
मलाई मन परेका पाँच किताब! संस्कृत आचार्य
यूदाइ उ राउत
मेरो लमजुङ यात्रा! यूदाइ उ राउत

पाठक विचार

सिएमसी नेपाल
सिएमसीको खण्डन पत्र सिएमसी नेपाल
महिमानसिंह विष्‍ट
सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टको खण्डन–पत्र महिमानसिंह विष्‍ट
चेतराज जोशी
युवाको आँखामा वनस्पति र पर्यावरण! चेतराज जोशी
प्रकाश विक
फर्किएका खाली हातहरू… प्रकाश विक

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 setopati@gmail.com
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2026 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP