Ncell
Uniliver1
Samsung banner
Samsung banner
Setopati साहित्यपाटी
Subscribe Setopati
बुधबार, चैत ४, २०८२ युनिकोड ENEnglish
Uniliver
  • Setopati गृहपृष्ठ
  • कभर स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • नेपाली ब्रान्ड
  • विचार
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • प्रिमियम स्टोरी

कोरोनालाई पत्र

Nmb
Nmb
देवेन्द्र पौडेल

देवेन्द्र पौडेल

gibl
gibl
gibl
gibl
देवेन्द्र पौडेल।
देवेन्द्र पौडेल।
Tata box 1
Tata box 1

प्रिय कोरोना,

मैले आज तिमीलाई प्रिय भनेर सम्बोधन गर्दै यो पत्र लेखिरहँदा विश्वमा लाखौँ मान्छेको तिमीले शिकार गरिसकेका छौँ र हजारौँ मान्छेहरु जीवनको अन्तिम क्षण पर्खदै छन्।

यतिबेला धारे हात लाउनु पर्ने तिमीलाई किन प्रिय भनेको भनी मेरा शुभचिन्तकले मलाई अवश्यै सोध्ने छन्। आफूलाई दुख दिने शत्रुलाई पनि सम्मान गर्ने नेपालीको संस्कार सम्झी मन बाँधेर आँखाभरी आँसु थामेर तिमीलाई प्रिय भनी सम्बोधन गरेको छु।

चीनको वुहानलाई मुहान र माइती बनाउने तिमीले यो चार महिनाको अवधिमा दुई लाख बढी मानव जातिमाथि निर्मम प्रहार गरेका छौ र ३० लाख बढी मान्छेलाई संक्रमणको निशाना बनाएका छौ। यो क्रम रोकिएको छैन। तिम्रो आक्रमण र व्यवहार यति निर्दयी र कठोर होला भन्ने सम्भवतः मानव जातिले सोचेकै थिएन।

आज तिम्रै कारणले जीवनका सतीसालहरु गर्ल्याम्मै ढलेका छन्। चीन, रुस, अमेरिका, फ्रान्स, स्पेन लगायतका देशहरु फतक्कै गलेका छन्। एशिया र अफ्रिकी देशहरु पनि तिम्रै त्रासमा बाँचेका छन्। विश्वसमाज, संस्कृति र अर्थतन्त्र थिलोथिलो बनेको छ।

आफ्नै परिवारका सदस्य चुँडिदा उनीहरुका बालबच्चा, आफन्तका वेदना र चित्कारले तिम्रो मन पग्लिएन है, आफ्ना प्रियजन गुमाउँदा नजिक बसेर आँसुले बिदाई गर्न पनि नपाउने! साँच्चै तिमीले दिएको पीडा यति अकल्पनीय छ कि मैले आज यो पत्रमा केही लेख्नै सकिरहेको छैन।

तर पनि 'बन्नुपर्छ मौकामा शत्रुको पनि सेवक, कोइली कागकै पुत्र हुन्छ सानो छँदा तक' भन्ने कवि लेखनाथ पौड्यालको कविताका हरफहरु सम्झेर मूलधारको मिडियामार्फत तिमीलाई यो पत्र लेखिरहेको छु। कति कठोर, कति बैगुनी तिमी। तिमी त उस्तै लाछी र कायर पनि लाग्यो मलाई, आँट भए देखिने गरी आउनु पर्छ नि। अदृश्य र घातक बनेर मानव सभ्यतामाथि आक्रमण गर्ने प्रवृत्ति किमार्थ राम्रो होइन।

प्रिय कोरोना, फूलबुट्टा भरेजस्तो, विश्व सुन्दरीले शिरमा पहिरिने ताजजस्तै तिम्रो स्वरुप देखेर सुरुमा त म एकदम मोहित भएको थिएँ। आज मलाई के अनुभूति भइरहेको छ भने भित्री गुण कुरुप भएपछि बाहिरी सौन्दर्यको के अर्थ रह्रयो र? हुन त तिम्रो आगमनपूर्व नै मानव समाजमा यस्तै कुरुप मान्छेहरु नदेखिएको, नभोगिएको होइन।

तिम्रो स्वभाव र प्रवृत्तिसँग ठ्याक्कै मिल्दाजुल्दा केही मान्छेहरुका कारण विश्वसमाजले विभिन्न किसिमका दुख र पीडाहरु भोग्दै आइरहेको छ। सायद त्यस्ता मान्छेहरु तिम्रो माइतीका छिमेकी देशमा पनि छन् र तिम्रै अनपेक्षित आगमनको अवसरको फाइदा उठाउन लालायित छन्। जे होस्, सौन्दर्य बाहिरी रुपमा होइन भित्री गुणमा हुनुपर्दछ भन्ने कुरा तिमीबाट पनि सिक्न पाइयो।

Ncell
Ncell

प्रिय कोरोना, तिम्रो आगमनको केही समय पश्चात् विश्व स्वास्थ्य संगठनबाट फेरि नामकरण गरियो कोभिड-१९ भनेर। सायद तिम्रो पहिलो नाम, लिंग पहिचान हुनुपूर्वको थियो क्यार। अथवा सुरुआती दिनहरुमा तिमी केही नरम, कोमल र नारीहृदयी भएको जस्तो ठानेर होला। तर जब तिमीले गाउँ-सहर चाहार्दै देश-देशान्तरसम्म आफ्नो अहंकारको प्रलयाग्नि जलाउँदैँ हिंड्यौ, तिम्रो रौद्र रुप देखेर दुनियाँ विस्मित भयो।

तिमी कठोर, परपीडक र अपराधी स्वभावका पुरुषजस्तै नाम पनि कोभिडमा परिवर्तन भएको हो जस्तो मलाई लाग्दछ। आफ्नो रङ बदल्ने, खुल्न नसक्ने, बुझ्न नसकिने कोढी र कपटी, ज्यानमारा प्रवृत्तिका तिम्रैजस्तै विशेषता बोकेका मान्छेहरु पनि यही धरतीमा देखिरहेको छु, यो पनि मैले तिमीबाट सिकेको कुरा हो।

प्रिय कोरोना, तिमी आज मानव सभ्यताको विकासमा चुनौती भएर उभिएका छौ। २१औँ शताब्दीमा विज्ञान र प्रविधिले फड्को मारेको युगमा अनि अरु ग्रहहरुमा पनि मानव वस्ती बसाउने शक्ति र सामर्थ्यका कुरा गरिरहेका बेलामा चेतना, विवेक र खोज अनुसन्धानका दृष्टिले हात्तीसमानको मानव जाति सूक्ष्मातिसूक्ष्म जीवबाट आत्तिन र तर्सनु परेको छ।

लाग्छ, एक किसिमले मान्छेको घमण्ड र अहंकरलाई तोडेका छौ। तिम्रो महामारीले मानव सभ्यतामाथि विभिन्न प्रश्न उब्जाइ दिएको छ। मान्छेहरु एउटा सानो भाइरसलाई पनि तह लगाउन किन सकेका छैनन्?

के मान्छेले आफ्नो वैज्ञानिक चेतनालाई शास्त्रास्त्रको होडबाजीका लागि मात्रै दुरुपयोग गरेको हो? के मान्छेले आफुलाई महाशक्ति सम्पन्न देखाउनका लागि मात्रै अणु परमाणु बम बनाउन निर्लिप्त बनेको हो? अहिले हेर्दा अमेरिका जस्ता देशहरुले पनि समाजलाई सुखी, स्वस्थ र समुदायलाई व्यवस्थित बनाउन सकेका रहेनछन्।

यतिबेला मैले ग्रिसका महान दुखान्त नाटककार युरिपाइडिजका भनाइ सम्झिरहेको छु- 'मान्छेले आफ्नो आवेग र मूर्खताले दुख पाएको हो, मान्छेको चरित्रमा निहीत कमजोरीबाट दुख जन्मने गर्दछ, दुख अरु कसैबाट थोपरिएको होइन।'

सम्भवतः कोरोना तिमी पनि मानव व्यवहारको परिणति हौ। मान्छेले प्राकृतिक सन्तुलनलाई भत्काउन खोज्दा अनि प्रकृतिमा रहेका अरु जीव र प्राणीहरुको अस्तित्वमाथि भद्दा मजाक र खेलवाड गर्दाको प्रतिफल पनि हो कि? तर यसो भनिरहँदा बदलाको सीमा नाघेर के गर्न खोजेको तिमीले? अब पनि तिमीलाई हामी स्वीकार गरिरहन सक्दैनौँ। तिम्रा कारणले आँसु रित्तिन र आफू सिद्धिन चाहदैनौँ हामी।

प्रिय कोरोना, तिमीले धेरै कुरा सिकायौ हामीलाई, गला जोड्नुभन्दा नमस्कार गर्नुमा सुरक्षा र सद्भाव धेरै छ भन्ने जान्यौँ। तिमीजस्तै बगलीमा छुरा धस्ने मान्छेलाई जान्यौँ। तिम्रो कठोरतालाई माथ गर्ने मान्छेका व्यवहारलाई जान्यौँ, अब बाँकी तिमीले सिकाइ रहन पर्दैन। अति सर्वत्र वर्जयत भन्ने तिमीलाई थाहै होला।

अब तिमीले एउटा कुरा याद गर्नैपर्छ। जवानी सधैँभरी कहाँ कसको रहन्छ? परिवर्तन प्रकृतिको नियमै हो। तिमीलाई सानो उदाहरण दिन चाहन्छु, पहिले हाम्रो घरमा एउटा धोबे गोरु थियो, जवानीका बेला उ गाउँका गोरुहरुको डनजस्तै थियो। बाँझो जमिन जोत्दा पनि ऊ एक्लै जोतिदिन्छु जस्तै जुवामा अगिअगि हुन्थ्यो।

हामी केटाकेटीलाई पनि देखिसहँदैनथ्यो। तर समय एकनाश रहेन। बुढ्यौलीमा त बाख्राका पाठा र कुखुराका चल्लासँग पनि डराउन थाल्यो। त्यतिबेला उसका आँखाभरी आँसु भरिएजस्तै लाग्थ्यो। त्यसैले रातपछि दिन अवश्यै आउँछ। मानव सभ्यताको इतिहासमा कैयौँ विषम परिस्थतिमा पनि मान्छेले हारेको इतिहास छैन।

प्लेग, सार्स, इबोला जस्ता महामारीलाई मान्छेले जितिछाडेको छ। एकैछिनमा पर्वत तोड्न सक्छ मान्छेले, विशाल नदीको धार बदल्न सक्छ मान्छेले। मान्छेमा रहेको अनन्त शक्तिको सकारात्मक प्रयोगबाट तिमी अवश्यै परास्त हुनेछौ। हावाहुरीले रुखका हाँगा लछारेपछि भत्किएका गुँड चराचुरुंगीले फेरि बनाएका हुन्छन्।

असिनापानीले ढलेका मकै फेरि उठेका हुन्छन्। त्यस्तै मान्छे लडेको पनि छ र उठ्न जानेको पनि छ। त्यसैले भागवत् गीतामा कृष्णले भनजस्तैः अश्वत्थः सर्ववृक्षाणां देवर्षीणां च नारदः। गन्धर्भाणां चित्ररथः सिदानां कपिलोमुनिः।। (अ.१०,२६)

(अर्थात् वृक्षहरुमा म पिपलको वृक्ष हुँ, देवर्षिहरुमा नारद हुँ, गन्दर्भहरुमा चित्ररथ हुँ र सिद्धपुरुषहरुमा कपिलमुनि हुँ।)

तथर्स समय लाग्ला, केही क्षति व्यहोर्नु पर्ला, मान्छे सहज अवस्थामा फर्किनेछ। तिम्रो उन्माद र पाखण्ड सधैँ रहन्न। मान्छेले तिमीमाथि अपेक्षित विजय पाएरै छोड्नेछ। त्यसपछि हाम्रा छोराछोरी खुसी हुँदै स्कुल जानेछन्, किसानहरुले पसिनाले आफ्नै बारीका डल्ला भिजाउने छन्, सबै पेसा र व्यवसायका मान्छेहरु आआफ्नै कर्ममा जुट्ने छन्।

परदेशिएका दाजुभाइ, दिदीबहिनी आउनेछन्, अब सबैलाई अवसर र रोजगारी दिनुछ, केही समय त गाह्रो पर्ला तर सबै कुरा मिल्दै जानेछन्। त्यतिबेलासम्म सत्ता र राजनीतिको फोहोरी खेल सकिनेछ, एउटा साबुनको डल्लोलाई लठ्ठीमा चेपेर दिने राहतको लज्जापूर्ण प्रदर्शनी टुंगिनेछ।

हाम्रा सडकहरु भोका मान्छेहरुको पीडादायी लस्करले होइन, गाडीका लहरले भरिनेछन्, हाम्रा बारीहरु अन्न, सागपातले हराभरा हुनेछन्। लुम्बिनी, सगरमाथा, रारा पर्यटकले भरिभराउ हुनेछन्।

प्रिय कोरोना, माइतीका छिमेकीका नाताले यी कुरा गरेको हुँ। आफ्नो क्रुरतम व्यवहारप्रति क्षमायाचना गर्दै आफ्नो बाटो लाग्नू, तिम्रो जीवित अस्तित्व छ छैन, थाहा छैन मलाई। ठूला कुर्चीमा बस्नेले पनि तिमीलाई आफ्नै हिसाबले चिनाएका छन् र आफू पनि मज्जाले चिनिएका छन्।

म त सानो मान्छे, लेखाईमा भाँती पुगेको छैन होला। अन्त्यमा समग्र मानव जातिले गरेको गल्तीप्रति क्षमा माग्दै बिदा हुन्छु।

उही तिम्रो शीघ्र अन्त्य चाहने..

प्रकाशित मिति: बिहीबार, वैशाख १८, २०७७  १३:३२
सिफारिस
उल्टियो नेपालमाथि मलेसियाले हात पारेको जित
उल्टियो नेपालमाथि मलेसियाले हात पारेको जित
'तातो भात' अभियानमा काम गरेकी रूबिनाको संसद यात्रा
'तातो भात' अभियानमा काम गरेकी रूबिनाको संसद यात्रा
रवि लामिछानेका वकिलको दाबी– पीडितको रकम फिर्ता गरी न्याय दिन मुद्दा संशोधन गर्नुपर्‍यो
रवि लामिछानेका वकिलको दाबी– पीडितको रकम फिर्ता गरी न्याय दिन मुद्दा संशोधन गर्नुपर्‍यो
सांसद बनिन् सहिदकी आमा
सांसद बनिन् सहिदकी आमा
पहिलो पारलैंगिक महिला सांसद बनेर इतिहास रच्दै भूमिका
पहिलो पारलैंगिक महिला सांसद बनेर इतिहास रच्दै भूमिका
ओझन बुढाको डेरा कहाँ थियो?
ओझन बुढाको डेरा कहाँ थियो?
Ntc
Ntc
vianet Below Content Banner 2
vianet Below Content Banner 2
classic teach banner 4
classic teach banner 4
थप

साहित्यपाटी

उद्रिएका सपनाहरू!
अब यो देश कविले बनाउँछ!
कामना गरौँ...
मृत्यु पछिबाट चिहानको वरिपरि नियाल्दा!
आफ्नै खोजीमा...
यहाँ न्याय पाइँदैन?
ime money transfer
ime money transfer

विचार

नर्बदा घिमिरे
ताज होटल र डस्टबिनको जुत्ता नर्बदा घिमिरे
केशव दाहाल
२१ वटा जिल्ला पुगेर हामीले मतदातालाई सोध्यौं– घोषणापत्र पढ्नुभयो? केशव दाहाल
विजयमणि पौडेल र नरोत्तम अर्याल
चार राजनीतिक दलले शिक्षामा के के गर्न खोजे? विजयमणि पौडेल र नरोत्तम अर्याल
शंकर दाहाल
छिरिङको गाउँमा लागेको चुनावी हावाहुरी! शंकर दाहाल

ब्लग

दिनेश अधिकारी 'नयाँघरे'
भोटको मौसम, भरोसाको खडेरी! दिनेश अधिकारी 'नयाँघरे'
National life inner
National life inner
अमर अधिकारी
ऋतुअनुसार टाढाबाट गाउँको सम्झना! अमर अधिकारी
अर्जुन मोहन भट्टराई
मेरो एक भोटको दम! अर्जुन मोहन भट्टराई
श्रद्धा अर्याल जोशी
सायद म काठमाडौंको होइन! श्रद्धा अर्याल जोशी
Kumari bank
Kumari bank
mukti
mukti

साहित्यपाटी

मुकुन्द कृष्ण थापा
पञ्च वर्षीय नतिजा! मुकुन्द कृष्ण थापा
Hardik
Hardik
मोहन थापा
बा! मोहन थापा
side bar 17- shivam inner
side bar 17- shivam inner
रमा दुलाल
अद्भुत तिमीले यो अनुभूति दियौ! रमा दुलाल
विदुर दाहाल
जसलाई बिर्सेको थिएँ, अब उसकै घरमा कसरी बस्न जाऊँ! विदुर दाहाल

केटाकेटीका कुरा

अभिनव साउद
मेरो पहिलो बेलायती संसद् भवन भ्रमण! अभिनव साउद
आरभ कर्माचार्य
निर्वाचनमय नेपाल! आरभ कर्माचार्य
संस्कृत आचार्य
मलाई मन परेका पाँच किताब! संस्कृत आचार्य
यूदाइ उ राउत
मेरो लमजुङ यात्रा! यूदाइ उ राउत

पाठक विचार

सिएमसी नेपाल
सिएमसीको खण्डन पत्र सिएमसी नेपाल
महिमानसिंह विष्‍ट
सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टको खण्डन–पत्र महिमानसिंह विष्‍ट
चेतराज जोशी
युवाको आँखामा वनस्पति र पर्यावरण! चेतराज जोशी
प्रकाश विक
फर्किएका खाली हातहरू… प्रकाश विक

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 setopati@gmail.com
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2026 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP