Ncell
Uniliver1
Samsung banner
Samsung banner
Setopati साहित्यपाटी
Subscribe Setopati
शनिबार, फागुन ३०, २०८२ युनिकोड ENEnglish
Uniliver
  • Setopati गृहपृष्ठ
  • कभर स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • नेपाली ब्रान्ड
  • विचार
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • प्रिमियम स्टोरी

लकडाउन फेन्टासी

Nmb
Nmb
बिक्रम भक्त जोशी 

बिक्रम भक्त जोशी 

gibl
gibl
gibl
gibl
Tata box 1
Tata box 1

हरेक जीवले स्वतन्त्रता खोज्छ। मानिस होस् या पशुपंक्षी,स्वतन्त्र रूपले जिउन चाहन्छन्। वनजंगललाई स्वतन्त्र छोड्ने हो भने पनि त यही हो आफैं घना भएर फैलिन्छ। रस्किन बोण्डले आफ्नो लघुकथा 'एन आइल्याण्ड अफ ट्रिज' मा रूखका पनि आफ्नै खुट्टा हुन्छन् भनेर परिकल्पना गरेको त्यसैले होला।   

अनिच्छाले बाधिन कोही मन पराउँदैन। त्यसैले त बानी नपर्दासम्म जेल परेका नयाँ बन्दीहरू स्वतन्त्रता कल्पिन्छन्, रुन्छ्न्, उकुसमुकुस हुन्छन्।  विस्तारै स्थितिबोध हुँदै जाँदा आफ्नो अवस्थासँग सम्झौता गर्छन् र आफूले गुमाएका स्वतन्त्र क्षणहरूको सम्झना गर्दै जीवन जिउन थाल्छन्। त्यसमै रमाउन सिक्छन्।

करिब करिब उस्तै बन्दी जीवन अहिले हामी आफैं जिउँदैछौं।अब त लकडाउनका दिन गिन्ती गर्न पनि छाडियो। समयको कुनै ख्याल रहन छाड्यो। कुन बार, कुन गते भेउपत्तो रहन छाड्यो। हरेक दिन शनिबार। हरेक दिन बुधबार। फरक नै के छ र?

हो, अब लकडाउनसँग सम्झौता गरियो। समय बिताउने काइदा जानियो। बढी जसो इन्टरनेटमै अल्मलिन्छु। फेसबुक, मेसेन्जर, भाइबरमा अरू 'कोरोना बन्दी'हरूले फर्वार्ड गरेका ठट्यौली हेरेर रमाउँछु।

समाचार पोर्टलमा अटाइ-नटाइ आउने राजनीतिक दाउपेचका घिनलाग्दा समाचार पढेर मुख अमिल्याउँछु। र, फेरि वर्ल्डोमिटर्सको साइटमा कोरोनाका थपिएका बिरामी संख्या र मृत्यु संख्या हेरेर अतालिन्छु।

लाग्छ संसारभर एउटा साझा चुनाव हुँदैछ र अहिले तिनैको मत गिन्ती हुँदैछ। लाग्छ देश-देशबीच प्रतिस्पर्धा हुँदैछ। कसले कसलाई उछिन्ने भनेर। एउटा कहालिलाग्दो अघोषित मृत्यु प्रतिस्पर्धा।

लाग्छ संसार मृत्युमय बन्दैछ। अनि यस्तोमा नकारात्मकताले मन गिजोल्न आइपुग्छ। भोलिका दिन यतै पनि उस्तै होला कि भन्ने डरले मन बिथोलिन्छ।

मन बहलाउन कहिले टिभी हेर्छु। त कहिले पुराना किताबका थाक निकाल्छु। धुलो टक्टक्याउँछु। सोखले किनिएका कतिपय पुस्तक पढेकै हुँदिनँ। तीमध्ये आधा त तेस्रो पाना नपुग्दै झिजो लाग्ने खालका हुन्छन्। तिनलाई फेरि दराजमै थन्काउँछु। 

कुनै भने घतलाग्दा हुन्छन्। आजकल मिथकतिर रस बसेको छ। त्यसैले पौराणिक गन्थन पनि पढी टोपल्छु। नन-फिक्सन पढ्न झर्को लाग्थ्यो। तर जीवन बुझ्ने कोशिसमा झिजो मान्नुहुन्न भन्ने बुझिसकेको छु। पढ्दै जाँदा एकोहोरो बनाउँछ। पानाका अक्षरहरू सजीव बनिदिन्छन्। स्वैर कल्पनाले पङ्ख फिँजाउन थाल्छन्।

Ncell
Ncell

* * *

निक्कै बेरदेखि कसैले ढोका ढक्ढक्याउँदै थियो। भर्खर निदाएको मात्र थिएँ। को आएछ? उठेर ढोका खोलें। कोही देखिनँ। ढकढकको आवाज फेरि आयो। बार्दली निस्किने ढोकाबाट आवाज आउँदै थियो। घडी हेर्छु। अरे! रातिको तीन बजिसकेछ? यति राति बार्दलीको ढोका कसले ढकढक्याउँदैछ? त्यो पनि दुई तला माथिको बार्दलीको ढोका। किन हो कुन्नि, डर भने लागेन। बस, कौतुहल लाग्यो। ढोका खोलें। 

बाहिर उभिएको मान्छे देखेर छक्क परेँ। लाग्यो कि ऐना अघि उभिएको छु। आफ्नै रूप, आफ्नै कद-नक्सा।

'भित्र बोलाउँदैनौ?' उसले हाँस्दै भन्यो।

म अल्मलिँदै थिएँ। मलाई पन्छाएर ऊ भित्र छिर्यो।

'सुत्नु पर्दैन? यति रातिसम्म किन जाग्राम नि?' 

आफैं जगाउने, अनि आफैं किन नसुतेको सोध्ने? गजब छ बा! तर केही बोलिनँ।

'मलाई चिनेनौ?' खाटमा लम्पसार परेर उसले सोध्यो। ऊ मुसुमुसु मुस्कुराउँदै थियो।

मैले मुन्टो हल्लाएँ।

'हा हा हा। कस्तो नचिनेको?' यति राति उसको हाँसो घरभरि गुञ्जायमान भयो। सुतिरहेका परिवारका सदस्य उठ्लान् भनेर औंला ओठमा पुर्याएर सानो स्वर गर्न संकेत गरें।

'ओके ओके। सरी। श्श्श्श्शश।' ओठसँगै चोर औंला ठाडो पार्दै उसले भन्यो।

'अझै चिनेनौ हगि?' मुसुमुसु मुस्कुराउँदै उसले सिरानीमा राखेका पुस्तकका चाङबाट एउटा पुस्तक निकाल्यो।

'ओहो। नन-फिक्सन? 'ह्वाट इज देयर इन योर फ्युचर'! भनेको मतलब तिमी भविष्य जान्न चाहन्छौ?'

म चुपचाप उसको कुरा सुनेर बसे। जवाफ फर्काइनँ। जरूरी पनि ठानिनँ।

'कुनै कुरा रहस्यमै रहन दिनुपर्छ। पछिका कुरा थाहा नपाउनु नै जाति। भविष्यलाई भविष्यकै गर्भमा रहन दिनुपर्छ,' उसको मन्द मुस्कान मानौं उसको अनुहारमै टाँसिएको थियो।

'तिमीलाई थाहा छ?' ऊ बोल्दै गयो,  'परापूर्वकालमा मानिसमा भविष्य जान्ने शक्ति थियो रे। तर यसले ठूलै समस्या निम्त्यायो। त्यसैले मानिसले त्यो शक्ति गुमाउनु पर्यो।'

'जान्न चाहन्छौ? के भएको थियो?' ऊ अझै मुस्कुराउँदै थियो। उसको मुस्कानमा अचम्मको आकर्षण थियो।

'आउ बस।' उसले भन्यो।

म खाटसँगैको मेचमा बसेँ।

उसले हातमा लिएको पुस्तक चाङमा फिर्ता राख्यो। मैले उसलाई गहिरिएर हेरें। मलाई लाग्दै थियो कि म बाथरूमको मिररमा आफैंलाई हेर्दैछु।

'समुन्द्र-मन्थनबारे त सुनेकै छौ होला।' एकोहोरिएको म, उसको बोलीले झसंग भएँ। 

मेरो उत्तरको प्रतीक्षा नै नगरी ऊ बोल्न थाल्यो। 

'सबैभन्दा पहिला समुन्द्र-मन्थन किन गरियो बुझ्न जरूरी छ। सुन।'

'एक पटक देवराज इन्द्र ऐरावत हात्ती चढी कतै जाँदै थिए। त्यतिकैमा दुर्वासा ऋषि भेट भएछ। दुर्वासाले सम्मानस्वरूप शिवजीले दिएको विशेष माला इन्द्रलाई अर्पण गर्दै ऐरावतको सुँडमा राखिदिए। तर ऐरावतले त्यो माला जमिनमा फ्याँकिदिएछ। रिसले चुर भएका ऋषिले इन्द्रलाई श्री, शक्ति नाश हुने श्राप दिइदिए।'

क्या आपत! चिन्नु न जान्नुको मान्छेसँग यति राति पुराण सुन्दैछु। हैन, यो बार्दलीमा चढ्यो कसरी?

'यस्तैमा देव र दानवको युद्ध भयो। शक्तिविहीन भएका इन्द्र दानवराज बलिराजाबाट पराजित हुन पुग्यो। पराजित इन्द्र विष्णुको शरणमा पुगे। विष्णुले यिनलाई सल्लाह दिए कि क्षीरसागर मन्थन गरी सो समुन्द्रको पिँधमा रहेको अमृत निकाल्ने। जसको सेवनले देवगण अमर हुनेछ र दानव पराजित हुनेछ।'

कतै पाइप चढेर त उक्लेन यो मान्छे? भोलि बिहानै पाइप चेक गर्नुपर्ला।

'तर बाधा यो थियो कि देवगणको एकल प्रयासले अमृत प्राप्त गर्न सम्भव थिएन। यसका लागि दानवगणको सहयोग आवश्यक थियो। तसर्थ विष्णुले कुटिल योजना बनाए। दानवहरूको सहयोग लिएर अमृत प्राप्त गर्ने, तत्पश्चात् विष्णु स्वयम् मोहनीरूप धारण गरेर दानवगणलाई अल्मल्याउने र यसैबीच सम्पूर्ण अमृत देवगण आफैंले मात्र सेवन गर्ने।'

हुन त यो कथा सुनेकै, पढेकै हो। तै पनि केही नबोली सुनिरहें। उनको कथावाचनको तरिका रमाइलो लाग्दै थियो।

'समुन्द्र-मन्थनका लागि तयारी गरियो। मन्दरा पर्वतको मदानी बनाइयो। बासुकी नागको डोरी। कुर्म (कछुवा) अवतार लिएर मन्दरा पर्वतलाई विष्णुले आफ्नो खबटामाथि अड्यायो। बासुकी नागको पुच्छरपट्टि देवगण र टाउको पट्टि दानवहरू तैनाथ भए र दुवैतिर आलोपालो तानातान गर्दै मन्दरा पर्वतलाई फिर्के जस्तै घुमाउन थाले। दही मथेर नौनी निक्ले झैं समुन्द्रको पिँधबाट विभिन्न वस्तु, देवदेवी, अप्सराहरू उत्पन्न हुन थाले। सुरूमै निस्केको कालकूट विष शिवजीले पिए। विषले निलाम्य घाँटीका कारण नीलकण्ठ कहलिए।' 

'त्यसपछि पालैपालो लक्ष्मी, रम्भा, मेनका, वारुणी, कामधेनु, पारिजात, धन्वन्तरी आदि प्रकट भए र देव, दानवले आपसमा बाँडेर लिए। अन्तमा अमृतको घडा प्रकट भयो।'

'अब यहाँनिर कथाले थोरै ट्विस्ट लिन्छ। जुन धेरैलाई थाहा छैन र कतै वेद, पुराणहरूमा पनि उल्लेख छैन।' 

ऊ खाटबाट उठेर झ्यालनिर गयो। पर्दा हल्का उघारेर पूर्वतिर एकछिन नियाल्यो र फेरि खाटमै बस्न आयो। 'बिहान हुन आँटिसकेछ।'

म भने कहानीमा 'ट्विस्ट' सुन्न आतुर थिएँ।

'कुरो के भयो भने त्यो अमृतको घडासँगै अर्को सानो घडा पनि साथै निस्केको थियो। तर यो कुरा देवगण र दानवगण दुवैले पत्तै पाएनन्। दुवैको ध्यान अमृत घडामै केन्द्रित थियो। सबैजना यस्तरी उत्साहित थिए कि त्यो सानो घडा उछिट्टिएर मर्त्यलोकमा खस्न पुगेको समेत कसैले चाल पाएनन्। त्यो घडामा 'भविष्यदर्शनरस' थियो। जसको सेवनले भविष्यका कुनै पनि घटना छर्लङ्ग देख्न सकिन्थ्यो।'

'यसरी जतिबेला देवताहरूले दानवहरूलाई झुक्याएर आफैं मात्र अमृतसेवन गर्दै अमर बन्दै थिए, त्यति नै बेला मर्त्यलोकमा मानवहरू भने 'भविष्यदर्शनरस' सेवन गर्दै भविष्यज्ञाता बन्दै थिए।'

गफ दियो यसले। मैले मनमनै सोचेँ। तर मुखले भने भनिनँ।

'अब मानवहरूले भविष्यमा हुने हरेक घटना थाहा पाउन थाले। कोही धनप्राप्ति कहाँ कसरी हुन्छ जान्न थाले। कोही कुन बन्द-व्यापार गर्दा फलिफाप हुन्छ थाहा पाउने भए। यसरी भविष्य जानेकाहरू अनेक तिकडम र अकर्मण्य कार्य गरेर भविष्य सत्य सावित गर्न तिर लागे। कोही आफ्नो आयु लामो छ भन्ने जानेर मृत्युको भयबाट मुक्त भए। फलत: ती मानवहरू कुनै कुराबाट नडराउने भए। निर्भय भए। स्वेच्छाचारी बन्न थाले।' 

'तर जस-जसले आफू दिनदरिद्र हुने भविष्य देखे, तिनले भने आफ्ना आशा अभिलाषा परित्याग गर्न थाले। तिनका हिम्मत क्षीण हुन थाल्यो। जाँगर मर्न थाल्यो। जसले आफू वा आफ्ना प्रियजनहरूको निकट भविष्यमा मृत्यु हुँदैछ भन्ने थाहा भए, ती तिनै दिनबाट मृतप्राय: बन्न पुगे। यसरी मानव समाजको सामाजिक सन्तुलनमा खलल उत्पन्न भयो। कतै अकर्मण्यताको बिगबिगी त कतै नैराश्यपन। कतै हाँसो त कतै रुवाइ।'

'यसप्रकार मानव जातिमै विध्वंश मच्चिने अवस्था देखेपछि सृष्टिकर्ता ब्रम्हाले ध्यानदृष्टिले हेरी ती यावत समस्याको जड उक्त 'भविष्यदर्शनरस' रहेको थाहा पाए। अत: मानव कल्याणका लागि आफ्नो ध्यानशक्तिले घडामा रहेको तथा प्रत्येक मानवका शरीरमा सिँचित सारा रस शोषण गरिलिएर पूर्ववत अवस्थामा फर्काए।'

'यस प्रकार मानव जातिको उद्धार भयो।'

दिनु दियो गफ! तर राति राति कोठाकोठा चाहार्दै गफ दिन आउने यो को पो रैछ?

'म तिम्रो 'अल्टर-इगो' हुँ।'

लौ। मैले मनमनै सोचेको पनि थाहा पाउँदो रैछ। बजिया त जादुगर रैछ।

'हो। म तिमी नै हुँ। अनि तिमी म नै हौ। त्यसैले तिमीले सोचेको मैले थाहा नपाउने कुरै भएन।' 

'बुझेनौ? ल, तिमीले बुझ्ने शैलीमा भन्छु। सुन!' म तीनछ्क्क परेको देखेर उसले भन्यो।

'मानिलिउँ तिम्रो अघि एउटा पूर्ण कदको ऐना छ। त्यसभित्र देखिने 'तिमी' नै म हुँ। अरु कुनै मानिस आएर त्यसमा हेर्यो भनेर उसले तिमीलाई देख्दैन, आफैंलाई देख्छ। त्यो बेला म उसको 'अल्टर-इगो' बन्छु। जसले हेरेको हो म उसैको बनिदिन्छु।'

'अनि म जे बोल्छु, ती भनेका तिम्रा अवचेतनाका सकारात्मक अभिव्यक्तिहरू हुन्। तिमी अहिले त्रासमा दिन बिताउँदैछौ। संसारभरिको मृत्युमेलाले तिम्रा दिमाग खज्मजिएका छन्। भविष्यमा हुन सक्ने अनिष्टहरूको मनगढन्त कल्पना गर्दै तिमी तर्सिंदैछौ। यस्तो अवस्थामा तिमी 'सब ठीक हुन्छ' भन्दै मनमनै आफैंलाई जुन ढाडस दिन्छौ नि, म त्यही ढाडस हुँ।'

बुझ्न गाह्रो भए पनि कुरो चित्त बुझ्दो थियो।

'भविष्यलाई भविष्यकै गर्भमा रहन दिनुपर्छ, त्यसबारे धेरै सोचेर निराशावादी बन्नु हुन्न। यो कुरा तिमीलाई थाहा त छ, तर अवचेतन रूपमा मात्र। तिनै अवचेतन ज्ञानलाई चेतनामा बदल्न आएको हुँ म। मेरो काम सकियो। जान्छु अब। चिन्ता नलिनू। सब ठीक हुन्छ।'

अनि उस्तै मन्द मुस्कानसहित ऊ बार्दलीको ढोकाबाट बाहिरियो र अँध्यारोमा अलप भयो।

बार्दली मुनिबाट छोरी मलाई बोलाउँदै थिई। 'खाजा खाना आउनु, बाबा!'

बिउँझिँदा छोरी ढोका बाहिर कराउँदै रैछिन्।

'खाजा खाना आउनु भन्या त। कति बेर भो बोला'को। सुन्नु भएन?'

घडी हेरेँ, दिउँसोको तीन बजिसकेछ। हत्तेरी! टाइम कुटाइम सुत्ने बानी लागेर बर्बाद भो! 

 

 

 

 

प्रकाशित मिति: शनिबार, वैशाख २०, २०७७  १७:००
सिफारिस
समानुपातिक उम्मेदवार सिफारिस गर्न भोलि रास्वपाको सचिवालय बैठक बस्दै
समानुपातिक उम्मेदवार सिफारिस गर्न भोलि रास्वपाको सचिवालय बैठक बस्दै
तीन वर्षअघि चुनाव हारेर यसपालि बाजी मारेका ३० वर्षीय सांसद
तीन वर्षअघि चुनाव हारेर यसपालि बाजी मारेका ३० वर्षीय सांसद
'मेरो छोराको बलिदान व्यर्थ जाने छैन, एक दिन यही बलिदानले देश बदल्नेछ'
'मेरो छोराको बलिदान व्यर्थ जाने छैन, एक दिन यही बलिदानले देश बदल्नेछ'
प्रतिनिधि सभाको पहिलो बैठकमा के हुन्छ?
प्रतिनिधि सभाको पहिलो बैठकमा के हुन्छ?
बहुमतका लागि बाधक होइन निर्वाचन प्रणाली
बहुमतका लागि बाधक होइन निर्वाचन प्रणाली
घर फर्किने क्रममा भीरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु
घर फर्किने क्रममा भीरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु
Arghakhachi
Arghakhachi
Ntc
Ntc
vianet Below Content Banner 2
vianet Below Content Banner 2
classic teach banner 4
classic teach banner 4
थप

साहित्यपाटी

सेवकको शपथ!
जन्मन नपाएकी छोरी!
निर्वाचन सफलताको बधाई!
आश्चर्य!
अब रङ बदल्नेछन्!
सुब्बा साहेबकी प्रेमिका!
ime money transfer
ime money transfer

विचार

नर्बदा घिमिरे
ताज होटल र डस्टबिनको जुत्ता नर्बदा घिमिरे
केशव दाहाल
२१ वटा जिल्ला पुगेर हामीले मतदातालाई सोध्यौं– घोषणापत्र पढ्नुभयो? केशव दाहाल
विजयमणि पौडेल र नरोत्तम अर्याल
चार राजनीतिक दलले शिक्षामा के के गर्न खोजे? विजयमणि पौडेल र नरोत्तम अर्याल
शंकर दाहाल
छिरिङको गाउँमा लागेको चुनावी हावाहुरी! शंकर दाहाल

ब्लग

दिनेश अधिकारी 'नयाँघरे'
भोटको मौसम, भरोसाको खडेरी! दिनेश अधिकारी 'नयाँघरे'
National life inner
National life inner
अमर अधिकारी
ऋतुअनुसार टाढाबाट गाउँको सम्झना! अमर अधिकारी
अर्जुन मोहन भट्टराई
मेरो एक भोटको दम! अर्जुन मोहन भट्टराई
श्रद्धा अर्याल जोशी
सायद म काठमाडौंको होइन! श्रद्धा अर्याल जोशी
Kumari bank
Kumari bank
mukti
mukti

साहित्यपाटी

मुकुन्द कृष्ण थापा
पञ्च वर्षीय नतिजा! मुकुन्द कृष्ण थापा
Hardik
Hardik
मोहन थापा
बा! मोहन थापा
side bar 17- shivam inner
side bar 17- shivam inner
रमा दुलाल
अद्भुत तिमीले यो अनुभूति दियौ! रमा दुलाल
विदुर दाहाल
जसलाई बिर्सेको थिएँ, अब उसकै घरमा कसरी बस्न जाऊँ! विदुर दाहाल

केटाकेटीका कुरा

अभिनव साउद
मेरो पहिलो बेलायती संसद् भवन भ्रमण! अभिनव साउद
आरभ कर्माचार्य
निर्वाचनमय नेपाल! आरभ कर्माचार्य
संस्कृत आचार्य
मलाई मन परेका पाँच किताब! संस्कृत आचार्य
यूदाइ उ राउत
मेरो लमजुङ यात्रा! यूदाइ उ राउत

पाठक विचार

सिएमसी नेपाल
सिएमसीको खण्डन पत्र सिएमसी नेपाल
महिमानसिंह विष्‍ट
सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टको खण्डन–पत्र महिमानसिंह विष्‍ट
चेतराज जोशी
युवाको आँखामा वनस्पति र पर्यावरण! चेतराज जोशी
प्रकाश विक
फर्किएका खाली हातहरू… प्रकाश विक

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 setopati@gmail.com
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2026 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP