Ncell
Uniliver1
Samsung banner
Samsung banner
Setopati साहित्यपाटी
Subscribe Setopati
बुधबार, चैत ४, २०८२ युनिकोड ENEnglish
Uniliver
  • Setopati गृहपृष्ठ
  • कभर स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • नेपाली ब्रान्ड
  • विचार
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • प्रिमियम स्टोरी

सलामी

Nmb
Nmb

राम विके 'म नेपाली'

मंसिर १६
gibl
gibl
gibl
gibl
राम विके 'म नेपाली'।
राम विके 'म नेपाली'।
Tata box 1
Tata box 1

बसको रफ्तारभन्दा द्रुत उस्को मन कुदिरहेको छ। बस बीच बीचमा रोकिन्छ। ऊ पनि आफ्नो मनलाई रोक्न खोज्छ तर त्यस्को त ब्रेक फेल भैसकेको छ, हुत्तिएर ठाममै पुगिसकेको छ।

ठाम हेर्छ, सुनसान छ। जिनिस खोज्छ सिताराम, केही छैन। ‘कतै ठाम त झुक्किनँ?’ फटाफट परालको गुजिल्टो पल्टाउन थाल्छ, ‘ए हैछ हैछ।’ हात लागेको भाँचिएको खुर्पा भेटेपछि ऊ भरपक्का हुन्छ र लामो श्वास तान्छ।

‘खै त‍ त्यो विधि साथीहरु!’ ऊ यता र उता दौडिन्छ, सुनसान छ माहोल। ठिंग चुलिएको भट्टा हेर्छ, ‘ओहो‍! त्यो त तातेको होला’। नजिक जान धक मान्छ, टुप्पाको मास्तिरसम्म आँखा फाल्छ ‘हैन धुँवा त पुताएको छैन’

ऊ अरु नजिक जान्छ, तातेको भेउ पाउदैन। छोइ टोपल्छ, त्यो त चिस्सै छ, अनि ग्वाम्लाङ्ग अंगालो हाल्छ।

भट्टा साहु हिंडेपछि त्यो साँझ कोही दंग थिए, कोही झसंग। अब भोलिबाट के हुन्छ? भट्टा साहुले भनेका थिए- ‘फेरि बन्द खुलेपछि काम सुरु हुन्छ है।’

‘ह्या, भोलि जेसुकै होस्, आज रमाइलो गर्नु पर्छ। खै एउटा एउटा गैंडा उठाम्’ मै अगाडि सरेर भन्या हुँ।

त्यसपछि ठुलै खसिको भुटन आयो। चिउरा, भाट्मास र जर्किनभरी छ्याङ्, कम्ता रमाइलो भएको थिएन छाप्रोमा तर लास्टाँ मतो मिलेन। कोही हिंडेरै पनि जानी हो भन्न थाले, कोही हेरम् न दुई चार दिन भन्नि पनि निस्के। कसैका चिचिला मिचिला पनि थिए, कसरी यत्रो बाटो घिच्याउन सक्ने भन्नि पनि भए।

कोही खोरिया खोस्रेर खाइन्छ तर फर्केर नआम्ला भन्ने भए। मेरो मनमा पनि त्यस्तै त्यस्तै कुरा खेली रहे। जहाँ गएपनि पाखुरा बजाउने नै हो, बाउको हैन साहुकै हो यता भट्टामा, उता माटोमा। यो कट्टो के जाति महामारीको भर छैन।

गाउँमा भएको भए भुक्भुक्त्त उज्यालो भो भन्थे तर सहर कतै चम्किलो उज्यालो छ, कतै अँध्यारो हुनेखाने मान्छे र गरिखाने हामी ज्यामिको मन जस्तो। यो के, जस्का कलिला चिचिला छन्, उनै अघि कुम्ला कुटुरा बोकेर तम्सेका छन्। एक्का दुक्का हुँदा हुँदै सबै लाम लागे।

Ncell
Ncell

कसैको गन्तव्य पूर्व, कसैको पश्चिम, ठाउँ फरक इरादा एक। घर पुग्ने कति दिन लाग्ला र‍! दुई, पाँच, दश या पन्ध्र दिन, दूरी को हेक्का कस्लाई छ र? बस चल्दिनि हो, पुग्नु त छदैछ। सुरु सुरुको फूर्ति नै बेग्लै। यति बजे फलाना ठाउँमा पुग्नु पर्छ, त्याहाँ पुगेसी खाजा खाने, हैन त्याहाँ पानी पाइदैन, त्यो ठाउँमा खानु पर्छ।

अर्कोले भन्थ्यो, हैन हैन पानी पर्ला जस्तो छ, पानी पर्‍यो भनी जहाँ पुग्दा पानी पर्छ, त्यहाँ खानु पर्छ। अर्कोले जुगाड गर्थ्यो। बीच बीचमा हाँसी मजा र गीत सुसेली पनि चल्दैछ।

दोस्रो, तेस्रो दिनहरु ढल्दै हाम्रो मासी गल्दै गैरहेको थियो। हामी निरन्तर हिड्थेउँ, भोकाउथेउँ, थाकेर अलपत्र एकै थैलोमा मिसाएको भुजा चिउरा चाउचाउ खाजा खाइन्थ्यो। ल अब त्यो बानले कसैलाइ छोएको भए हामी सबैलाई भ्याउँछ, हामी गलल्ल हाँस्थेउँ।

खै कस्तो हाँसो थियो त्यो, हाँसो लाग्दो कुरो पनि थियो कि थिएन? एउटा हाँस्यो भने सबै हाँस्यो तर उल्टो एउटा रोयो भने सबै मिलेर सम्झाउथ्यौँ। कसैको चप्पल चुँडेर कसैको फाटेर गैसक्यो, तैपनि हिंडेकै छन्।

फेरि त्यही खाली खुट्टे भन्थ्यो, ‘जुत्ता लाएर को पो जन्मेको छ र हो? संसारमा बजार भेटेपछि झन् नयाँ चप्पल पड्काइन्छ।’ अनि सबै हाँस्थे। खै कुरो खुसीको थियो कि दु:खको। टडक त देख्नै हुन्नथ्यो, सबै कराउँथे ‘ऊ आयो आयो’ लामो सडक तिर आँखा फाल्थ्यौँ। सरर गर्दै टडक कुद्थ्यो, हामी मध्ये कसैले धारे हात लाउँथ्यो ‘मरेस्’ अनि फेरि हाँसो। यात्रा अनवरत चालु थियो।

दिनगन्ति बढ्दै गर्दा हामी घट्दै थियौँ। प्रत्येक ठूलो चौबाटोबाट हामी बाडिन्थिम्, टुक्रा टुक्रा भै चोइटिन्थिम्। दुखम् सुखम् हैन, दुखम् दुखम् अन्ततोगत्वा म घर पुगेरै छोडेँ। गाउँका भएभरका मानिसहरु म भएको ठाउँमा आइरा'छन्। तलदेखि माथिसम्मै नियाल्छन्।

पहिला पहिला पनि घर आएकै हो, यस्तो चाहिँ पहिलो पल्ट भइरहेको छ। आफन्तहरु झन वरिपरि घन्टाघेर लगाका छन्। उनीहरु मलाई छुन्छन्, म उनीहरुलाई सबै सामान्य छ। वातावरण रमाइलो छ, म त्यो यात्राको बयान गरेर थाकीसक्छु, उनीहरु थाक्दैनन।

सुनेको सुन्यै छन्, म बजिरहेको छु। थामको किलामा झुन्ड्याएको रेडियो झैँ। कसैले मलाई बन्द हुने इशारा गर्‍यो, उता रेडियोले सामाचार फुक्दै थियो। आजपनि राजाधानीबाट माहामारीको कारण बन्दाबन्दीको यातना खप्न नसकेर बाहिरिनेहरु मध्य घर नजिकै पुग्दासम्म... जनाको दु:खद मृत्‍यु भएको सामाचार छ।

कालको मुखबाटै फुत्केर आइएछ जस्तै लाग्यो। सबैले भनेको पनि त्यही थियो। दिन रात हप्ता, महिनौँ बित्यो। सोचे झैँ खनजोत गर्न सकिने छाँट आएन। सिरुबारी भैसकेको बाँझो खनेर पेट पाल्न हैसियत देखिनँ। चाडबाडले झन ढाड सेकेर गयो। नभन्दै मायाले संसार नथाम्ने पक्का भयो।

गाउँमा जीवन सामान्य लागेको थियो, बसहरु पनि चल्न थालिसकेका थिए। अलिकति बुझी हेरेँ, ज्वरो स्वरो मात्र आउँदा त्यो काट्टोसँग आत्तीहाल्नु नपर्ने कुरो बुझियो। खाँट्टी भेटेको चाहिँ जिब्रोले थाहा पाउँछ रे। अनि के थियो र, झोलामा माना चारेक अकबरे खुर्सानी र काँक्रोको खल्पी एक डब्बा पनि कोचें र हुइकियँ त्यही पुरानो ठाउँ ताकेर।

मेरी बास्सै, मान्छेको हुल त बढेछ त। लौ खत्तम, कामसाम अर्कैले चम्पत बनाइ भयो कि‍! मनमा चिसो पस्यो। कुदें आफ्नो कर्मथलो तर छैन त कुनै चाल, यता उता बुझेँ। हैन खुलेकै रहेनछ। ला खत्तम, बेलुका जिउ गल्यो तात्यो पनि। झोला खोलेर मारी एउटा अकबरे चपाएँ। हा... ओहो बेस्सेरी पिरो र'छ। जिब्रोको स्वाद गाछैन, त्यही काट्टो चाहिँ पक्कै हैन। भोलि अर्को ठाउँमा काम माग्नु पर्ला।

छाप्रोमा पुग्न पनि सक्दिनँ जस्तो त लाथेन तर हिम्मत भ्एपनि शरीरले साथ दिएन। एउटा गल्लिको छेड्मा अडेस लागेँ। एउटा अकबरे चपाएँ अनि एक टुक्रा खल्पी मुखमा हालेँ। खै, जिब्रोले अमिलो पिरो त थाहा पाएकै छ। तर श्वास... गाह्रोसँग चलिराछ।

त्यही बाटो कैयौँ मानिस आए गए, आँखा कसैको पुगेन वा पुगेर पनि मन पुग्न सकेन। कराउदै आएको मटर धमिलो देख्दै छु। तर मेरो वरिपरि घुम्यो एक बोत्तल पानी र एक पत्ता सिटामोल दियो अनि त्यही गतिमा फर्क्यो। मध्यरात घर्किसक्या थियो होला, मेरो श्वासले जिउलाई छोड्यो। मेरो मनले देखिरहेछ आफ्नो शरीर बिना श्वास लडिरहेछ।

बिहानीपख मानिसरुको चहलपहल बढ्दै गयो। म लडि नै रहेको थिएँ। मलाई देखेर मानिसरुको सातो गयो। सबै मबाट टाढा टाढा भाग्दै गरेको पहिलो पल्ट अनुभव गर्दै थिएँ। भिड बढ्दै छ। सबैका हात हातमा फोन घुम्दै छ, कोही अरुलाई मसम्म आउन रोक्दै छन्।

केहीबेरमा एउटा मोटर कराउदै आयो। मोटरबाट साँच्चै यमराजका दुतहरु जस्तै लुगा-कपडा झरेर मलाई एउटा अँध्यारो कोठामा फालिदिए। ओहो! के विधि गन्हाएको चारैतिर। मै झैँ पल्टिरहेछन् मुर्दाहरु। कसैको घाँटी चिरिएको छ, कसैको मुख नाकबाट सिन्का घुसारिएको छ। म अनुभव गर्छु, धन्न मेरो केही काटिएको छैन।

घर्याक्क‍! कसैले ढोका खोल्यो। यो के, बाहिर कोलाहल छ, रुवाबासी छ, छाती पिटी पिटी मानिसरु रोइरहेछन्। मेल्ट्रिको एक जत्था कोठाभित्र पस्यो। ‘यी सबै हो पोजेटिभ?’ एउटा भुडे मेल्ट्रि गर्ज्यो।

‘हो हजुर, त्यो कुनाको एउटा बाहेक’ चोरी औँलाले मलाई देखायो र तनक्क छाती तन्कायो हल्दारले।

‘ल ठिक छ, गाडीमा हाल केटा हो’ रवाफिलो पाराले उस्ले आदेश गिरायो। अलिकति मलाई दु:ख पनि लाग्यो। अब एक्लै पर्ने भएँ यो अँध्यारो कोठामा। मानिसरहरु उसैगरी रोइ कराइ गरिरहेका छन्। त्यही कोलाहलमा गाडीको आवाज पनि मिसियो र केहीबेरमा अलप भयो।

‘हल्दार साप‍! अनि यो लासको पिसिआर भयो’ कसैले मलाई इंगित गर्‍यो।

‘छैन सर‍! यो बाटोबाट उठाएको बेवारिसे लास हो। सर, यस्को पैसा बुझाउने कोही छैन रे।’

‘ल ठिकै छ।’

‘गरिबको यस्तै हो साप।’

‘ठिकै छ, प्लस होस् कि माइनस, हिम्मत हार्न हुन्न।'

'आउ छोरी’ उस्ले कसैलाई बोलायो। एक युवती देखिइन्, दुवै भएर मलाई गुट्मुट्याउन थाले। ए गाँठे‍! मलाई पनि मोटरमा कोचे र दौडाए।

को हुन् यी मलाई जातिविधि गर्ने, मनलाई पछाडि पछाडि पठाएँ। यी दुई त बाउछोरी पो रहेछन् त। हेर्छु लास पोलिरहेका छन्। लास दौडाइरहेका छन्। अझ पछाडि धकेले। यी ठिटी को रहिछिन्? विगत त यिन्को पनि चक्नाचुर रहेछ त। यिनी आफ्नै बाल मत्याइले ठक्कर खाँदै यो लास जालाउनेको छोरी बन्न आएकी रहिछन्।

सबैले यिनिहरुका कामको तारिफ गर्दा रहेछन्। जस्को कोही नभएर बेवारिसे सडक, खोलामा सडिरहेका छन्, उस्को उचित दाह संस्कार गरेर मृत आत्माको चिर शान्ती मुक्त्ती दिलाउने महान कर्म गरेर पुण्य कमाएका बाउछोरी रहेछन्।

पुण्यको फल पनि पाउँदै रहिछिन् नानीले। यो वर्ष संसारकै प्रभावशाली महिलाको सूचिमा दरिएकी रहिछिन् नानी। यस्ता मान्छेको हातमा पो परेछु, खप्पर‍! गर्व र डर दुवै लाग्यो। हैन, यी बाउ छोरीले मलाई पनि भ्याउछन् कि के हो‍!

धुवाँको मुस्लो आकाशमा गोल चक्कर काटिरहेको छ। एकोहोरो शंखको ध्वनिहरु एकटंकारले बजिरहेको छ। मान्छेहरुको रुलाकार चित्कार उत्तिकै छ। लासहरु जलिरहेका छन्। बल्ल एउटा चिता खाली भयो। अर्को लास विधि विधान पूरा गरेर दागबत्तीको लागि तयारी भयो।

घेराभन्दा बाहिर एउटा मानिस बिरह गरिरहेको छ, ‘दागबत्ती त मै दिन्छु नि।’

‘हुँदैन, हुँदैन, यस्तो केशमा सबै मेल्ट्रिले गर्छ’ कसैले उस्लाई भन्यो। उस्को चित्कार चर्किदै गयो। दागबत्ती दिँदा मेल्ट्रिको एक टुकडिले सामेल भएर शोक सलामी अर्पण गरिरहेको थियो।

‘दाइ दाइ, स्वयम्भु झर्ने भन्या हैन। आइपुग्यो।’

ऊ नराम्ररी झस्क्यो। मुटु छाती छेडुम्ला झैँ गरेर धड्की रहेको थियो।

‘दाइ पनि क्या आँखा ट्वाल्लै खोलेर सुत्दिनी’ खलासी उस्लाई जिस्क्याउदै थियो। ऊ झरेर आङ तन्काउदै थियो पर बिगुल फुकेको आवाज सुनियो।

ओहो‍, सलामी हो कि क्या हो‍! उस्को मन झन आत्तियो तर त्यो पारि रहेको मेल्ट्रि क्याम्पबाट आएको रिट्रिट थियो। ऊ जिउँदै छ, ढुक्क त भयो तर उस्को मुटु त्यही रफ्तारमा धड्की रह्यो।

 

प्रकाशित मिति: मंगलबार, मंसिर १६, २०७७  १७:४५
सिफारिस
उल्टियो नेपालमाथि मलेसियाले हात पारेको जित
उल्टियो नेपालमाथि मलेसियाले हात पारेको जित
'तातो भात' अभियानमा काम गरेकी रूबिनाको संसद यात्रा
'तातो भात' अभियानमा काम गरेकी रूबिनाको संसद यात्रा
रवि लामिछानेका वकिलको दाबी– पीडितको रकम फिर्ता गरी न्याय दिन मुद्दा संशोधन गर्नुपर्‍यो
रवि लामिछानेका वकिलको दाबी– पीडितको रकम फिर्ता गरी न्याय दिन मुद्दा संशोधन गर्नुपर्‍यो
सांसद बनिन् सहिदकी आमा
सांसद बनिन् सहिदकी आमा
पहिलो पारलैंगिक महिला सांसद बनेर इतिहास रच्दै भूमिका
पहिलो पारलैंगिक महिला सांसद बनेर इतिहास रच्दै भूमिका
ओझन बुढाको डेरा कहाँ थियो?
ओझन बुढाको डेरा कहाँ थियो?
Ntc
Ntc
vianet Below Content Banner 2
vianet Below Content Banner 2
classic teach banner 4
classic teach banner 4
थप

साहित्यपाटी

उद्रिएका सपनाहरू!
अब यो देश कविले बनाउँछ!
कामना गरौँ...
मृत्यु पछिबाट चिहानको वरिपरि नियाल्दा!
आफ्नै खोजीमा...
यहाँ न्याय पाइँदैन?
ime money transfer
ime money transfer

विचार

नर्बदा घिमिरे
ताज होटल र डस्टबिनको जुत्ता नर्बदा घिमिरे
केशव दाहाल
२१ वटा जिल्ला पुगेर हामीले मतदातालाई सोध्यौं– घोषणापत्र पढ्नुभयो? केशव दाहाल
विजयमणि पौडेल र नरोत्तम अर्याल
चार राजनीतिक दलले शिक्षामा के के गर्न खोजे? विजयमणि पौडेल र नरोत्तम अर्याल
शंकर दाहाल
छिरिङको गाउँमा लागेको चुनावी हावाहुरी! शंकर दाहाल

ब्लग

दिनेश अधिकारी 'नयाँघरे'
भोटको मौसम, भरोसाको खडेरी! दिनेश अधिकारी 'नयाँघरे'
National life inner
National life inner
अमर अधिकारी
ऋतुअनुसार टाढाबाट गाउँको सम्झना! अमर अधिकारी
अर्जुन मोहन भट्टराई
मेरो एक भोटको दम! अर्जुन मोहन भट्टराई
श्रद्धा अर्याल जोशी
सायद म काठमाडौंको होइन! श्रद्धा अर्याल जोशी
Kumari bank
Kumari bank
mukti
mukti

साहित्यपाटी

मुकुन्द कृष्ण थापा
पञ्च वर्षीय नतिजा! मुकुन्द कृष्ण थापा
Hardik
Hardik
मोहन थापा
बा! मोहन थापा
side bar 17- shivam inner
side bar 17- shivam inner
रमा दुलाल
अद्भुत तिमीले यो अनुभूति दियौ! रमा दुलाल
विदुर दाहाल
जसलाई बिर्सेको थिएँ, अब उसकै घरमा कसरी बस्न जाऊँ! विदुर दाहाल

केटाकेटीका कुरा

अभिनव साउद
मेरो पहिलो बेलायती संसद् भवन भ्रमण! अभिनव साउद
आरभ कर्माचार्य
निर्वाचनमय नेपाल! आरभ कर्माचार्य
संस्कृत आचार्य
मलाई मन परेका पाँच किताब! संस्कृत आचार्य
यूदाइ उ राउत
मेरो लमजुङ यात्रा! यूदाइ उ राउत

पाठक विचार

सिएमसी नेपाल
सिएमसीको खण्डन पत्र सिएमसी नेपाल
महिमानसिंह विष्‍ट
सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टको खण्डन–पत्र महिमानसिंह विष्‍ट
चेतराज जोशी
युवाको आँखामा वनस्पति र पर्यावरण! चेतराज जोशी
प्रकाश विक
फर्किएका खाली हातहरू… प्रकाश विक

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 setopati@gmail.com
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2026 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP