Ncell
Setopati
x
Honda
Setopati
x
Honda
Uniliver1
Samsung banner
Samsung banner
Setopati साहित्यपाटी
Subscribe Setopati
मंगलबार, फागुन १९, २०८२ युनिकोड ENEnglish
Uniliver
  • Setopati गृहपृष्ठ
  • कभर स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • नेपाली ब्रान्ड
  • विचार
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • प्रिमियम स्टोरी
Royal
Royal

आभा   

Nmb
Nmb

सुनिता खड्का 

gibl
gibl
gibl
gibl
Tata box 1
Tata box 1
आमाको मायाले आभालाई शक्तिशाली बनाएको छ। जस्तोसुकै तनाव, डर, अनिश्चितता र विषम परिस्थितिमा पनि आफूलाई सम्हाल्ने आँट, साहस र धैर्य उनले आमाको मायाबाट पाएकी छिन्।
***
आभा तीन वर्ष काम गरेको अनुभव लिएर नेपाल फर्किइन् र काठमाडौंको एक अस्पतालमा सिनियर नर्सका रुपमा काम गर्न थालिन्। उनी नेपालमै बसेर सेवा गर्ने र असल जीवन साथी पाएमा वैवाहिक बन्धनमा बाँधिने योजनामा छिन्। 

आभाको जन्म पूर्वी पहाडी जिल्लाको सम्पन्न परिवारमा भएको थियो। उनलाई जन्मभूमि स्वर्ग झै लाग्छ। मकालु हिमाल र महालंगुर हिमालले बिहान छरेका मोतीझैं टल्कने घामका किरण स्पर्श गर्दै अग्लाअग्ला हिमाल, हरियाली पहाडका थुम्का, कलकल बगेका खोला, लुकामारी खेल्दै झरेका नीला झरना, चौंरी र भेडाका खर्कहरू, हिउँ, डाँफे–मुनाल र चिसो बतासको बेग सँगै खेल्दै उनको  वाल्यकाल वित्यो। 

उनले गाउँ नजिकैको स्कूलबाट एसएलसी पास गरिन्। बाबा–आमाको सपना आभालाई डाक्टर बनाउने थियो। गाउँको खेतीपातीबाट आएको आम्दानीले आभा र उनका भाईलाई काठमाडौंमा राखेर पढाउनु सजिलो थिएन। त्यसमा पनि डाक्टर पढाउन ठूलो रकम जटाउनु पर्ने थियो। 

बाबा–आमाको डाक्टर पढाउने सपनालाई थाति राख्दै आभा नर्सिङको तयारीमा लागिन्। तर उनको दुभाग्र्य नर्सिङमा छात्रवृत्तीको कोटामा नाम निकाल्न सकिनन्। उनी समय सदुपयोग गर्दै विज्ञान विषय पढ्न प्लस टुमा भर्ना भइन्। उनी एक साथीसंग मिलेर डेरामा बस्न थालिन्। 

उनी पहिलो पटक घर छाडेर एक्लै बसेको अनुभव लिँदै थिइन्। कलेजबाट आएर खाना पकाएर खाएको त्यो क्षण घरमा हुँदा आमालाई घुर्कि लगाई लगाई खाएको सम्झिन्थिन्। र, केही समय स्तव्ध हुन्थिन्। जव चुनौतीहरू उनका अगाडी आउँथे तब उनी आमालाई सम्झिन्थिन् अनि आमाको धैर्य र साहसीपन याद गर्दै सम्हाल्थिन्। 

घर छाडेर बाहिर बस्दाको तितो, मीठो, सुख र दुःख मिश्रित अनुुभव उनको मनमा ताजै छ। चंन्चले स्वाभाव र सहयोगी भावनाकी धनी आभाले मेहनत गरेर पढिन्। दुई वर्षमा पढाई सकेर वीएस्सी नर्सिङ पढ्न भारतको एक प्रतिस्ठित स्वास्थ्य विज्ञान विश्वविद्यालयमा भर्ना भइन्। 

अव आभाको जीवनले नयाँ मोड लियो। त्यो अपरिचित ठाउँमा उनी आफूलाई भन्दा अरुलाई चिन्दिनथिन्। उनले आफूले आफैंलाई राम्ररी चिनेकी थिइन्। त्यसैले उनमा जीवनमा आइपर्ने हरेक चुनौतीसँग लड्ने साहस र आत्मवल थियो। त्यहाँ नेपाली विद्यार्थीलाई कहिलेकाहीँ हेप्ने गरिन्थ्यो। तर, उनी निडर भएर अघि बढिन्– नबिराउनु नडराउनु भनेझैं। 

Premier
Premier

सुरुमा भनिएअनुसार सेवासुविधा र पढाई नपाए पछि उनी साथीहरूलाई समावेश गरि माग–पत्रसहित विभागीय प्रमुखको कार्यकक्षमा गइन्। उनलाई मानसिक र शारिरीक रुपमा कुनै डर थिएन किनभने हरेक सही कदममा आमाको आशिबार्द थियो।

आज फेरि एकपटक उनले आमालाई सम्झिइन् र मनमा मातृत्वप्रेमको अनुभव गरिन्। 

Ncell
Ncell

विभागीय प्रमुखले सोधे, ‘तपाईहरू केका लागि आउनु भएको ?’ 

‘सर ! हाम्रो होस्टलको धारामा पानीको व्यबस्था छैन। वाल्टिनबाट चलाउनुपर्छ। अभिभावकलाई फोन गर्ने सुविधा छैन। इ रिसर्च गर्नु पर्ने विषयका लागि रिसर्च गर्नलाई इन्टरनेट छैन’, आभाले एकै सासमा भनिन्। 

उनले अन्य बुँदाहरू समेत समावेश गरेर तयार पारेको प्रतिवेदन प्रमुखका हातमा थमाइदिइन्। 

‘अहिलेलाई तपाईहरू आ–आफ्नो कक्षामा जानुहोस्। म जति सक्दो चाँडै बेठक बसेर आवश्यक माग पुरा गर्न पहल गर्नेछु’, विभागिय प्रमुखले आश्वस्त पारे। 

त्यहाँ अध्ययन गर्दा आभाले समूहमा फरक किसिमका सोच, विचार र मानसिकता भएका साथीसँगको आफूलाई निर्खान पाइन्। फरक किसिमको अनुभव लिने मौका पाइन्। जस्तै बोल्नुपर्ने ठाउँमा मौन भईदिने र आफूलाई बीचमा राखेर कुरा गर्ने आदि।  

आभाले निडर भएर परदेशमा अध्ययन अघि बढाइन्। उनी छुट्टि भएका बेला पनि घरमा आउन पाउँदिनथिन्। उनी तीन वर्षमा जम्मा दुई पटक मात्र साथीहरूसंग रेलमा चढेर घर आएकी थिइन्। उनको अन्तिम वर्षको परीक्षा नजिकिँदै थियो तर मन भने आमालाई भेटन र आउँदै गरेको चाड दशै–तिहार परिवारसंगै मनाउन कहिले घर जान पाइएला भन्दै थियो।   

उनले राम्रैसँग परीक्षा दिइन्। 

उनी दिउँसो पढ्दापढ्दै कल्पनामा डुबेर गाउँ पुगिन्। बाटैबाट आभास हुने त्यो न्यानो माया किन किन आज उनलाई चिसो भएको महशुस भयो। बाटैभरि फुल्ने सयपत्री, गोदावरी, मखमली, लालुपाते र चमेली फुलहरूको बोट मात्र देखिन् उनले। आफू जन्मेर हुर्के देखि हिँडेको बाटो उनलाई किन बिरानो लाग्यो? बाटोभरि भेटिएका बटुवा किन उनीसँग नबोली टुलुटुलु हेरिरहे?

उनले मनमनै संवाद गरिन्, ‘आजसम्म गाउँमा यस्तो सन्नाटा कहिल्यै छाएको थिएन।’ उनी गहिरो सोचमा पर्दै घर पुगिन्। आँगनमा उभिएर सुस्केरा हालिन्। अनि यताउति हेरिन्। उनले त्यहाँ आफ्नो अस्तित्व नभएको जस्तोे महशुस गरिन्। किन किन उनलाई आफ्नै आँगन बिरानो लाग्यो। 

एकै छिनको मौनतापछि आभाले मातृत्वलाई खोजिन्। तर उनी रित्तो भएको महशुस गरिन्। बल्ल उनले आफ्नो घरलाई नियालेर हेरिन्, त्यहाँ चारैतिर फोहोर थियो। भित्ता चर्किएका थिए। कैयौं दिनदेखि चुल्होमा आगो बलेको थिएन। मानौ त्यो घर बषौ देखि खाली थियो। 

आभाले हातमा भएको झोला भुइँमा फुत्त राखिन् र आँगन सफा गर्न थालिन्। भत्किएका भित्ता टालिन्। चुल्होमा आगो बाल्न सलाई कोर्दा उनको हातमा पोल्यो। उनी चिच्याइन्–एइया...आमा ! आमा !  

उनी रुन थालेपछि संगै खाटमा बसेकी साथीले झक्झक्याइन्, ‘आभा के भयो ?’ 

उनी हिक्कहिक्क गरिरहिन्। मनै भारी भएको महशुस गर्दै यताउता हेरिन र सुस्केरा हालिन्, ‘कस्तो अनौठो सपना देखेछु!’ 

उनले भर्खरै विरामीबाट तंग्रिएकी आमालाई सम्झिइन् र गहभरी आँशु लिएर साथीलाई च्यात्प अँगालो हालेर धेरैबेर मनको बह पोखिन्।  

त्यो दिन देखि आभाको मनमा अनेकौ कुरा खेल्न थाले। उनलाई अस्ति नै देखि घर जान मन लागेको हो तर त्यो दिन त पुगिहालौं जस्तो लाग्यो। 

दिनभर बिसञ्चो भयो। कोठामै सुतिरहिन्। अर्को दिन ढोकामा ढक्ढक् आवाज आयो। 

‘आभा ! तिम्रो घरबाट फोन आएको छ’, वार्डेनले बाहिरबाटै भने।

‘हस् म आउँछुु’, यति भने पनि उनका हातगोडा नै लागेनन्। मन आत्तियो । उनी आत्तिँदै फोन भएको कोठामा पुगिन्। 

उताबाट दाई बोल्नु भयो, ‘आभा ! तिमीलाई कस्तो छ?’

उनी एक छिन् मौन बसिन्। 

‘आभा ! किन नबोलेकी ? तिमीलाई कस्तो छ भनेको आवाज प्रष्ट छैन नि?’ 

‘सुन्दैछु दाई ! मलाई सन्चैछ’, उनले भनिन्। 

‘तिम्रो परीक्षा कहिले सकिन्छ?’ 

‘दाई सकियो अव प्राक्टिकल बाँकी छ।’  

बल्ल दाईले कुरा खोले, ‘हेर न आमालाई अलि सन्चो भएन गाह्रो होला जस्तो छ तिमी भोली घर आउ न है म यतैबाट प्लेनको टिकट मिलाईदिन्छु।’  

आभा स्तव्ध भइन्। त्यो सपनाका दृश्यहरू उनका आँखामा छाल बनेर बगे। उनले भारी स्वरमा भनिन्, ‘हस् दाई!’ 

भोलिपल्ट आभा साथीसँग विदावारी भएर एयरपोर्ट गइन्। उनलाई रेलको यात्रा भन्दा पनि प्लेनको यात्रा ढिलो भएको महशुस भयो। 

कति बेला आमाको दर्शन गर्न पाइएला भनेर उनी आतुर थिइन्। तर उनीसँग  कुनै विकल्प थिएन, त्यो दिन उनी काठमाडौंमा बसिन् । र, भोलीपल्टको प्लेनमा घरमा गईन। 

आफन्त दाई एयरपोर्टमा लिन आउनु भएको रैछ। करिव २ घण्टा जति हिँडेपछि उनी घरमा पुगिन्। बाटोमा ती दाईले आभासँग भारत बसाईका विषयमा जान्न खोज्छन् तर आभाले तिनका कुरामा चासो दिइनन्। करले केहि बोलीरहेकी थिइन्। 

उनको मन भारी भएको थियो। मनमा अनेकौं कुरा खेलिरहेका थिए। मानौ उनलाई ठूलो पहाडले थिचिरहेको छ तर उनी त्यहाँबाट बाहिर निस्कन संघर्ष गरिरहेकी छिन्। 

उनले घर पुग्ने बेलामा परैबाट देखिन् सेता कपडा सुकाएको र सेता लुगा लगाएका मानिस्। 

उनका पाइला त्यहीँ रोकिए। उनी थुचुक्क भुइँमा बसिन्। भक्कानो छुट्यो। कठै आभा ! बल्ल उनले थाहा पाइन्् आमाले संसार छाडेको तीन दिन भैसकेको कुरा।

उनले फेरी आमालाई पुकारिन् तर उनलाई मातृत्वको आभाष भएन केवल क्षितिजबाट आफूलाई आशिर्वाद दिएको अनुभूति गरिन्। केहि बेरपछि उठेर हिँडिन्। घर पुगेर आमाको फोटो अगाडी बालेको दियो हेर्दै टोलाइन्। आज उनले मुटुको धडकन नभएको शरीर र आमा नभएको घर एउटै भएको महसुस गरिन। 

आमाको आत्माले शान्ति पाओस् भनेर गर्नु पर्ने सबै काम गरिन्। आभाले आमाको पैतालिस दिनको तिथी पनि परिवारसंगै बसेर गरिन। 

उनी दुई महिना पछि आलो घाउलाई मनमा बोकेर पुन अध्ययनलाई निरन्तरता दिन भारत फर्किन्। उनमा भएको उत्सुकता, जिम्मेवारी बोध विस्तारै घटदै गयो। जसका लागि उनी हरदिन मेहनत गरेर पढ्थिन् र सफल भएर सेवा गर्न चाहन्थिन। आभाले आफूभित्रको आशाको दिप नै निभिसकेको महशुस गरिन्। 

साथीहरू उनलाई साँझमा बाहिर लिएर जान्थे, रमाईलो गराउन खोज्थे। उनीहरूको साथ र कलेजको सहयोगले आभाले विस्तारै प्राक्टिकलका लागि  फिल्डमा जाने साहस जुटाइन्। यसले उनलाई व्यस्त बनायो र विस्तारै उनको घाउमा खाटा बस्दै गयो। 

एक वर्षको प्राक्टिकल पनि आभाले सकिन तर उनलाई त्यो योग्यता बोकेर तुरुन्त नेपाल आउन मन लागेन। उनी त्यहीँको एक प्रतिस्ठित हस्पिटलमा काम गर्न थालिन्। आत्मनिर्भर भएर जीवनलाई अगाडी बढाइरहिन्। आमालाई आफ्नो संघर्ष र सफलताको कथा सुनाउने धोको भने अधुरै रह्यो। पहिलो तलव लिएको दिन खाम जस्ताको त्यस्तै लगेर वेडमुनी राखिन् अनि आमालाई सम्झिइन्। 

‘भोलि बिहानै मन्दिरमा गएर माग्न बस्ने आमाहरूलाई केहि रकम दान गर्नेछु’, उनले मनमनै निर्णय गरिन्। अनि आमाको फोटो सिरानीमा राखिन्। र, भुसुक्कै निदाइन्।  

उनी तीन वर्ष काम गरेको अनुभव लिएर नेपाल आइन् र काठमाडौंको एक अस्पतालमा सिनियर नर्सका रुपमा काम गर्न थालिन्। उनी नेपालमै बसेर सेवा गर्ने र असल जिवन साथी पाएमा वैवाहिक वन्धनमा वाँधिने योजनामा छिन्। 

कामको सिलसिलामा उनलाई पनि कोभिड–१९ को संक्रमण भयो। त्यसैले उनी होम आइसोलेसनमा बसिन्। उनले फेरि एक पटक आमालाई सम्झिइन् र दिव्य शक्ति प्राप्त गरिन्। चौध दिनमा आभामा भाइरस नेगेटिभ देखिए लगत्तै उनी पुन काममा फर्किइन। 

आपदामापन्तीनां हितोद्रप्यायाति हेतुताम्।
मातृवङ्घा हि वत्सस्य स्तम्भीवभति बन्धने।।

आमाको मायाले आभालाई शक्तिशाली बनाएको छ। जस्तोसुकै तनाव, डर, अनिशिचतता र विषम परिस्थितीमा पनि आफूलाई सम्हाल्ने आँट, साहस र धैर्य उनले आमाको मायाबाट पाएकी छिन्। त्यसैको परिणाम स्वरुप आभाले आफन्त र परिवारले पिर गर्छन् भनेर उनले आफूलाई कोभिड संक्रमण भएको कुरा पनि भनिन्। बरु एक्लै कोठामा बसेर कोभिडलाई सजिलै पराजित गरिन्। 

उनी भन्छिन्, ‘स्वास्थ्यकर्मीमा धैर्य र विश्वास छैन भने विरामीलाई सान्त्वना दिन सकिँदैन। नर्सको बोलीचाली, व्यबहार र हेरचाह गर्ने सीपले विरामीलाई आशावादी बनाउन र उनीहरूको आत्मबल बढाउन सहयोग गर्छ।’ 

यस्ती महान र कर्मयोगी छोरीको उज्जवल भविष्यको कामना ! 

 

प्रकाशित मिति: शनिबार, पुस ४, २०७७  १७:१५
सिफारिस
गगन थापा र अमरेश सिंहबीच सर्लाही–४ मा कडा प्रतिस्पर्धा
गगन थापा र अमरेश सिंहबीच सर्लाही–४ मा कडा प्रतिस्पर्धा
२१ वटा जिल्ला पुगेर हामीले मतदातालाई सोध्यौं– घोषणापत्र पढ्नुभयो?
२१ वटा जिल्ला पुगेर हामीले मतदातालाई सोध्यौं– घोषणापत्र पढ्नुभयो?
चार राजनीतिक दलले शिक्षामा के के गर्न खोजे?
चार राजनीतिक दलले शिक्षामा के के गर्न खोजे?
फेसबुकबाट निर्वाचन 'ह्याक' गरेपछि...
फेसबुकबाट निर्वाचन 'ह्याक' गरेपछि...
गजेन्द्र नारायण सिंहको सालिकमुनि धर्मराउँदै गरेको मधेसवादी राजनीति
गजेन्द्र नारायण सिंहको सालिकमुनि धर्मराउँदै गरेको मधेसवादी राजनीति
अब अमेरिका–इरान युद्ध कसरी अघि बढ्छ, कहिले सकिन्छ?
अब अमेरिका–इरान युद्ध कसरी अघि बढ्छ, कहिले सकिन्छ?
Arghakhachi
Arghakhachi
Ntc
Ntc
vianet Below Content Banner 2
vianet Below Content Banner 2
classic teach banner 4
classic teach banner 4
प्रतिक्रिया दिनुहोस्
थप

साहित्यपाटी

बा!
अद्भुत तिमीले यो अनुभूति दियौ!
जसलाई बिर्सेको थिएँ, अब उसकै घरमा कसरी बस्न जाऊँ!
फेब्रुअरी १४ को अधूरो कथा!
प्रश्न!
सुदूर प्रकृति र उसको दैनिकी!
ime money transfer
ime money transfer

विचार

 शिवजी श्रेष्ठ
प्रहरीलाई ब्रिफिङ मात्र दिने कि, स्रोतसाधन पनि दिने?  शिवजी श्रेष्ठ
नारायण वाग्ले
प्रश्न बालेनलाई होइन, हामी आफैलाई गर्ने हो! नारायण वाग्ले
मञ्जित ढकाल
निर्वाचन घोषणापत्रमा जलवायु परिवर्तन मञ्जित ढकाल
चेतनाथ आचार्य
विश्वलाई चकित बनाउने चिनियाँ अर्थतन्त्र! चेतनाथ आचार्य
garima bikash bank
garima bikash bank

ब्लग

पवित्रा घिमिरे
के महिलाहरू घरमा बस्दैमा आत्मनिर्भर हुँदैनन् त? पवित्रा घिमिरे
National life inner
National life inner
दाताराम कार्की
सुरक्षाकर्मीप्रतिको नागरिक दृष्टिकोण! दाताराम कार्की
गौतम श्रेष्ठ
गैंडा त हात्तीसँग डराउँदो रहेछ! गौतम श्रेष्ठ
डा. हिमाल खनाल
युरिक एसिड: स्वास्थ्य समस्या मात्र कि शरीरको सुरक्षा कवच पनि? डा. हिमाल खनाल
mukti
mukti

साहित्यपाटी

नरेन्द्रनाथ भट्टराई
समय आगो हो! नरेन्द्रनाथ भट्टराई
Hardik
Hardik
युवराज आचार्य
म सोच्छु! युवराज आचार्य
side bar 17- shivam inner
side bar 17- shivam inner
ढाकामोहन बराल
फरक तर उस्तै उस्तै! ढाकामोहन बराल
मोहन थापा
'यो सहरले मान्छे खाँदोरहेछ!' मोहन थापा

केटाकेटीका कुरा

संस्कृत आचार्य
मलाई मन परेका पाँच किताब! संस्कृत आचार्य
यूदाइ उ राउत
मेरो लमजुङ यात्रा! यूदाइ उ राउत
शुभानी ढुंगेल
जापानको रहस्यमय यात्रा! शुभानी ढुंगेल
प्रस्ताव घिमिरे
वातावरण जोगाऔँ! प्रस्ताव घिमिरे

पाठक विचार

सिएमसी नेपाल
सिएमसीको खण्डन पत्र सिएमसी नेपाल
महिमानसिंह विष्‍ट
सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टको खण्डन–पत्र महिमानसिंह विष्‍ट
चेतराज जोशी
युवाको आँखामा वनस्पति र पर्यावरण! चेतराज जोशी
प्रकाश विक
फर्किएका खाली हातहरू… प्रकाश विक

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 setopati@gmail.com
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2026 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP