Ncell
Uniliver1
Samsung banner
Samsung banner
Setopati साहित्यपाटी
Subscribe Setopati
शुक्रबार, फागुन २९, २०८२ युनिकोड ENEnglish
Uniliver
  • Setopati गृहपृष्ठ
  • कभर स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • नेपाली ब्रान्ड
  • विचार
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • प्रिमियम स्टोरी

ए सरकार!

Nmb
Nmb
त्रिलोचन सुवेदी

त्रिलोचन सुवेदी

पुस ७
gibl
gibl
gibl
gibl
Tata box 1
Tata box 1

ए सरकार!
तिमीलाई म कसरी कसरी तिरस्कार गरूँ
तिमी त जनताको मन जितेर
यो उचाइमा पुगेको मान्छे।
तिमीसँग बोल्न न मेरो आवाज पुग्छ
तिमीसँग भेट्न न मेरो दूरी मिल्छ
तिमीलाई हेर्न न मेरो आँखाको पावर मिल्छ
तिमीलाई विश्वास गर्न न मेरो विगत मिल्छ।

म त उहीँ तिम्रो नजरबाट टाढा छट्पटाइ रहेको
एक होनहार किसान
एक मेहनती किसान
एक इमान्दार किसान।

तिम्रा लागि बुलेटमा खसेको मतपत्र मध्ये
कुनै मत पत्रमा लागेनछ सायद किसानका हातको मैलो
त्यसैले तिमी यति सुकिलो भएर उभिन सकेको छौ।

तिमीलाई के थाहा
तिमीले छरेका आश्वासन र सपना जसरी
सजिलै उम्रिदैन खेतमा उखु
सजिलै पलाउदैन उखुमा आकुरा
र
सजिलै भरिदैन उखुमा रस

तिमीलाई के थाहा
यो उखुमा भरिएको रस किन यति धेरै गुलियो छ?
यो उखु यस कारण यति गुलियो छ
किनकी
यो उखु बेचेपछि
एक छाक पेट सजिलै भरिन्छ भन्ने आशा छ मेरो परिवारको
विद्यालयको फिस तिरिन्छ भन्ने आशा छोराको
एक सरो लुगा फेरिन्छ भन्ने आशा छ श्रीमतीको
यति धेरै आशै आशले खादिएपछि
यति धेरै गुलियो भएको हो यो उखु।

Premier
Premier

तिमीलाई  लागेछ सायद
खेतमा फालिएको सोत्तरको भन्दा पनि कम मूल्य
हाम्रा सपनाको

Ncell

Ncell

तिमीले त कति सजिलै बुझेछौ
उखु पेल्नु र किसानको सपना पेल्नु एकै हो भनेर
उखु पेल्नु र किसानको मुटु पेल्नु एकै हो भनेर

ए सरकार!
तिमीलाई म कसरी तिरस्कार गरूँ
आऊ म तिमीलाई
एक गिलास उखुको रस
र
एक गिलास मेरा यी आँखाको आँसु चखाउछु
त्यो पनि पूरा अनुदानमा।
त्यसपछि मलाई हेर्नुछ तिम्रो अनुहार राम्रोसँग।।

प्रकाशित मिति: मंगलबार, पुस ७, २०७७  १४:०२
सिफारिस
'रवि लामिछानेले सहिदको रगत खेर जान दिन्नँ भन्नुभएको छ'
'रवि लामिछानेले सहिदको रगत खेर जान दिन्नँ भन्नुभएको छ'
नर्वेमा अर्थशास्त्र पढेका ३१ वर्षीय सांसद, लुम्बिनी प्रदेशमा थिए आर्थिक सल्लाहकार
नर्वेमा अर्थशास्त्र पढेका ३१ वर्षीय सांसद, लुम्बिनी प्रदेशमा थिए आर्थिक सल्लाहकार
कांग्रेसका १८ उम्मेदवारको धरौटी जफत, ८४ स्थानमा दोस्रो
कांग्रेसका १८ उम्मेदवारको धरौटी जफत, ८४ स्थानमा दोस्रो
४९ स्थानमा एमालेको जमानत जफत, ४२ स्थानमा चौथो
४९ स्थानमा एमालेको जमानत जफत, ४२ स्थानमा चौथो
बेलायत र जापान जान नमिलेपछि हानिए अमेरिका, चलाउँछन् १४० वटा ग्यास स्टेसन
बेलायत र जापान जान नमिलेपछि हानिए अमेरिका, चलाउँछन् १४० वटा ग्यास स्टेसन
'चुनाव जितियो, तर यो सुरूआत मात्र हो'
'चुनाव जितियो, तर यो सुरूआत मात्र हो'
Arghakhachi
Arghakhachi
Ntc
Ntc
vianet Below Content Banner 2
vianet Below Content Banner 2
classic teach banner 4
classic teach banner 4
थप

साहित्यपाटी

निर्वाचन सफलताको बधाई!
आश्चर्य!
अब रङ बदल्नेछन्!
सुब्बा साहेबकी प्रेमिका!
तिमी हारेका होइनौ!
लोकप्रियता!
ime money transfer
ime money transfer

विचार

नर्बदा घिमिरे
ताज होटल र डस्टबिनको जुत्ता नर्बदा घिमिरे
केशव दाहाल
२१ वटा जिल्ला पुगेर हामीले मतदातालाई सोध्यौं– घोषणापत्र पढ्नुभयो? केशव दाहाल
विजयमणि पौडेल र नरोत्तम अर्याल
चार राजनीतिक दलले शिक्षामा के के गर्न खोजे? विजयमणि पौडेल र नरोत्तम अर्याल
शंकर दाहाल
छिरिङको गाउँमा लागेको चुनावी हावाहुरी! शंकर दाहाल

ब्लग

दिनेश अधिकारी 'नयाँघरे'
भोटको मौसम, भरोसाको खडेरी! दिनेश अधिकारी 'नयाँघरे'
National life inner
National life inner
अमर अधिकारी
ऋतुअनुसार टाढाबाट गाउँको सम्झना! अमर अधिकारी
अर्जुन मोहन भट्टराई
मेरो एक भोटको दम! अर्जुन मोहन भट्टराई
श्रद्धा अर्याल जोशी
सायद म काठमाडौंको होइन! श्रद्धा अर्याल जोशी
Kumari bank
Kumari bank
mukti
mukti

साहित्यपाटी

मुकुन्द कृष्ण थापा
पञ्च वर्षीय नतिजा! मुकुन्द कृष्ण थापा
Hardik
Hardik
मोहन थापा
बा! मोहन थापा
side bar 17- shivam inner
side bar 17- shivam inner
रमा दुलाल
अद्भुत तिमीले यो अनुभूति दियौ! रमा दुलाल
विदुर दाहाल
जसलाई बिर्सेको थिएँ, अब उसकै घरमा कसरी बस्न जाऊँ! विदुर दाहाल

केटाकेटीका कुरा

अभिनव साउद
मेरो पहिलो बेलायती संसद् भवन भ्रमण! अभिनव साउद
आरभ कर्माचार्य
निर्वाचनमय नेपाल! आरभ कर्माचार्य
संस्कृत आचार्य
मलाई मन परेका पाँच किताब! संस्कृत आचार्य
यूदाइ उ राउत
मेरो लमजुङ यात्रा! यूदाइ उ राउत

पाठक विचार

सिएमसी नेपाल
सिएमसीको खण्डन पत्र सिएमसी नेपाल
महिमानसिंह विष्‍ट
सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टको खण्डन–पत्र महिमानसिंह विष्‍ट
चेतराज जोशी
युवाको आँखामा वनस्पति र पर्यावरण! चेतराज जोशी
प्रकाश विक
फर्किएका खाली हातहरू… प्रकाश विक

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 setopati@gmail.com
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2026 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP