Ncell
Uniliver1
Samsung banner
Samsung banner
Setopati साहित्यपाटी
Subscribe Setopati
शुक्रबार, फागुन २९, २०८२ युनिकोड ENEnglish
Uniliver
  • Setopati गृहपृष्ठ
  • कभर स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • नेपाली ब्रान्ड
  • विचार
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • प्रिमियम स्टोरी

सुकुम्बासी

Nmb
Nmb

मुक्ति नेपाली

gibl
gibl
gibl
gibl
Tata box 1
Tata box 1

तेरा हेडसर त “कमिष्ट” हुन् रे ! भर्खर आएका हेडसरको गाउँमा खुब चर्चा चल्यो। “कमिष्ट” त ‘तल्ला’ जातमात्रै हुन्छन्। छिटो छिटो बोल्ने काकीले भन्नुभयो। 

मलाई तल्लो जात भन्ने पहिल्यै थाहा थियो। घरका आँसी, कोदाली अर्चाप्न भुतुरेकोमा जाँदा उसले छोएको हामीले खान हुन्न रे !
भुतुरे हाम्रो साथी शेरेको हजुरबाउ हो। तर उसको नाम किन यस्तो डरलाग्दो भयो न उसले मलाई कहिल्यै भन्यो न मैले नै सोधें।

कक्षामा सँगै बस्दा अघिपछि सँगै खेल्दा ऊ र हामी बराबरै थियौं तर पानी खान जाँदा भने उसले कहिल्यै पानी मागेन मागेको भए पनि उसलाई कसले पो दिओस्। 

ऊ जति नै तिर्खाएको भए पनि एक्लै पानी माग्न जान सक्दैनथ्यो। न त सबै साथीहरूसँग जाँदा पहिल्यै उसको भागमा पर्थ्यो। 
हामीले पानी पिएपछि अलक्कै उसलाई खन्याइदिनुपर्थ्यो। एकपटक पानी खन्याइदिँदा अलि नजिकै पुर्‍याएको के थिएँ, उसको कपालमा छोइएछ। 

पानी दिनेले उसँगसँगै मलाई पनि नराम्ररी हप्काए, बाँकी पानी फालेर आँगनको डिलमा लगेर अम्खोरा घोप्ट्याएँ। 

त्यो दिनमा मैले पिउनुभन्दा पहिले उसलाई पानी खन्याइदिएको थिएँ। डर र संकोच अनि आमचाकरी गालीले तिर्खा मेटियो। बाटोमा उसले मलाई र मैले उसलाई केही पनि भनेनौं। 

घरमा आमालाई यो कुरा भनेपछि भन्नुभयो, ‘हामी ‘माथिल्लो’ जात र शेरे ‘तल्लो’ जात’। 

Premier
Premier

आफू तल्लो जात नभए पनि गाली खाएकोमा पीर पर्‍यो। गाली खानी जहिले पनि तल्लोले नै हो जात, उमेर या पद।

यता गयो हेडसरकै कुरा, उता गयो हेडसरकै। आजभोलिको भाषामा मलाई हेडसर खतरा सेलिब्रेटी लागें। उतिबेला त के लागे कुन्नि! तर एकपटक हेडसरलाई हेर्न भने मन लाग्यो। 

Ncell
Ncell

स्कुल बिदा भएको कारण यो अवसर पाइएको थिएन। गाउँघरतिर हेडसरलाई “कमिष्ट” डरलाग्दो,मान्छे मार्ने,फोहोरी, तल्लो जातिको रूपमा व्याख्या गरेका कारण कता कता उनको अगाडि-पछाडि पर्न डर-डर पनि लाग्यो। 

स्कुल खुलेको दिन मलाई चार कक्षाको पहिलो बेन्चमा बस्नभन्दा हतार हेडसरलाई देख्नको लागि भएको थियो। तर हामी स्कुल पुग्दा अफिस बन्द नै थियो। कक्षाकोठामा त ढोका भए न बन्द हुनु। धुलौटे बेन्चमा झोला फ्यात्त फालेर हामी सर आउने बाटोतिर हेर्न थाल्यौं। गाउँलेले नै भनेका थिए हेडसरको गाउँको नाम। 

बाटोतिर हेर्दाहेर्दा पट्यार लागेपछि हो या डण्डीबियो खेल्ने अवसर जुरेर हो त्यता ध्यान दिन छाडिदिएछौं। एक्कासि लाइन लाउने घण्टी बजेपछि लाइनमा जान पो हतार भयो। 

लाइनमा मिसहरूसँगै एक जना हँसिला नयाँ मान्छे देखिए। ढाकाटोपी र आस्कोट लगाएका, पातला, उज्यालो अनुहार। 
हेडसरले हामीलाई नेपाली र  संस्कृत पढाउनुभयो। दिनदिनै हसाउँदै संस्कृतका सिलोकका अर्थ बुझाउँदै पढाउने हेडसर डरलाग्दो मान्छे मार्ने “कमिष्ट” हुन् जस्तो कतैबाट पनि लागेन। 

धेरै देशका कथाहरू भन्ने, असल चालचलन र व्यवहारका कुराहरू अर्थ्याउने, भगवान भन्ने मान्छेले बनाएको हो, बोक्सी, भूतप्रेत हुँदैनन् मान्छेको जात सानो ठूलो हुँदैनन् भन्ने, कहिल्यै नपिट्ने हेडसरको कक्षा जतिबेला पनि भइरहोस् जस्तो लाग्थ्यो। 

मलाईमात्र हैन सबै साथीहरूलाई हेडसर जाति र असल लाग्न थाले। गाउँघरतिर “कमिष्ट”राम्रा मान्छे र ठूला जातका पनि हुन्छन् भन्ने कुरा गर्न थाले। 

०५१ सालमा चुनाव आयो हाम्रोतिर पनि १/२ जना “कमनिष्ट” हुन थाले। 

फलानो त “कम्निष्ट” भयो रे! कोही उसलाई अब जातबाट निकाल्नुपर्छ, पानी बार्नुपर्छ भन्नथाले। “कम्निष्ट”को विरोध गर्नेहरूले हेडसरलाई त देख्ने बित्तिकै पिट्छन् कि भन्ने डर लाग्थ्यो। हाम्रोतिर चारतारे झण्डाबाहेक अरू देखिन्थेन। “कम्निष्ट”ले बुढाजतिलाई गोली हानेर मार्छ रे ! गाउँका बुढाबुढीहरू डराए। “कम्निष्ट”ले इण्डियाको भर्ती बन्द गर्छ रे ! खाइलाग्दो छोरो भएका मान्छे डराए। पिन्सिन पनि रोक्दिन्छ रे ! लाहुरे बुढाहरू ‘जाइनेजो’‘क्याबात’ भन्दै “यो कम्निष्ट त पाकिस्तानी भन्दा नि हरामी रैछ” भन्दै कुर्लिए। हेर्दाहेर्दै चुनाव भयो, हेडसरको कम्निष्टले जित्यो।

अब भने हेडसर कक्षामा कहिलेकाहीँ कम्निष्टका कुरा पनि गर्न थाल्ने हुनुभयो। तिमीहरूलाई थाहा छ, कम्निष्टले जितेपछि के हुन्छ भनेका थिए गाउँमा ? मैले सुनेका जति सबै कुरा भन्दिएँ हेडसरको मलाई डर लाग्थेन। 

मलाई डर त पार्वती मिसको मात्रै लाग्थ्यो थोरै तलमाथि परे हत्केला उल्टो पारेर दाहिनेमा २ देब्रेमा २ लट्ठी। 

“सरकारले के के काम गर्यो अब रेडियो सुन, आफैं थाहा पाउनुपर्छ नबुझे मलाई सोध”सरले यसै भन्नुहुन्थ्यो। 

मेरो भने पल्लोघर लाहुरे हजुरबाको घर नै रेडियो सुन्ने आधार थियो। जहाँ “कम्निष्ट” सरकार बनेपछि रेडियोको आवाज कम भएको थियो। म बुवालाई रेडियो किन्नु भन्न सक्थिनँ। कारण मेरो बुवा लाहुरे हुनुहुन्थेन। कता कति बाटोमा हिँड्दा अरूले भनेको सुनेको कुरा नै हेडसरसित गफ गर्ने आधार हुन्थे। 

सरकारले बुढाबुढीलाई भत्ता दियो रे ! सरकारले आफ्नो गाउँ आफैं बनाउँ भन्दै गाउँ गाउँमा पैसा दियो रे ! अब पढेका जतिलाई जागिर दिन्छ रे ! सरकारले सुकुम्बासीलाई जग्गा दिन्छ रे !  मलाई धेरै पढ्न मन लाग्यो हेडसरले जत्तिकै, अनि अंग्रेजी जान्न मन लाग्यो पार्वती मिसले जत्तिकै ।

अरू कुरा केही बुझे जस्तो लागे पनि उसबखत मलाई यो सुकुम्बासी शब्द नौलो लाग्यो। को होला सुकुम्बासी समस्या ? अनि तिनलाई जग्गा किन दिने ? मैले देखेका मान्छेमध्ये उत्तरको अपेक्षा एक जनासँग मात्रै राख्थें, त्यो हो हेडसर। 

“नेपालका अझै धेरै मान्छेसँग आफ्नो जग्गा छैन, ती हुन् सुकुम्बासी” सरले भन्नुभयो।

“धन्न हाम्रो दुई हलको बारी र तीन मुरी धान आउने खेत छ। नत्र त हामी पनि सुकुम्बासी हुने”। मनमनै आफूलाई धन्य ठानें। 

हाम्रा गाउँका सबैको खेत, बारी, खरबारी सम्झें कोही पनि सुकुम्बासी देखिनँ। तर खेतबाट तीन मुरी धान आउँदा हाम्रो भागमा ३० पाथी र लाहुरे हजुरबाको भागमा ३० पाथी कसरी जान्छ यो मेसो पाइनँ।

यो कुरा सरसँग सोध्दा पनि सोधिनँ मलाई हाम्रो गाउँमा कोही पनि सुकुम्बासी नभएकोमा गर्व लाग्यो।

सुकुम्बासीको चर्चा चल्दा एकपटक बुबाले भन्नुभयो “लौ हाम्रो दाजुहरूको जग्गाको पनि लालपुर्जा बनेछ”। खुसी हुनुको साटो आमाले आँखा चिम्सा बनाउनुभयो।उसबेला किन आमाले यस्तो गर्नुभयो बल्ल बुझें ।

तिनको बस्ने बास छैन तिनीहरूले खानको लागि धेरै संघर्ष गर्छन्। “कम्निष्ट”ले ती सबैलाई खानपुग्ने बनाउँछ। राम्रा लुगा लगाउने पनि बनाउँछ। सबै काम छिटो हुँदैन विस्तारै हुँदै जान्छ ....आदि। 

हेडसरले मेरो प्रश्नको उत्तरमात्रै दिनुभएन “कम्निष्ट”ले जताबाट जे गरे पनि राम्रो मात्रै गर्छन् भन्नुभयो। मलाई साँच्चिकै “कम्निष्ट” राम्रा लागें। मेरो पढाइमा प्रगति हुन थाल्यो पाँचौंबाट एकैपटक फर्स्ट । पाँचको जिल्लास्तरीय जाँचमा त सर्वप्रथम नै भैगएँ। बुवाआमा र गाउँलेको भाषामा “होलफस”।

उतिबेला पढाइमा फर्स्ट हुनु अहिलेको भाषामा भाइरल हुनुजस्तै रहेछ जसले पनि के बन्छस् ?

“तँ जान्नी त छस् तर बा आमाले अर्काको अधिँया गरेर तँलाई के पढाउँछन् खै” ?

“बाका दाजुभाइ भएठाँ तिमोर्को जग्गा छ कि छैन”? 

“तँ लुरे पढेर फर्स्ट भएर के भो, एक बिहान जोत्न सक्दैनस् हाम्रो छोराले यसपालि असारको बाली लगायो” ।

“गाउँमा जति पढ्योपढ्यो, त्याँमाथि तेरा बाउले पढाउन सक्दैनन्” । 

“बिचरा साइँला दाजुभाइ सबै बजारतिर छन्, ऊमात्रै यो कुनामा बस्नुपर्यो”। 

उमेर र पढाइका कक्षा चढ्दै गर्दा यी र यस्ता  शब्दका चाङ समेत बढ्दै गए। छ कक्षाबाट स्कुल फेरिएसँगै मेरा “कम्निष्ट” हेडसर फेरिए। म फेरिएँ, मेरा साथी फेरिए कसैले पढ्न छाडे, कोही इण्डियातिर गए कमाउन।

एकदिन टाउकोमा तारावला रुमाल बाँधेका ४/५ जना हुर्हुर्ती कक्षामा पसे। मुट्ठी कसेर “लालसलाम” गरे त्योभन्दा अगाडि सामान्य पोशाकमै नेविसंघ र अखिलका नेताहरू आउने आफ्नो सदस्य बनाउने गरेका थिए।

टाउकोमा रूमाल, मुट्ठी कसाई र लालसलामले तिनीहरू माओवादी भएको बुझ्न समय लागेन। नेपालमा सर्वहारा वर्गका दिन छैनन्। हामी त्यो सुनौलो बिहानी ल्याउने मार्गमा छौं। बुर्जुवा शिक्षा लिएर काम छैन। यसले आम जनताका आधारभूत समस्या समेत हल गर्न सक्दैन। तसर्थ हामी क्रान्तिमा लागेका छौं। 

जनताको मुक्तिको बाटो निर्माण गर्ने यो महान कार्यको लागि जनयुद्ध आवश्यक छ। हामी त्यसमा सफलताका साथ अगाडि बढ्दैछौं। 

“सामन्तवादको समूल अन्त्य र सर्वहारा वर्गको सत्ता स्थापनाको लागि जनयुद्धमा यहाँहरूको साथ रहनेछ भन्ने विश्वास छ” भन्दै एक जनाले आफ्नो भाषण टुङ्ग्यायो। 

अघिपछि निकै हल्ला गर्नेहरू पनि चुपचाप रहे। 

मलाई भने डर लाग्यो अब यिनीहरूले लग्ने भए भनेर। त्यसै त मरन्च्याँसे, पहिलो बेन्चमै बसेको म उनीहरूको अनुहार देखेरै कालो र नीलो भैसकेको थिएँ।

अझ  माओवादीले आक्रमण गरेर यति क्षति भयो फलानालाई मारे भनेर रेडियोमा सुनेको पनि थिए, विद्यार्थीलाई आफूसँग लैजान्छन् भन्ने कुरा सम्झिँदा त कसो कट्टु चिसो पारिनँ। 

म डराएको थाहा पाएर हो या आफ्नो नियमितता, अर्को चाहिँले गोजीबाट केही पर्चा र पम्प्लेट निकालेर हामीलाई दियो र पढ्न लगायो। पर्चातिर हेरें तर पढ्ने आँट आएन। धेरै साथीले त त्यो छुँदासम्म छोएनन्। दाह्री पालेका ४ वटा अनुहार लस्करै एकातिर, अर्कोतिर हँसिया हथौडावाला झण्डा भएको रातो रंगको पम्पलेटमा लेखिएका मसिना अक्षरहरू पढ्न रहर भने लाग्यो।

तर त्यो पढेको थाहा पायो भने पुलिसले समात्छ भन्ने सम्झेर डर पनि सँगसँगै लाग्यो। अरूले थाहा नपाउने गरी खुसुक्क त्यो आफ्नो झोलामा राखें त्यतिबेलासम्म उनीहरू हामी फेरि आउँछौ भनेर त्यहाबाँट गइसकेका थिए। 

झ्याँउ-झ्याउँ हल्ला गर्ने विद्यार्थी हामी त्यसदिन शान्त भयौं। हामीमा मात्रै हैन सबै सरहरूको अनुहार समेत कालो बादलले ढाकेको जेठको आकाशजस्तो भएको थियो।

ऋण धेरै लाग्यो भनेर बुवा इण्डियातिर जानुभएको थियो कमाउन।घरमा आमा,म र भाइबहिनीहरू मात्रै थियौं। त्यो रात मसीको सिसीको बिर्को छेडेर बनाएको मट्टीतेलको टुकी बालेर रातो पर्चा पढें। 

आमाले रंगीन पर्चा के हो भनेर सोध्नुभयो। कहिल्यै स्कुल नगए पनि आमालाई जिन्दगीजस्तै हाम्रा किताबहरू पनि श्यामश्वेत नै हुन्छन् भन्ने थाहा थियो।तर त्यो पर्चाले मेरो आकङ्क्षालाई रंगीन बनाएको कसरी थाहा पाउनु! 

छोराको लागि त्यो पर्चा साँझको लालीमा छर्दै गरेको पश्चिमको आकाशजस्तै सुनौलो बिहानीको अपेक्षामा अँध्यारोतिरको यात्रा हो भन्ने आमालाई थाहा भएन।

पर्चा पढिसक्दा मैले मेरा कम्निष्ट हेडसरलाई सम्झें, लाहुरेबा, वडाध्यक्ष, अहिलेका हेडसर, ठूलाबा र अंकलहरू, बजारमा बोर्डिङ पढ्ने नाताले मेरा दाजुभाइहरू, भुतुरे कामी, उसको नाति मेरो साथी शेरे, तिसपाथी धान, ब्याएको भोलिपल्ट दाम्लो फुकाइएको लैनो भैंसी, कापी सकिएर होमवर्क नगर्दा खाएको पिटाइ, मुग्लान पस्नुभएका मेरा बुवा, हामीलाई पर्चा दिने माओवादी सबै दिमागमा फनफनी घुम्न थाले।

अर्को महिना पुनः माओवादी हाम्रो स्कुलमा आए। तर तिनीहरू अफिसमा मात्रै पसेर गए। उनीहरूसँग एउटा योद्धा थपिन्छ भन्ने अपेक्षा पक्कै थिएन। 

कापीको पछिल्लो पानामा “म माओवादी भएँ” भनेर लेखेर झोला त्यही छाडेर माओवादीलाई भेट्टाउन एकजोर सुइँखुट्टे छिटोछिटो पाइला सरे । स्कुलको हाताभन्दा पअअर .....

समय हो निरन्तर अगाडि बढ्दै गर्छ। 

मैले बुर्जुवा शिक्षा छाडिदिएँ। तर पढ्न त धेरै पढे नि ! कार्ल मार्क्स, मोक्सिम गोर्की, याङ मोमाओत्से तुङ। तर कक्षाको पढाइ रोकियो चल्दाचल्दैको ब्याट्री झिकिएको घडीको सुइँजस्तै टक्क। कयन् पटक मृत्युलाई नजिकबाट पर धकेल्न सफल भएँ।

सहिद हुने अवसर पनि हाँसी हाँसी स्वीकार गर्नेमा पुगें। शान्ति सम्झौता भयो। हामी क्यान्टोनमेन्टमा थन्कियौं। जनसेना समायोजन पूर्वलडाकु प्रमाणीकरणमा श्रीमतीसँगै म अयोग्य ठहरिएँ। 

क्रान्तिकारी बनेर अन्तरजातीय जनवादी विवाह गरेपछि घरको ढोका मेरा लागि खुलेन। अलिअलि आएको पैसाले बजार नजिकै चार आना जग्गा किनेर टहरो बनाउन सक्यौं। सर्वहारा वर्गको मुक्तिको लागि लडेको जनयुद्धको उपलब्धि जोगाउने महान अवसर एकातिर पन्छाएर बुर्जुवा र दलाल पुँजीवादसँग घाँटी जोड्ने नेतृत्वलाई धिक्कार्नबाहेक के नै गर्न सकियो र ? 

हामीलाई गर्व लाग्ने जनयुद्धको हुर्मत काढ्नेसँगको साँठगाँठमा एकथरि कमरेडहरू थिए भने क्रान्ति पूरा नभएको भनेर अझै क्रान्ति जारी राख्नेमा अर्काथरि कमरेडहरू। 

म भने बढेको नदीको भंगालोको बीचमा पुगेर यता न उता भएर बसेको यात्री झै रनभुल्ल परेको थिएँ। 

समयसँग परिवर्तन हुन नसकेको मानिसको मनोदशाको डसाइ निरन्तर सहनुबाहेक अरू विकल्प नि कहाँ भयो र ? क्यान्टोनोमेन्ट छाडेपछि पार्टीसँग लगभग सम्बन्ध बिच्छेद नै भयो। पढाइ उतिबेलै छाडियो। अरू सीप नभएपछि  मेरो अन्तिम विकल्प पासपोर्ट र विदेश नै त भयो। 

त्यही झुपडी धितो राखेर बैंकबाट ऋण पाउने आशा त्यतिबेला सकियो, जतिबेला मेरो सँगै आसपासका धेरै जनाको लालपुर्जा यानी कि जग्गा धनीपुर्जा थिएन जसोतसो रकम जुटाएर लागें खाडीतिर। 

समय निरन्तर चल्छ नि!

कोरोनाको कारण कम्पनी बन्द भएर फेरि अनिश्चिततासँगै फर्किएँ। टहरो अब पक्की घर भइसकेको थियो। परिवार संख्या पनि त तीन जना भैसकेका थियौं। छोरीलाई यही बुर्जुवा शिक्षाको लागि बोर्डिङमै पठाएको थिएँ।

अहिलेको कम्युनिष्ट सरकारले यही समयमा सुकुम्वासी समस्या समाधान गर्न आयोग बनायो। “श्री भूमिसम्बन्धी समस्या समाधान आयोग २०७६”। आयोगले जग्गाधनी प्रमाणपुर्जा दिने भयो हाम्रो चारआना जग्गाको पनि ?अनुसूची अनुसारको फारम भरेर आफू बसेको जग्गाको लालपुर्जाको लागि दिएको निवेदन दिएँ। 

उक्त जग्गाको लालपुर्जा नि आयो, तर जनयुद्धकालमा दलाल र सामन्ती भनेर हामीले जनकार्वाही गरेको शान्ति प्रक्रियापछि क्रान्तिकारी कामरेड बनेको “निर बहादुर क्षेत्री” उसले बेचेको चार पाँच जनापछि मैले त्यो जग्गा खरिद गरेको भन्ने बल्ल थाहा पाएँ। अनि असली क्रान्तिकारी र सुकुम्बासी  पनि।
 

प्रकाशित मिति: शनिबार, वैशाख १८, २०७८  १६:०४
सिफारिस
'रवि लामिछानेले सहिदको रगत खेर जान दिन्नँ भन्नुभएको छ'
'रवि लामिछानेले सहिदको रगत खेर जान दिन्नँ भन्नुभएको छ'
नर्वेमा अर्थशास्त्र पढेका ३१ वर्षीय सांसद, लुम्बिनी प्रदेशमा थिए आर्थिक सल्लाहकार
नर्वेमा अर्थशास्त्र पढेका ३१ वर्षीय सांसद, लुम्बिनी प्रदेशमा थिए आर्थिक सल्लाहकार
कांग्रेसका १८ उम्मेदवारको धरौटी जफत, ८४ स्थानमा दोस्रो
कांग्रेसका १८ उम्मेदवारको धरौटी जफत, ८४ स्थानमा दोस्रो
४९ स्थानमा एमालेको जमानत जफत, ४२ स्थानमा चौथो
४९ स्थानमा एमालेको जमानत जफत, ४२ स्थानमा चौथो
बेलायत र जापान जान नमिलेपछि हानिए अमेरिका, चलाउँछन् १४० वटा ग्यास स्टेसन
बेलायत र जापान जान नमिलेपछि हानिए अमेरिका, चलाउँछन् १४० वटा ग्यास स्टेसन
'चुनाव जितियो, तर यो सुरूआत मात्र हो'
'चुनाव जितियो, तर यो सुरूआत मात्र हो'
Arghakhachi
Arghakhachi
Ntc
Ntc
vianet Below Content Banner 2
vianet Below Content Banner 2
classic teach banner 4
classic teach banner 4
थप

साहित्यपाटी

निर्वाचन सफलताको बधाई!
आश्चर्य!
अब रङ बदल्नेछन्!
सुब्बा साहेबकी प्रेमिका!
तिमी हारेका होइनौ!
लोकप्रियता!
ime money transfer
ime money transfer

विचार

नर्बदा घिमिरे
ताज होटल र डस्टबिनको जुत्ता नर्बदा घिमिरे
केशव दाहाल
२१ वटा जिल्ला पुगेर हामीले मतदातालाई सोध्यौं– घोषणापत्र पढ्नुभयो? केशव दाहाल
विजयमणि पौडेल र नरोत्तम अर्याल
चार राजनीतिक दलले शिक्षामा के के गर्न खोजे? विजयमणि पौडेल र नरोत्तम अर्याल
शंकर दाहाल
छिरिङको गाउँमा लागेको चुनावी हावाहुरी! शंकर दाहाल

ब्लग

दिनेश अधिकारी 'नयाँघरे'
भोटको मौसम, भरोसाको खडेरी! दिनेश अधिकारी 'नयाँघरे'
National life inner
National life inner
अमर अधिकारी
ऋतुअनुसार टाढाबाट गाउँको सम्झना! अमर अधिकारी
अर्जुन मोहन भट्टराई
मेरो एक भोटको दम! अर्जुन मोहन भट्टराई
श्रद्धा अर्याल जोशी
सायद म काठमाडौंको होइन! श्रद्धा अर्याल जोशी
Kumari bank
Kumari bank
mukti
mukti

साहित्यपाटी

मुकुन्द कृष्ण थापा
पञ्च वर्षीय नतिजा! मुकुन्द कृष्ण थापा
Hardik
Hardik
मोहन थापा
बा! मोहन थापा
side bar 17- shivam inner
side bar 17- shivam inner
रमा दुलाल
अद्भुत तिमीले यो अनुभूति दियौ! रमा दुलाल
विदुर दाहाल
जसलाई बिर्सेको थिएँ, अब उसकै घरमा कसरी बस्न जाऊँ! विदुर दाहाल

केटाकेटीका कुरा

अभिनव साउद
मेरो पहिलो बेलायती संसद् भवन भ्रमण! अभिनव साउद
आरभ कर्माचार्य
निर्वाचनमय नेपाल! आरभ कर्माचार्य
संस्कृत आचार्य
मलाई मन परेका पाँच किताब! संस्कृत आचार्य
यूदाइ उ राउत
मेरो लमजुङ यात्रा! यूदाइ उ राउत

पाठक विचार

सिएमसी नेपाल
सिएमसीको खण्डन पत्र सिएमसी नेपाल
महिमानसिंह विष्‍ट
सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टको खण्डन–पत्र महिमानसिंह विष्‍ट
चेतराज जोशी
युवाको आँखामा वनस्पति र पर्यावरण! चेतराज जोशी
प्रकाश विक
फर्किएका खाली हातहरू… प्रकाश विक

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 setopati@gmail.com
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2026 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP