पुरै विश्व अहिले
महामारीले आक्रान्त परिरहेछ!
मान्छेको आफ्नै सिर्जनाले
मान्छेकै हत्या गरिरहेछ।
अस्पतालमा जाँदा
जिउँदोभन्दा मरेका धेरै छन्!
उपचार नपाएर सडकमा
अलपत्र परेका धेरै छन्।
भन्छन् राजनीति गर्नेमा
दया, माया, भावुकता हुन्न भनेर!
त्यसैले त शासक जुँगा मठार्छ,
संक्रमित र मर्नेको संख्या गनेर।
दया माया करुणा हुँदो हो,
अस्पताल र उपचार कक्ष निर्माण हुन्थे!
जनता न भोकमा बस्नु पर्थ्यो,
न त आफन्त गुमाउनु परेर रुन्थे।
मानिस मात्रै होइन,
बिरामी लोकतन्त्र पनि परिरहेछ!
मृत्युवरण मानिसले मात्रै होइन,
प्रजातन्त्रले पनि गरिरहेछ।