Ncell
Uniliver1
Samsung banner
Samsung banner
Setopati साहित्यपाटी
Subscribe Setopati
बुधबार, चैत ४, २०८२ युनिकोड ENEnglish
Uniliver
  • Setopati गृहपृष्ठ
  • कभर स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • नेपाली ब्रान्ड
  • विचार
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • प्रिमियम स्टोरी

सुभाहाङ

Nmb
Nmb

टेकेन्द्रराज चेम्जोङ

माघ ७
gibl
gibl
gibl
gibl
Tata box 1
Tata box 1

'उहिले पोरोक्मी यम्फमी माङले
इक्सादिन खाम्बेक बनायो
परम शक्तिमान उसले
घुमायो दस फन्को
आफ्नो चेतन मनलाई
मन्थन गर्यो विवेकको
तुफान आँधीबेरीहरूमा
बटार्यो शक्तिशाली बलबाहु
घुमायो समयचक्र
अनि बन्यो यो सुन्दर धर्ती।'

'आकाश र धर्तीलाई जोड्न
उठायो फक्ताङलुङ
अझै माथि चुल्यायो सेसेलुङ
अनि जोडियो धर्ती र आकाश।'

यस्तै-यस्तै मिथक सुन्दै बित्यो
सुभाहाङको बाल्यकाल।

हरेक बिहान उसको घाम उदाउँथ्यो
शिरफूल भएर पदामलुङ डाँडामा
अनि पोखिन्थ्यो उसको आँगनमा
घामले छोएर जान्थ्यो
कठाङ्ग्रिएको उसको कलिलो आङ।

उसको घाम दिनभरि खेल्थ्यो
सेहोनाम्लाङ पाखामा
बुकीहरूसँग रमाउथ्यो
अनि बास बस्न झर्थ्यो
गोधुली साँझहरूसँगै
तल-तल तमोरका गढतिर।

जब आँगनमा फुल्थ्यो सेक्मुरी फूल
उसलाई जीवन मुस्कुराए झैं लाग्थ्यो
संसार सुवासित हुन्थ्यो
नयाँ आशा पलाएजस्तो
नयाँ जीवन मुस्कुराएजस्तो लाग्थ्यो।

ऊ पढ्न सक्थ्यो बारीमा फुलेका
ढकमक्क आरुका फूलहरू
ऊ बुझ्न सक्थ्यो पातका रंगहरू
जताततै पोखिएका हुन्थे
उसका बैँसालु सपनाहरू
नागीका फूलहरूमा
ऊ चौतारीहरूमा दुःख बिसाउथ्यो
सल्लाहरूसँग सुस्केरा हाल्थ्यो।

हरेक साँझ ऊ जून हेर्थ्यो
जूनका दाग नियाल्दै
आफ्नो कलिलो गाला सुम्सुमाउँथ्यो
ताराहरू हेरेर हातका औँलाहरू गन्थ्यो
कल्पनाको सेतो घोडा चेढेर
पुग्थ्यो युमा थेबाका गाउँ।

सुभाहाङले एकदिन
सेक्मुरी मुर्झाएको देख्यो
अनायस खस्यो
दुःखको ठूलो पहाड उसको काँधमा
अनि हिँड्यो मुगलान
त्यही भारी बोकेर
सपनामा पनि नदेखेको
त्यो सपनाको गाउँ
सपनाको बगैंचाहरू
साट्न हिँड्यो ऊ
त्यो दुःखको पहाड।

Ncell
Ncell

भासियो ऊ
वन तरुलजस्तो क्षितिजपारि
त्यो बिरानो मुगलान
सपनाको फूल टिप्न
सजाउन उसको भत्केको घर
सुखले श्रृंगार्न
उसका आँगन र घुर्यानबारी।

उसले गाउँ छाडेपछि
घामले उसलाई देखेन
निराश जूनले चियाएर जान्थ्यो
हरेक साँझ त्यो बार्दली
बारीमा फूलेका आरु र पयुँका फूलहरू
नपाएर उसको प्रेममय स्पर्श 
त्यसै-त्यसै मृत्युवरण गर्थे
बलेसीहरू रोइरहन्थे उसलाई पर्खेर
डाँडाको बरको बुढो रुख
लाग्थ्यो उसैको पर्खाइमा
एक्लो बाँचिरहेको छ।

समय हिँडिरह्यो
त्यही गतिमा सालहरू फेरिरहे
घाम बदलियो, ताराहरू बदलिए
मानिसहरू बदलिएर
सेक्मुरीहरू ओइलिए गए
आरु र पयुँका रुखहरू
बुढो भएर ढले
चौँतारीहरूले कुरेनन् उसलाई।

सुभाहाङ फर्कियो घर
झोलाभरि सपनाको फूल
अंगालोभरि खुसी बोकेर
घरले चिनेन उसलाई
किनकि घर, घरजस्तो थिएन
उसको दुःखमा रुने बलेसी
खण्डहर भएका थिए
सेक्मुरी फुल्ने आँगनहरू
वनमाराले ढाकिएका थिए
बारीमा खोज्यो उसले
आरु र पयुँका रुखहरू
कतै भेटेन तिनका डोबहरू।

उसले घाम हेर्यो देखेन
जूनलाई पर्खियो
आएन जून बार्दलीमा
देखेन उसले पदामलुङ डाँडा
सेहोनाम्लाङमा खोज्यो
नाचिरहने बुकी फूलहरू
तर उसले भेटेन
धमिलो देख्यो उसले
नाम्सामीले छोडेका आदिम निशानहरू
क्षितिजमा फक्ताङलुङ
निराश र उदास देख्यो
तमोर काबेलीहरू
रोइरहेको देख्यो
घामले बास बस्ने ती बस्तीहरू
उराठ र बिरानो देख्यो।

उसले देखेन कतै
खुसीका फूल सजाउने ठाउँ
भेटेन उसले कतै
सुख बिसाउने चौतारीहरू
उसले कसैलाई देखेन
मन भुलाउने दौँतरी
विचरा सुभाहाङ!
आफ्नै आँगनमा
यति बिरानो भयो कि
आफ्नो पुकार सुन्ने
आफ्नो भगवान पाएन।

शब्दार्थ
पोरोक्मी यम्फामीमाङ: पृथ्वीको सृष्टिकर्ता
इक्सादिन खाम्बेक: धर्ती/पृथ्वी
फक्ताङलुङ: कुम्भकर्ण हिमाल
सेसेलुङ: कन्चनजंघा हिमाल
पदामलुङ: पाँचथर जिल्लामा अवस्थित पवित्र स्थान
सेहोनाम्लाङ : पाँचथर जिल्लामा अवस्थित पवित्र देउराली डाँडा
युमा थेबा: लिम्बु जातिको मूल देवी देउता।
सेक्मुरी: जीवन फूल
नामसामी: केसामी नामसामी मुन्धुमको एक पात्र।

प्रकाशित मिति: शुक्रबार, माघ ७, २०७८  १३:४५
सिफारिस
उल्टियो नेपालमाथि मलेसियाले हात पारेको जित
उल्टियो नेपालमाथि मलेसियाले हात पारेको जित
'तातो भात' अभियानमा काम गरेकी रूबिनाको संसद यात्रा
'तातो भात' अभियानमा काम गरेकी रूबिनाको संसद यात्रा
रवि लामिछानेका वकिलको दाबी– पीडितको रकम फिर्ता गरी न्याय दिन मुद्दा संशोधन गर्नुपर्‍यो
रवि लामिछानेका वकिलको दाबी– पीडितको रकम फिर्ता गरी न्याय दिन मुद्दा संशोधन गर्नुपर्‍यो
सांसद बनिन् सहिदकी आमा
सांसद बनिन् सहिदकी आमा
पहिलो पारलैंगिक महिला सांसद बनेर इतिहास रच्दै भूमिका
पहिलो पारलैंगिक महिला सांसद बनेर इतिहास रच्दै भूमिका
ओझन बुढाको डेरा कहाँ थियो?
ओझन बुढाको डेरा कहाँ थियो?
Ntc
Ntc
vianet Below Content Banner 2
vianet Below Content Banner 2
classic teach banner 4
classic teach banner 4
थप

साहित्यपाटी

उद्रिएका सपनाहरू!
अब यो देश कविले बनाउँछ!
कामना गरौँ...
मृत्यु पछिबाट चिहानको वरिपरि नियाल्दा!
आफ्नै खोजीमा...
यहाँ न्याय पाइँदैन?
ime money transfer
ime money transfer

विचार

नर्बदा घिमिरे
ताज होटल र डस्टबिनको जुत्ता नर्बदा घिमिरे
केशव दाहाल
२१ वटा जिल्ला पुगेर हामीले मतदातालाई सोध्यौं– घोषणापत्र पढ्नुभयो? केशव दाहाल
विजयमणि पौडेल र नरोत्तम अर्याल
चार राजनीतिक दलले शिक्षामा के के गर्न खोजे? विजयमणि पौडेल र नरोत्तम अर्याल
शंकर दाहाल
छिरिङको गाउँमा लागेको चुनावी हावाहुरी! शंकर दाहाल

ब्लग

दिनेश अधिकारी 'नयाँघरे'
भोटको मौसम, भरोसाको खडेरी! दिनेश अधिकारी 'नयाँघरे'
National life inner
National life inner
अमर अधिकारी
ऋतुअनुसार टाढाबाट गाउँको सम्झना! अमर अधिकारी
अर्जुन मोहन भट्टराई
मेरो एक भोटको दम! अर्जुन मोहन भट्टराई
श्रद्धा अर्याल जोशी
सायद म काठमाडौंको होइन! श्रद्धा अर्याल जोशी
Kumari bank
Kumari bank
mukti
mukti

साहित्यपाटी

मुकुन्द कृष्ण थापा
पञ्च वर्षीय नतिजा! मुकुन्द कृष्ण थापा
Hardik
Hardik
मोहन थापा
बा! मोहन थापा
side bar 17- shivam inner
side bar 17- shivam inner
रमा दुलाल
अद्भुत तिमीले यो अनुभूति दियौ! रमा दुलाल
विदुर दाहाल
जसलाई बिर्सेको थिएँ, अब उसकै घरमा कसरी बस्न जाऊँ! विदुर दाहाल

केटाकेटीका कुरा

अभिनव साउद
मेरो पहिलो बेलायती संसद् भवन भ्रमण! अभिनव साउद
आरभ कर्माचार्य
निर्वाचनमय नेपाल! आरभ कर्माचार्य
संस्कृत आचार्य
मलाई मन परेका पाँच किताब! संस्कृत आचार्य
यूदाइ उ राउत
मेरो लमजुङ यात्रा! यूदाइ उ राउत

पाठक विचार

सिएमसी नेपाल
सिएमसीको खण्डन पत्र सिएमसी नेपाल
महिमानसिंह विष्‍ट
सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टको खण्डन–पत्र महिमानसिंह विष्‍ट
चेतराज जोशी
युवाको आँखामा वनस्पति र पर्यावरण! चेतराज जोशी
प्रकाश विक
फर्किएका खाली हातहरू… प्रकाश विक

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 setopati@gmail.com
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2026 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP