Setopati साहित्यपाटी
YouTube Subscribe
बिहीबार, भदौ १८, २०८३ युनिकोड ENEnglish
  • Setopati गृहपृष्ठ
  • कभर स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • नेपाली ब्रान्ड
  • विचार
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • प्रिमियम स्टोरी

प्रलय!

सुशिला शर्मा 'शिलु' 

सुशिला शर्मा 'शिलु' 

भदौ १८

जब मानव जीवनमाथि
धर्तीको प्रलय आउँछ
शब्दहरूको अर्थ हराउँछ
जसरी बन्द हुन्छन्
भक्ति गर्ने ओठहरू
एक्कासि आफ्नै सोचेको
मन्दिर भित्र नै
बली बनेको क्षण
ठिक उसै गरी आफ्नो जीवनकै
निर्माणकर्ता, सृष्टिकर्ता वा
ईश्वरभन्दा माथिको
सत्य,
आफ्नो अस्तित्वको रचनाकार
आफैँ माथि बज्रिन्छ प्रलय बनेर
तब आउँछ मौन चीत्कार
धर्तीभित्र बिलाउँछ
सिंगो प्राणीको अस्तित्व,
एउटा महाज्वालामुखी सामु
केबल एक झिल्को बनेर
त्यो ढुकढुक गरिरहेको आत्मा!

त्यो केही क्षण अघिसम्म
आफ्नो जिजीविषाको रक्षाको
निमित्त,
कहीँ अस्तित्वको रक्षाको निमित्त
दौडिरहेको एउटा जीवित
आत्माको ज्योति धर्तीको
प्रलय भित्र कैद हुन्छ
निर्मम समय
हिजोसम्म एउटा पञ्च तत्त्वको
शरीर लिएर बाँच्नको लागि
कुदेको प्राणी आज केबल
सास फेर्नको लागि तड्पिन्छ
र हरेक युद्ध तथा संघर्षपछि नयाँ
युगको झुल्को आए झैँ
शान्त हुन्छ केही बेरमा
छटपटाएको प्राणी
त्यो क्षणबाट अब उसले जीवन
हुँदाको पीडा भवसागरबाट भने
उन्मुक्ति पाउँछ
तर आफ्नाको क्रन्दन देखेर
त्यो आत्माले शान्तिले विलीन हुन
पाउँदैन,
जब देख्छ चोट र विक्षिप्तताले
भरिएका आफ्ना एका दुई शुभेच्छुकहरू
उसले धर्तीभित्रको विलीनतासँगै
अर्को प्रण गर्दछ,
म आउँछु फेरि तिमीलाई
भेट्न तिम्रै मन्दिरको
दीप बनेर, बिहान बेलुका
तिम्रो हातको पानी पिउने
प्राणी बनेर,
तिमीले प्रत्येक शुक्लपक्षमा
दीप जलाउने आँगनीकै तुलसी
बनेर!
म मानव आत्मा हुँ त्यसैले
प्रकृतिको प्रलयबाट भौतिक
शरीर बिलाए पनि म हराउने छैन
यो आफूभन्दा माया गर्ने प्रेमिल
मुस्कानको घेराबाट
यही प्रकृतिलाई साक्षी राखेर
यिनैलाई पूजा, जगेर्ना
गर्ने चेतना लिएर पुनर्जीवित
हुनेछु,
त्यही डुबेको करेसा वरिपरि
नेपाली भूमिको कन्दराभित्रै
वनस्पति, वृक्ष,
मानव, प्राणी वा
एक झिल्को दियो बनेर
भए पनि म यही पवित्र माटोमा
प्रलय पछिको दीप बनेर
उदाउने बाचा गर्नेछु। 

प्रकाशित मिति: बिहीबार, भदौ १८, २०८३  १५:१०
सिफारिस
टिमुरेका बाढीपीडित आइपुगेका छन् काठमाडौंको पहेँलो गुम्बा
टिमुरेका बाढीपीडित आइपुगेका छन् काठमाडौंको पहेँलो गुम्बा
आजका विद्यार्थीका लागि कस्तो हुनुपर्छ त्रिविको कक्षाकोठा?
आजका विद्यार्थीका लागि कस्तो हुनुपर्छ त्रिविको कक्षाकोठा?
छुट्टै महाधिवेशन प्रस्ताव गरिएको बैठकमा छैनन् शेरबहादुर, पूर्णबहादुर र शेखर
छुट्टै महाधिवेशन प्रस्ताव गरिएको बैठकमा छैनन् शेरबहादुर, पूर्णबहादुर र शेखर
बढ्यो यी २ बैंकको सेयर कारोबार
बढ्यो यी २ बैंकको सेयर कारोबार
यी स्थानमा आज भारी वर्षाको सम्भावना
यी स्थानमा आज भारी वर्षाको सम्भावना
एक फोनकल, जसले जोगायो २२० विद्यार्थीको ज्यान
एक फोनकल, जसले जोगायो २२० विद्यार्थीको ज्यान
लाङटाङमा टरेको छैन खतरा : फेरि हिम–चट्टान खस्न सक्ने वैज्ञानिक र चिनियाँ चेतावनी
लाङटाङमा टरेको छैन खतरा : फेरि हिम–चट्टान खस्न सक्ने वैज्ञानिक र चिनियाँ चेतावनी
सुरूङभित्र थुनिएको ७ दिन बितिसक्दा पनि आस मरेको छैन, किन?
सुरूङभित्र थुनिएको ७ दिन बितिसक्दा पनि आस मरेको छैन, किन?
प्रधानमन्त्री संसदमा आए, बाढीबारे सम्बोधन पढे, गए– के के भने उनले?
प्रधानमन्त्री संसदमा आए, बाढीबारे सम्बोधन पढे, गए– के के भने उनले?
थप

साहित्यपाटी

निर्दोष भवनको प्रश्न: मलाई जलाएर के पायौ?
आज फेरि दुख्यो मेरो देश!
प्रलय!
धामी बसेको रात!
आज फेरि देश रोएको छ!
म कसरी हाँसूँ, मेरो देश रोइरहेको छ!

विचार

डा. मीनप्रसाद अधिकारी
आजका विद्यार्थीका लागि कस्तो हुनुपर्छ त्रिविको कक्षाकोठा? डा. मीनप्रसाद अधिकारी
डा. मुकेशराज काफ्ले
नेपालले किन अनुमोदन गरेन अन्तर्राष्ट्रिय जल–महासन्धि? (भाग २) डा. मुकेशराज काफ्ले
शरण उत्सुक
९ बजे खबर आयो, पौने १० नबज्दै बजार बगर बन्यो शरण उत्सुक
मुराहरि पराजुली
विपत्ति बुझ्ने कि निष्कर्ष सुनाइहाल्ने? मुराहरि पराजुली

ब्लग

अर्जुन मोहन भट्टराई
कपाल काटेको सात हजार! अर्जुन मोहन भट्टराई
डा. छवि पन्थी
विपद्को घाउ शरीरमा मात्र हुँदैन, मनमा पनि हुन्छ डा. छवि पन्थी
बालकराम देवकोटा
स्याउ उत्पादन उप्रान्त अपनाउनुपर्ने प्रविधिहरू बालकराम देवकोटा
पलपल समीप
कसैको जीवनभन्दा ठूलो तिम्रो कन्टेन्ट हुन सक्दैन! पलपल समीप

साहित्यपाटी

नरेन्द्रबहादुर बुढा
निर्दोष भवनको प्रश्न: मलाई जलाएर के पायौ? नरेन्द्रबहादुर बुढा
लक्ष्मी न्यौपाने
आज फेरि दुख्यो मेरो देश! लक्ष्मी न्यौपाने
सुशिला शर्मा 'शिलु' 
प्रलय! सुशिला शर्मा 'शिलु' 
विमल लामिछाने
धामी बसेको रात! विमल लामिछाने

केटाकेटीका कुरा

मायोन गोबिन्द श्रेष्ठ
प्रकृतिको संरक्षक! मायोन गोबिन्द श्रेष्ठ
सम्राट घिमिरे
किताबमा पढेको प्रविधि जब आँखैअगाडि देखियो सम्राट घिमिरे
अनन्य राज सापकोटा
धर्तीलाई मलम लगाऊँ! अनन्य राज सापकोटा
श्रृङ्खला सुवेदी
भाइको 'चरी साथी' श्रृङ्खला सुवेदी

पाठक विचार

खड्क बहादुर के.सी.
नेपालमा लगानी गर्न चाहने गैरआवासीय नेपालीको प्रधानमन्त्रीलाई खुलापत्र खड्क बहादुर के.सी.
बिमला अर्याल
सफल प्रशासनको कडी: इमानको सम्मान कि आरोपको अपमान? बिमला अर्याल
सिएमसी नेपाल
सिएमसीको खण्डन पत्र सिएमसी नेपाल
महिमानसिंह विष्‍ट
सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टको खण्डन–पत्र महिमानसिंह विष्‍ट

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 setopati@gmail.com
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2026 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP