रोनाल्डो
जंगलको बाटोमा आज
तिम्रा विशाल पाइला रोकिए
तर हाम्रो मनमा
तिम्रो सम्झनाले
अझै पाइला चालिरहेछ।
रोनाल्डो,
तिमी केवल एउटा हात्ती थिएनौ,
संघर्षपछि बाँचेको एउटा आशा थियौ,
जंगलको मौन शक्ति थियौ,
सबैको साझा सम्पदा थियौ।
रोनाल्डो,
तिमी एउटा हात्ती मात्र थिएनौ,
तिमी बाँच्ने आधार थियौ,
तिमी जंगलको धड्कन थियौ,
हाम्रो संरक्षणको नमुना थियौ।
रोनाल्डो,
आज जब तिम्रा पाइला रोकिए,
यो मन चसक्कै दुख्यो
आज तिम्रो शरीर छैन,
तर तिम्रो कथा बाँकी छ
हामीलाई सम्झाइरहने कथा
कि वन्यजन्तुको जीवन जोगाउनु संरक्षण होइन,
मानवताको जिम्मेवारी पनि हो।
हार्दिक श्रद्धाञ्जली, रोनाल्डो!
तिमी गयौ…
तर तिम्रो मौन आँखाले
हामीलाई सधैँ सोधिरहनेछ
‘अब तिमीहरू
अरू कसलाई बचाउनेछौ? कि फेरि पनि...?