नेपालबाट विदेश पलायन हुने विद्यार्थी संख्या बर्सेनि बढ्दो छ।
हाम्रा विश्वविद्यालयहरू एकातिर आफैमा कमजोर हुनु, समय अनुसार परिस्कृत हुँदै नजानु र अर्कातिर दलीय हस्तक्षेपबाट ग्रसित हुँदा शिक्षाको गुणस्तरमा प्रभाव परेको छ। त्यसैले गुणस्तरीय शिक्षाको खोजीमा ठूलो संख्यामा विद्यार्थीहरू विदेश जान्छन्।
पढ्न गएका विद्यार्थीमध्ये धेरै जना उच्च शिक्षा सकिएपछि उतै रोजगारीमा अल्झिने गरेका छन्। फाट्टफुट्ट मात्र नेपाल फर्किन्छन्।
यसरी युवा विदेश पलायन हुँदा नेपालले आफ्ना सक्षम जनशक्ति त गुमाउँछ नै, उनीहरूबाट सिर्जना हुने थप अवसर पनि गुमाउने काठमाडौं विश्वविद्यालय (केयू) का उपकुलपति प्रा. डा. अच्युत वाग्ले बताउँछन्।
अर्थशास्त्रमा विद्यावारिधि (पिएचडी) गरेका वाग्ले लामोसमयदेखि उच्च शिक्षा सुधारमा लागिपरेका छन्।
हाम्रा विश्वविद्यालयहरू सुधार गर्न सके धेरै विद्यार्थीलाई विदेश पलायन हुनबाट रोक्न सकिने उनको भनाइ छ। यसका लागि संरचनात्मक सुधार गरेर अघि बढ्नुपर्ने उनी बताउँछन्।
विद्यार्थी पलायन कसरी रोक्न सकिन्छ भन्नेबारे किङ्स कलेजका अध्यक्ष नरोत्तम अर्यालले वाग्लेसँग बहस गरेका छन्।
हेर्नुस् भिडिओः