दोस्रो चरणको स्थानीय तहमा निर्वाचन भएका ३५ जिल्लाका ३ सय ३४ स्थानीय तहमध्ये सोमबार राति ११ बजेसम्म २ सय ६६ स्थानीय तहको आधिकारिक परिणाम सार्वजनिक भएको छ।
सार्वजनिक भएको नतिजा अनुसार नेकपा एमालेको अग्रता कायमै छ।
अहिलेसम्म ३५ मध्ये २० जिल्लाका सबै स्थानीय तहको मतणना सकिइसकेको छ। बाँकी १५ जिल्लामा पनि करिब ७० प्रतिशत मतगणना सकिइसकेको छ।
नेकपा एमालेले प्रदेश नम्बर १ मा ५१, प्रदेश ५ मा ३१ र प्रदेश ७ मा ३३ स्थानीय तह जितेर १ सय १५ स्थान सुरक्षित गरिसकेको छ ।
कांग्रेस १०२ स्थानीय तह जितेर दोस्रो स्थानमा रहेको छ। कांग्रेसले हालसम्म प्रदेश नम्बर १ मा ३७, प्रदेश ५ मा २९ र प्रदेश ७ मा ३६ स्थानीय तह जितेको छ ।
माओवादी केन्द्रले प्रदेश नम्बर १ मा ८, प्रदेश ५ मा १९ र प्रदेश ७ मा ७ स्थानीय तह जितेर ३४ सिटसहित तेस्रो स्थान सुरक्षित गरेको छ।
यस्तै, उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमले प्रदेश नम्बर ५ मा ५ र प्रदेश नम्बर १ मा एक स्थानीय तह जितेर ६ सहित चौथो स्थानमा रहेको छ।
विजयकुमार गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकले प्रदेश नम्बर १ मा २, ५ मा १ र ७ मा १ स्थानीय तह जितेर ४ सिटसहित पाँचौं स्थानमा छ।
राष्ट्रिय जनमोर्चा र राप्रपाले समान दुर्इ/दुर्इ स्थानीय जितेका छन् भने राष्ट्रिय जनता पार्टी समर्थित स्वतन्त्र उम्मेदवारले एक स्थान जितेका छन्।