नेपाली कांग्रेसले प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई सर्वोच्च अदालतले बदर गरिदिएर अधिनायकवादलाई गम्भीर ढंगले पराजित गरिदिएको बताएको छ।
संविधान रक्षाका सम्बन्धमा सर्वोच्चले ऐतिहासिक कदम चालेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताए। सर्वोच्चले मंगलबार अपरान्ह प्रतिनिधि सभा पुनर्स्थापनाको फैसला गरेको छ।
‘प्रतिनिधि सभा विघटनलाई असंवैधानिक भन्ने ठहर कांग्रेसको थियो। सर्वोच्चले जे फैसला गर्छ त्यसलाई शीरोधार्छ गर्छौं भनेका थियौं। सर्वोच्चले नेपालको संविधान रक्षाका लागि ऐतिहासिक चालेको छ,’ शर्माले सेतोपाटीसँग भने।
सर्वोच्चको फैसलाले अधिनायकवादले गम्भीर ढंगले पराजय व्यहोरेको पनि उनले बताए।
प्रकाशित मिति: मंगलबार, फागुन ११, २०७७, ०७:४३:५०