खानेपानी मन्त्री मणि थापाले आफूहरू प्रधानमन्त्री केपी ओलीसँगै रहने बताएका छन्।
सेतोपाटीसँग संक्षिप्त कुरा गर्दै मन्त्री थापाले पार्टीको नामभन्दा पनि ओलीको सिद्धान्त र विचारका कारण उहाँसँगै रहेको बताए।
'हामी जो-जो छौं माओवादीमा फर्किन्नौं। हामीलाई अदालतको आदेशले केही गर्दैन,' उनले भने, 'राजनीतिक एजेण्डा र उहाँको नेतृत्व गर्ने क्षमता अनि राष्ट्रियताप्रतिको अडानसँग सहमत भएर एक ठाउँमा रहेका हौ।'
प्रधानमन्त्री ओलीले प्रतिनिधि सभाको विघटन गर्ने निर्णय गरेसँगै थापा खानेपानी मन्त्री बनेका हुन्। थापासँगै टोपबहादुर रायमाझी उर्जा,गौरीशंकर चौधरी श्रम, प्रभु शाह सहरी विकास र दावा तामाङ खेलकुद मन्त्री बनेका हुन्।
गृहमन्त्री रामबहादुर थापा र उद्योगमनत्री लेखराज भट्ट पनि पूर्व माओवादी केन्द्रबाटै मन्त्री बनेका हुन्।
रायमाझी, चौधरी, भट्ट र शाह प्रतिनिधि सभा सदस्य हुन भने गृहमन्त्री थापा राष्ट्रिय सभा सदस्य हुन्।