मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिपरिषद् विस्तार गरेका छन्।
शुक्रबार उनले जनता समाजवादी पार्टी (जसपा), नेकपा एमाले र जनमत पार्टीबाट ६ मन्त्री र तीन राज्यमन्त्री नियुक्त गरेका हुन्।
नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीले शपथग्रहण समेत गरेका छन्।
जनमतका संसदीय दलका नेता महेशप्रसाद यादव शिक्षा, विज्ञान तथा वाणिज्य, जसपाकी सुरिताकुमारी साह सामाजिक विकास, एमालेका सत्रुधनप्रसाद सिंह गृह तथा सञ्चारमन्त्री नियुक्त भएका छन्।
माओवादी केन्द्रले एउटा मात्र मन्त्रालय पाएपछि मन्त्री अस्वीकार गरेको छ। उसले दुइटा मन्त्रालय मागेको छ।
प्रकाशित मिति: शुक्रबार, माघ २०, २०७९, १८:२८:००