नेपाली कांग्रेसको संसदीय दलको बैठक स्थगित भएको छ।
बिहीबार दिउँसो १ बजे सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा बस्ने गरी बैठक बोलाइएको भए पनि उक्त बैठक अनिश्चितकालका लागि स्थगित भएको हो।
कांग्रेस संसदीय दलका नेतासमेत रहेका सभापति शेरबहादुर देउवाले बैठक स्थगित गरेका हुन्। संसदीय दलको नेताको निजी सचिवालयका सचिव केशवराज जोशीले संसदीय दल बैठक स्थगित भएको जानकारी दिए।
तत्काल छलफल गरी निर्णय लिनुपर्ने कुनै एजेन्डा नभएको भन्दै बैठक स्थगित गरिएको हो।
प्रतिनिधि सभामा कांग्रेसका ८९ जना सांसद छन्।