राष्ट्रियसभा सदस्य देवेन्द्र दाहालले भ्रष्टाचार नेता, ठेकेदार र कर्मचारीहरूको मिलेमतोमा हुने गरेको बताएका छन्।
मंगलबार बसेको राष्ट्रिय सभको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।
उनले भ्रष्टाचार न्यूनीकरण गर्न सरकारका प्रतिबद्धता पनि माग गरे।
उनले कर्मचारीले साइनिङ मनीको रूपमा ३ प्रतिशतसम्म लिने गरेको उल्लेख गर्दै त्यस्ता कामहरू रोक्नका लागि सरकारले कस्ता कदम चालिरहेको छ? भन्दै प्रश्न गरे।
उनले भने, ‘ठाडै ढंगले सचिवबाट हामीले रिपोर्टिङको क्रममा सुन्यौं, कर्मचारीले 'साइनिङ मनी' लिने। सुरूमा साइन गर्दा, यही सदनमा मैले उठाएको थिएँ। साइनिङ मनी लिने, २/३ प्रतिशत कति हुन्छ, त्यो गोजीमा हाल्ने, ठेकेदारले मोबिलाइजेसनको रकम लिने, त्यो रकम अर्को काममा लगाउने। यो भइसकेपछि आयोजना त लथालिंग हुन्छन्, त्यो आयोजना त अघि बढ्दैन। यस्तै क्रमले यो क्रम अघि बढिरहेको छ। तलबाट भ्रष्टाचारको पुलिन्दा थपिँदै गइरहेका छन्।’
राष्ट्रिय सभा सदस्य दाहालले कर्मचारी, ठेकेदार र नेताहरुको मिलेमतोमा भ्रष्टाचार हुने गरेको दाबी गरे।