राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले बजेटमा प्रादेशिक सन्तुलन कायम गर्नुपर्ने बताएका छन्।
राष्ट्रिय सभाको मंगलबारको बैठमा सरकारबाट प्रस्तुत आगामी वर्षको बजेटका सिद्धान्त र प्राथमिकताका बारेमा छलफल गर्दै उनले यस्तो बताएका हुन्।
उनले अपवाद अनिवार्य दायित्व विषयबाहेक प्रदेश र स्थानीय तहमा जाने सर्शत अनुदानको रकम वित्तीय समानीकरण अनुदानमा थप गर्न आग्रह गरे।
उनले नेपालको बजेट वितरणको सबभन्दा ठूलो समस्या प्रधानमन्त्री, मन्त्री र केही ठूला नेताहरूको निर्वाचन क्षेत्रमा केन्द्रित गराउने परम्परा रहेको भन्दै त्यसलाई तोड्न आवश्यक रहेको बताए।
उनले भने, ‘प्रहरी समायोजन प्रदेशमा यथाशीघ्र हुनुपर्छ। जसले प्रदेशको एकल अधिकारमा रहेको प्रदेश प्रहरी प्रशासन र शान्ति सुरक्षाको जिम्मेवारी कार्यान्वयन गर्ने वातावरण निर्माण गरिदिनुस्। केही अपवाद अनिवार्य दायित्व विषयबाहेक प्रदेश र स्थानीय तहमा जाने सर्शत अनुदानको रकम वित्तीय समानीकरण अनुदानमा थप गरिदिनुस्। बजेटमा प्रादेशिक सन्तुलन कायम गर्नुपर्छ। त्यो नबिर्सिनुहोला। नेपालको बजेट वितरणको सबभन्दा ठूलो समस्या नै यही हो। बजेटको सबैभन्दा ठूलो हिस्सा, प्रधानमन्त्री, मन्त्री र केही ठूला नेताहरूको निर्वाचन क्षेत्रमा केन्द्रित गराउने परम्परा पहलिादेखिकै हो। यो सुध्रिएको छैन, सुधार होस्। निजमती कानून ल्याउन सकिएको छैन। यो मुलुक कसले चलाएको छ?’
उनले प्रदेश प्रहरी समायोजन छिटो गर्नका लागि पनि गृहमन्त्रीको ध्यानाकर्षण गराए।