नेपाली कांंग्रेसका सभापति शेरबहादुर देउवाको नाममा नक्कली विज्ञप्ति भाइरल भएपछि कांंग्रेसले गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै आइतबार विज्ञप्ति जारी गरेको छ।
कांंग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा `सभापतिको नामबाट नक्कली प्रेस वक्तव्य सामाजिक सन्जालहरूमा सम्प्रेषित भएकोमा पार्टीको गम्भीर ध्यानाकर्षण भएको´ उल्लेख छ।
राजनीतिलाई तरङ्गित गर्ने, गठबन्धन सरकारबारे अन्योल सिर्जना गरी जनतालाई दिग्भ्रमित गर्ने कुत्सित मनसायबाट सभापति देउवाको नाममा नक्कली विज्ञप्ति सम्प्रेषण भएको पाइएको मुख्य सचिव पौडेलको भनाइ छ।
गैरकानुनी कार्यमा संलग्नलाई कारबाही गर्न पनि कांग्रेसले माग गरेको छ।
अद्यादेशको सभापति देउवाले विरोध गरेको कांग्रेसको पुरानो विज्ञप्तिमा नयाँ मिति राखेर सामाजिक सञ्जालमा भाइरल भएको थियो।
यस्तो छ विज्ञप्ति;


