प्रहरीले आशिका तामाङलाई पक्राउ गरेको छ।
अभद्र व्यवहारमा तामाङलाई प्रहरीको स्वयम्भू वृत्त टोलीले बुधबार दिउँसो पक्राउ गरिएको काठमाडौं जिल्ला प्रहरी परिसरका एसपी नवराज अधिकारीले जानकारी दिए।
तामाङलाई पक्राउ गर्न प्रहरीले पक्राउ पुर्जी लगेको थियो।
उनीमाथि प्रहरी वृत्त गौशालाले थप अनुसन्धान अघि बढाएको छ।
गत पुस २६ गते पशुपति क्षेत्र विकास कोषको पत्र जाहेरी र पुस २५ को प्रहरी प्रतिवेदनका आधारमा अनुसन्धान गर्न तामाङलाई नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ।
अभद्र व्यवहार मुद्दाको अनुसन्धान सिलसिलामा तामाङलाई नियन्त्रणमा लिनुपरेको पनि प्रहरीले जनाएको छ।
पछिल्लो समय पशुपति क्षेत्र विकास कोष परिसरमा तामाङले महिला प्रहरीलाई दुर्व्यवहार गरेको भिडिओ सामाजिक सञ्जालमा भाइरल बनेको थियो।
उनले आफूलाई सामाजिक अभियन्ता भन्दै फेसबुक लगायत सामाजिक सञ्जालहरूमा भिडिओहरू पनि पोस्ट गर्ने गरेकी छन्।