प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले सांसदहरूलाई उजुरीको चाङ बाँडेको छ।
मंगलबार बसेको बैठकमा सांसदहरूलाई समितिमा परेका उजुरीहरूको चाङ बाँडिएको हो।
समितिमा विभिन्न विषयमा १०० वटा उजुरी परेको छ।
सार्वजनिक सरोकार र सरकारको लेखासम्बन्धी विषय समितिले हेर्छ।
उक्त उजुरीहरू तत्काल छलफलमा ल्याउनुपर्ने माओवादीका सांसद लेखनाथ दाहालले माग गरेका छन्।
लेखा समिति सरकारको लाचार छाया बनेको सांसद दाहालको आरोप छ। उनले सभापति ऋषिकेश पोखरेलमाथि समेत प्रश्न उठाए।
उनले पोखरेललाई भने, ‘तपाईं जबरजस्ती सभापतिमा बस्नुभएको छ। सरकारले गरेको कुकर्म छोप्न हो कि!’
त्यस्तै पोखरेलका स्वकीय सचिव अनिलकुमार पोखरेलले ३८ लाख ८० हजार रुपैयाँ ठगी गरेको विषय पनि आएकाले सभापति नैतिक रूपमा कमजोर रहेको दाहालले बताए।
उनले लेखा समितिको सभापति प्रतिपक्षले पाउनुपर्ने मागसमेत दोहोर्याएका छन्।
सूची: