नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्दैछ।
आइतबार दिउँसो २ बजे संसद भवनको ल्होत्से हलमा कांग्रेस संसदीय दलको बैठक बस्दैछ।
बैठकमा संसदमा दर्ता भएका विधेयक, अध्यादेश लगायतबारे संसदीय दलको एकै धारणासहित संसदमा प्रभावकारी उपस्थिति बनाउनेबारे छलफल हुनेछ।
संसदीय दल बैठकअघि शनिबार सभापति देउवाले पदाधिकारी, पूर्वपदाधिकारी, सांसद, पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूसँग छलफल गरेको थियो।
छलफलमा संसदमा दर्ता भएका विधेयक र अध्यादेशको पक्षमा एकढिक्का हुन सभापति देउवाले निर्देशन दिएका थिए।
उनले असन्तुष्टि पार्टीको बैठकमा राख्न तर संसदको बैठकमा एकढिक्का भएर प्रस्तुत हुन निर्देशन दिएका थिए।