नेकपा (माओवादी केन्द्र)सम्बद्ध विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)को महासचिवमा रोशन थापा मगर विजयी भएका छन्।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा उपत्यका र विश्वविद्यालय प्रदेशको जारी मतगणनामा महासचिवको गणना सकिँदा ५९६ मत प्राप्त गर्दै मगर निर्वाचित भएका हुन्।
मगर माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मानिकट हेमन्त राई प्यानलका हुन्। उनले उपत्यका विशेष प्रदेशबाट १०० मत ल्याए भने विश्वविद्यालयबाट ८७ मत पाए।
उनका निकटतम प्रतिद्वन्द्वी सञ्जयकुमार महतोले ४० मत ल्याए। महतो उपमहासचिव शक्ति बस्नेतनिकट विजय प्रकाश सापकोटा प्यानलका हुन्।
महतोले उपत्यकाबाट ४७ र विश्वविद्यालयबाट ६८ मत पाए। उपत्यकामा २६४ र विश्वविद्यालयमा २५८ मत खसेको थियो।
त्यस्तै अन्य उम्मेदवारहरू प्रतिक कार्कीले २६७, पदम काफ्लेले १२४, तिर्सना हमालले ११५, श्याम रोकाले ११३, सञ्जिव फुयालले १३० र शिव बस्नेतले २३ मत ल्याए।
कोषाध्यक्षमा पनि हेमन्त राई प्यानलकै फूलमाया रानामगर खुशी निर्वाचित भएकी छन्।