प्रतिपक्षी दल नेकपा (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वालाले भुतपूर्व मन्त्री, राजनीतिक दलका नेता र व्यापारीहरुको सुरक्षार्थ खटाइएका सुरक्षाकर्मीहरुलाई तत्काल फिर्ता बोलाउन माग गरेका छन्।
प्रतिनिधि सभाको शनिबारको बैठकमा बोल्दै उनले सरकारले अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका धेरै सुरक्षाकर्मीहरूलाई भुतपूर्व मन्त्री, कतिपय राजनीतिक दलका नेतादेखि व्यापारीसम्मको सुरक्षामा खटाएकाले उनीहरूलाई फिर्ता बोलाउन माग गरेका हुन्।
'ऐन, कानून विपरित त्यसरी सुरक्षाकर्मीहरुलाई खटाउने कुरा निश्चित रुपमा गम्भीर छ, बेठिक छ। त्यसरी खटाइएका सुरक्षाकर्मीहरुलाई तत्काल फिर्ता बोलाउनुपर्छ,’ उनले भने।
सांसद ज्वालाले कसको कसको सुरक्षामा कति सुरक्षाकर्मी खटाइएको छ भन्नेकुरा सदनमा गृहमन्त्रीले जानकारी गराउनुपर्ने पनि बताए। -न्युज एजेन्सी नेपाल