आगामी फागुन २१ गते निर्वाचन हुने घोषणा भएपछि निर्वाचनका लागि मतदाता नामावली खुलाउन अध्यादेश ल्याउनेबारे छलफल भएको छ।
निर्वाचन आयोगले अध्यादेशमार्फत मतदाता नामावलीमा नाम दर्ता खुलाउनका लागि गृह मन्त्रालयसँग छलफल गरेको हो।
‘मतदाता नामावली दर्ता प्रक्रिया बन्द भयो। त्यसैले खुलाउने प्रयोजनका लागि गृह मन्त्रालयसँग समन्वय गरिरहेका छौं,’ निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले भने।
मतदाता नामावली सम्बन्धी ऐनको २०७३ दफा ४ (२) ले नर्वाचनको मिति घोषणा भइसकेपछि सो निर्वाचनको प्रयोजनका लागि मतदाता नामावलीमा नाम दर्ता गरिने छैन भन्छ। अर्थात् निर्वाचनको मिति घोषणा भएपछि दर्ता भएका मतदाताले त्यो चुनावमा मतदान गर्न पाउँदैनन्।
अहिले जेन–जी विद्रोहमा सरिक भएकाहरूको पनि मतदाता नामावलीमा नाम नहुन सक्छ। उनीहरू मताधिकारबाट बञ्चित हुने भएकाले अध्यादेशमार्फत मतदाता नामावलीमा नाम दर्ता गराउन लागिएको हो।
यस्तै कहिलेसम्मलाई मतदाता नामावली दर्ता गराउने प्रक्रिया खुलाउने भन्नेबारे अध्यादेश आएपछि निर्णय गरिने निमित्त प्रमुख आयुक्त भण्डारीले बताए।
‘अध्यादेश आएपछि निर्वाचन आयोगले निर्णय गरेर मिति तोक्छौं,’ उनले भने।
यसअघिका निर्वाचनमा यदी मतदाता नामावलीमा नाम छ र निर्वाचन आयोगले दिएको परिचय पत्र नभए पनि निर्वाचनको अघिल्लो दिनसम्म १८ वर्ष पुगेकालाई मतदान गराउने अधिकार दिइएको थियो।
यसैगरी फागुन २० गतेसम्म १८ वर्ष पुग्ने युवा, जसले नागरिकता बनाउँदा नै मतदाता नामावलीमा नाम दर्ता गराएका छन् उनीहरूलाई पनि मतदान गर्न दिन सक्नेछ।
यो पनि: गृहमन्त्रीले भने पनि यसपालि कठिन छ विदेशमा रहेका नेपालीलाई भोट हाल्न दिन, किन?
फागुनमा चुनाव गर्न तत्काल के के काम गर्नुपर्छ? पूर्वनिर्वाचन आयुक्तहरूको सुझाव ९ बुँदामा