रास्वपा सचिवालय सदस्यसमेत रहेका प्रवक्ता मनिष झाले सन्तोष परियारलाई आगामी यात्राका लागि शुभकामना दिएका छन्।
परियारले आज महामन्त्री कवीन्द्र बुर्लाकोटीलाई रास्वपा परित्याग गरेको जानकारी पठाएका थिए।
उक्त जानकारी पार्टीमा प्राप्त भएको उल्लेख गर्दै प्रवक्ता झाले भने, ‘राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय सदस्य तथा पूर्व सांसद साथै विघटित प्रतिनिधि सभाको रास्वपाका प्रमुख सचेतकको जिम्मेवारीमा रहनुभएका सन्तोष परियारले कार्यवाहक सभापति तथा महामन्त्रीलाई पत्र बुझाएर पार्टी छोड्नु भएको जानकारी गराउनु भएको छ।’
साथै उनले नयाँ यात्राका लागि शुभकामना पनि दिएका छन्।
‘राजनीतिमा नयाँ अभियानको साथ अगाडी बढ्ने योजनामा हुनुहुन्छ भन्ने कुरा उहाँले जानकारी गराउनुभयो। आगामी यात्राको लागि वहाँलाई शुभकामना,’ झाले भने।
यो पनि:
सन्तोष परियारले रास्वपा परित्याग गर्दै पठाएको पत्रमा के छ?
सन्तोष परियारले छाडे रास्वपा