राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सचिवालय सदस्य सन्तोष परियारले पार्टी छाडेका छन्।
रास्वपाबाट निवर्तमान प्रतिनिधि सभा प्रमुख सचेतक तथा समानुपातिकतर्फ निवर्तमान सांसद रहेका परियारले शुक्रबार रास्वपा छाडेका हुन्।
सेतोपाटीसँग कुराकानी गर्दै उनले आफूले रास्वपा छाडेको बताए।
‘मैले रास्वपा छाडेँ, अब नयाँ अभियान सञ्चालन गर्छु,’ उनले भने, ‘आजै प्रेस विज्ञप्ति निकालेर थप जानकारी दिउँला।’
परियारले महामन्त्री कवीन्द्र बुर्लाकोटीलाई राजीनामा पत्र पठाएका थिए। उनले शुक्रबार दिउँसो १:५७ बजे महामन्त्री बुर्लाकोटीलाई सम्बोधन गरी पार्टी परित्याग गरेको जानकारी गराएका थिए।
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि उनी रास्वपा नेतृत्वसँग असन्तुष्ट थिए। चितवनको सौराहमा भएको विस्तारित बैठकमा सहभागी भए पनि उनी पूरै समय बसेका थिएनन्।
यसअघि निवर्तमान प्रतिनिधि सभा सांसद सुमना श्रेष्ठले पनि रास्वपा छाडेकी थिइन्।