नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक जारी छ।
कांग्रेस केन्द्रीय कार्यालय सानेपामा शुक्रबार अपराह्न ३ बजेदेखि बैठक सुरू हुने भनिए पनि केही ढिला गरी बैठक बसेको हो।
बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्का, महामन्त्रीहरू गगन थापा, विश्वप्रकाश शर्मा लगायत पदाधिकारी र पूर्वपदाधिकारीहरू सहभागी छन्।
कांग्रेसको नियमित महाधिवेशन अन्तर्गतको कार्यक्रम सुरू नभएपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको प्रक्रिया अघि बढाएका थिए।
विशेष महाधिवेशन पक्षधरले पुस २७ र २८ गतेका लागि भृकुटीमण्डपको हलसमेत बुक गरिसकेका छन्।
महामन्त्रीहरूले विशेष महाधिवेशन अघि बढाएपछि कार्यवाहक सभापति खड्काले त्यसबारेमा छलफल गर्नका लागि कार्यसम्पादन समिति बैठक बोलाएका हुन्।
बैठक सुरू हुनुअघि पत्रकारहरूसँगको कुराकानीमा कार्यवाहक सभापति खड्काले शुक्रबारको बैठकबाट त्यससम्बन्धमा निर्णय आउने बताएका थिए।
तस्बिरहरूः
-ink-1767354350.jpeg)
-ink-1767354350.jpeg)
-ink-1767354349.jpeg)
-ink-1767354349.jpeg)
-ink-1767354349.jpeg)
-ink-1767354348.jpeg)
-ink-1767354348.jpeg)
सबै तस्बिरः नेपाल फोटो लाइब्रेरी।