डा. निकोलस भुसाल, हरिश विष्ट र सरकारबीच ६ बुँदे सहमति भएको छ।
शुक्रबार राति प्रधानमन्त्री निवास बालुवाटारमा सहमति भएसँगै भुसाल र विष्टको अनसन ११ औं दिनमा तोडिएको हो।
सहमतिपत्रमा भुसाल र विष्टका साथै तथा सरकारका तर्फबाट प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनालले हस्ताक्षर गरेका छन्।
सहमतिपछि प्रधानमन्त्री सुशीला कार्कीले दुवै जनालाई जुस खुवाएकी थिइन्।