प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको नाम झापा-५ बाट एकल सिफारिस भएको छ।
एमाले क्षेत्रीय कमिटीको बैठकले सर्वसम्मत रूपमा ओलीको नाम एकल सिफारिस गरेको हो।
झापा ओलीको गृहजिल्ला हो।
ओली यसअघि २०७४ र २०७९ को चुनावमा झापा-५ बाटै निर्वाचित भएका थिए।
प्रतिनिधि सभा निर्वाचन आगामी फागुन २१ गते हुँदैछ।