प्रतिनिधि सभा निर्वाचनका लागि सिन्धुपाल्चोकबाट एमालेले २० जना उम्मेदवार सिफारिस गरेको छ।
निर्वाचन क्षेत्र नम्बर १ बाट ९ जना र २ बाट ११ जनालाई एमालेले उम्मेदवार सिफारिस गरेको हो।
क्षेत्र नम्बर १ बाट अरूण नेपाल पहिलो नम्बरमा सिफारिस भएका छन्।
त्यसपछि सरेश नेपाल, होमनारायण श्रेष्ठ, कमल नेपाल, हेमगंगा मोक्तान, बादल तामाङ, युद्धविक्रम तामाङ (डिभी), आङदोर्जे शेर्पा र सुशीला पाख्रिन सिफारिस भएका छन्।
त्यस्तै क्षेत्र-२ बाट हस्त पण्डित पहिलो नम्बरमा छन्।
त्यहाँबाट अशोक चौलागाईं, सुभाष कर्माचार्य, शेरबहादुर तामाङ, बालकुमारी सापकोटा, गम्भीरलाल श्रेष्ठ, डोल्मा तामाङ, उपेन्द्र तामाङ, शिशिर वाइबा, मित्रलाल चौलागाईं र दिलीप बस्नेतलाई उम्मेदवार सिफारिस गरेको छ।
शनिबार क्षेत्रीय कमिटीले उम्मेदवार सिफारिस गरेर जिल्ला कमिटीलाई पठाएको हो।
अब जिल्लाले तीन जनाको सूची प्रदेश र केन्द्रलाई पठाउनेछ।
एमालेले एक निर्वाचन क्षेत्रबाट एक महिलासहित तीन जना उम्मेदवार सिफारिस गर्न भनेको छ।