नेकपा एमाले दैलेख क्षेत्र नम्बर २ को प्रतिनिधि सभा उम्मेद्वारको छनौटमा केन्द्रीय सदस्य विष्णु रिजालले सबैभन्दा बढी मत ल्याएका छन्। उक्त क्षेत्रमा चारजना पुरुष आकांक्षीहरूमा सहमति कायम हुन नसकेपछि शनिबार भएको आन्तरिक निर्वाचनमा रिजालले पहिलो मत प्राप्त गरेका थिए। उनले ६७ मत प्राप्त गरेका थिए।
रिजालसँगै अर्का केन्द्रीय सदस्य लक्ष्मी पोखरेल, राजबहादुर शाही र कर्णाली प्रदेशका पूर्व सभामुख राजबहादुर बुढा पनि प्रतिस्पर्धामा थिए।
निर्वाचनमा ६६ मत सहित पोखरेल दोस्रो, ६१ मत सहित शाही तेस्रो र ५१ मत सहित बुढा चौथो स्थानमा आएको क्षेत्रीय कमिटी अध्यक्ष कुमारविक्रम शाहीले जानकारी दिए।
हालै सम्पन्न एमालेको ११ औं महाधिवेशनमा रिजाल कर्णालीको भूगोलबाट केन्द्रीय सदस्य भएका थिए।