नेपाली कम्युनिस्ट पार्टीका संयोजक भारत जाने भएका छन्।
नेपाली समाज भारतको आयोजनामा भारतको राजधानी नयाँ दिल्लीमा आयोजना हुने एकता सन्देश सभा तथा साक्षात्कार कार्यक्रममा सहभागी हुन प्रचण्ड आइतबार भारत जान लागेको उनको सचिवालयले जनाएको छ।
कार्यक्रममा प्रचण्डले नेपाली समुदायका साझा सरोकार, नेपाल–भारत सम्बन्धको मजबुती, प्रवासी नेपालीका समस्या र अवसर, साथै एकता र सहकार्यको महत्वबारे समसामयिक सन्देश दिइने प्रचण्डको सचिवालयले जनाएको छ।
कार्यक्रम नयाँ दिल्लीस्थित लाजपत भवनको अडिटोरियममा सोमबार दिउँसो १ बजे हुनेछ।
दिल्ली जानुअघि प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन्।