राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आइतबार दिउँसो केन्द्रीय कार्यालय चःमतिमा बसिरहेको छ।
उक्त बैठकमा सहकारी ठगी प्रकरणमा धरौटीमा रिहा भएपछि पार्टी सभापति रवि लामिछाने पहिलो पटक सहभागी छन्।
यो बैठक केन्द्रीय समिति बैठक तयारी स्वरूप केन्द्रीय सचिवालय बैठक सुरू भएको प्रवक्ता मनिष झाले जानकारी दिए।
‘यस बैठकमा पार्टी समायोजन प्रक्रिया तथा निर्वाचन प्रक्रिया सम्बन्धित बिषयमा छलफल हुँदैछ। यो सचिवालय बैठक, पार्टी सभापति रवि लामिछाने जिम्मेवारीमा फर्किनुभए पश्चातको पहिलो सचिवालय बैठक हो,’ झाले भने।
-1767517185.jpeg)
